भासिएको सडक तत्काल मर्मत गर्न केयुकेयलले असहयोग ग¥यो : १६ नं वडा अध्यक्ष महर्जन
सीता पौडेल(अर्चना)
काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ को नयाँबजार स्थित पुरानो धारा अगाडीको नयाँबजार–सोह्रखुट्टे सडकमा खानेपानीको पाइप फुटेर पानीको फ्लोका कारण सडक भासिएको करिब ७ घण्टा भयो तर यो सडकको मर्मत अझै हुन सकेको छैन ।
आज बुधबार बिहान करिब ५ः३० बजेतिरको समयमा सडक भासिएको देखेपछि कार्यवाहक वडा अध्यक्ष पुष्प महर्जनलाई मनिङ वाक गरिरहेका एक स्थानीयले फोन गरेर जानकारी दिए । त्यसलगतै अध्यक्ष महर्जन त्यहाँ पुगे र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का एक इन्जिनियरलाई फोन गरे ।
तर उनको फोन उठेन ।फेरी उनले ८ः३० बजेतिर फोन गरेपछि ती इन्जीनियरले फोन त उठाए तर त्यस क्षेत्रको पानीको लाइनको बन्द गर्ने पोइन्ट थाहा नभएको बताए ।कार्यवाहक अध्यक्ष महर्जनका अनुसार सडक करिब ८ फिट गहिराइ र ८ फिट लम्बाइ जति भासिएको छ ।भासिएको सडकमा दुईजना सवार मोटरसाइकल पनि परेको थियो ।उ...








