नागार्जुनको स्वीजरल्याण्ड पार्कलाई ‘छापेचौर’कै नामले प्रचार–प्रसार गरिदिन वडा अध्यक्ष शैलेन्द्र लामाको आग्रह
सीता पौडेल (अर्चना)
काठमाडौं ।संघिय राजधानी काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ७ मा अवस्थित स्वीजरल्याण्ड पार्कको वास्तविक नाम ‘छापेचौर’ नै कायम गरिने भएको छ।
शनिबार वडाले वडा भित्रका विभिन्न धार्मिक,सांस्कृतिक,ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको प्रचार–प्रसार गरि पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको ‘पदयात्रा’कार्यक्रममा वडा अध्यक्ष लामाले सो कुरा उल्लेख गरेका हुन् ।
पदयात्रामा उनले सो ‘छापेचौर’लाई स्वीजरल्याण्ड पार्क नभनेर यसको वास्तविक नामबाटै चिनाउन प्रयास गरिएको उद्घोष गरे।साथै उनले यस स्थानलाई ‘छापेचौर’कै नामले प्रचार प्रसार गरिदिन आमसञ्चार माध्यम,पत्रकार,स्थानीयवासी लगायत अवलोकन भ्रमणमा आउने सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन्।
पदयात्राका क्रममा सगरमाथाप्रेस डटकमसँग कुरा गदै उनले ‘छापेचौर’ सहित यहाँका अन्य पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण...



