ब्यानर-१

बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

जीवनशैली, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । आफ्ना बालकालिकालाई असल बनाउने रहर जो कोही बाबुआमालाई हुन्छ ।तर असल बनाउन बाबुआमाले के के गर्नु पर्दछ भन्ने सैद्धान्तिक विषयको ज्ञानको अभाव वा अज्ञानताका कारण पनि कतिपय बालबालिकामा खराब बानी विकसित हुँदै गएको पाइन्छ । खराब आचरण र लतमा पर्नुभन्दा अगाडि नै बालबालिकालाई सुर्धार्न,सामाजिकिकरण गर्न र असल बनाउने तर्फ लाग्नु जरुरी छ।बालबालिकालाई असल बनाउने धेरै उपाएहरुमध्ये उनीहरुका साथीप्रति सावधानी राख्नु पनि एक उत्तम विषय हो।बालबालिकाको जीवनमा जोडिएका साथीहरुले नै उसलाई राम्रो र नराम्रो व्यवहार निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा अभिभावकले यसतर्फ ध्यान दिनु पर्दछ।वास्तवमा बालबालिकाको व्यक्तित्व निर्माण र प्रतिभा विकासका लागि असल साथीको अति आवश्यक्ता पर्दछ। असल साथीको संगतले बालबालिकाले आफ्ना खराब आचरण पनि सुधार्दै जान सक्छन् भने खराब साथीको संगतले बा...
२९ औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता

२९ औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता

कला, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
काठमाडौं । सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पाले २९ औं पटक सगरमाथा आरोहण गर्नै भएका छन् । विश्व कीर्तिमान बनाएका शेर्पाले आफ्नै कीर्तिमानी तोड्ने छन् ।सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन् । एकसाताअघि काठमाडौँबाट लुक्ला,नाम्चे हुँदै सगरमाथा आधार शिविर पुगेका कामिरिताले भने,‘यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ।यति,उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन चुचुरोतिर जाउँ कति सकिन्छ।’ करिब २८ जनाको आरोही समूहसँगै सगरमाथाको चुचुरोतिर लाग्ने तरखरमा रहेको कामिरिताले सेभेन समिट ट्रेक्स प्रालिमार्फत आरोहणका लागि शिखरतर्फ जाने तयारीमा गरेको बताएका छन् ।खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रुपमा सगरमाथा आरोहण गर्दै आएका छन्। सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्...
काठमाडौंमा श्रमिकहरूको र्‍याली

काठमाडौंमा श्रमिकहरूको र्‍याली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं।१३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा राजधानीमा आज विभिन्न ट्रेड युनियन महासंघले र्‍याली निकालेका छन्। मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्‍याली निकालेका हुन्।र्‍यालीमा उनीहरूले मजदुर एकता जिन्दावाद्,१३५औँ मई दिवस सफल पारौँ जस्ता नारा लगाएका छन्। आठ घण्टा काम,‘आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सन् १८८६ मा अमेरिकाको सिकागोमा शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो। नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस (मे दिवस) मनाउन थालिएको हो।...
१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस : ‘मर्यादित काम,श्रमिकको सम्मान,हाम्रो अभियान’

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस : ‘मर्यादित काम,श्रमिकको सम्मान,हाम्रो अभियान’

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
मनिषा गुरूङ काठमाडौं ।आज मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस  विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ। एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता,वीरता र गौरवपूर्ण इतिहास बोकेको छ।प्रत्येक वर्ष मे १ तारिखमामा मनाइने यो दिवस श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक,अधिकार स्थापित भएको दिनको रूपमा मनाइन्छ।‘मर्यादित काम,श्रमिकको सम्मान,हाम्रो अभियान’भन्ने नाराकासाथ १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन लागिएको हो। सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।श्रम सम्बन्धलाई व्यवस्थित गर्न यो दिवसले श्रमिकहरुको लागि खास अर्थ राख्दछ। सन् १८८६ मा अम...

ललितपुरको लेले जङ्गलको डढेलो निभाउँदा एकको मृत्यु

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
काठमाडौं ।ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बासिन्दा शंकर पहरी छन् ।घाइते भएका उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो। पहरीको अस्पताल पुर्‍याएपछि मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताएका छन्। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ। आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ।आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका ६५ जना विरामीलाई अन्यत्र सारिएको मेयर महर्जनले जानकारी दिएका छन्। आनन्दवनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरु खटिएका छन् । आगो निभाउन महानगरपालिकाको बा...

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द गर्न अदालतको आदेश

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, स्वास्थ्य
काठमाडौं।बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ।यसअघि सरकारले पनि अत्यधिक तापक्रम बृद्धि भएका कारण सोमबारदेखि विद्यालयमा उपस्थित भई नियमित कक्षा सञ्चालनको वातावरण बनाउन सरकारले आग्रह गरेको थियो। पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४÷५ डिग्री सेल्सियस बढी रहेको छ ।सरकारले अप्रिलको सुरुदेखि नै अत्यधिक गर्मीका कारण कम्तीमा सात जनाको मृत्यु भएको र बिहीबारसम्म राजधानीको अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहने अनुमान गरेको छ ।अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ। गर्मी कायमै रहेपछि सरकारले अप्रिल २१ देखि एक हप्ताका लागि देशव्यापीरूपमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।बङ्गलादेशको मौसम विभागले बिहीबारसम्म तापक्रम नघट्ने उल्लेख गरेको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरण,वन फँडानी,पानीका मुह...

इलाम –२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
इलाम । नेपाली कांग्रेस उम्मेदवार डक्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाम नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसका खड्काको २१ हजार ९ सय ४२ मत आएको थियो ।यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन्। निर्वाचन आयोगका अनुसार इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेको थियो ।जसमा ९ सय २ मत बदर भएको छ।२०७९ सालको निर्वाचनमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त रहेका थिए।विजयी सुहाङ संविधानसभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङका छोरा हुन्। बझाङ प्रदेशसभा–१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन्। नेपाली...

सूचना प्रविधिमा लगानी गर्न सञ्चारमन्त्रीको आह्वान

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको  भन्दै यसमा लगानी गरेर लाभ लिन लगानीकर्ताहरुलाई आह्वान गरेकी छिन्। सोमबार काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनकामा मन्त्री शर्माले सूचना प्रविधि लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रलाई सम्बोधन गर्दै सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपाली मात्र नभई विदेशी लगानीकर्ताका लागि पनि नेपाल उपयुक्त स्थल रहेको भन्दै आह्वान गरेकी हुन् । मन्त्री शर्माले संसारकै अग्लो हिमाली मुलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन सरकारले दृढ सङ्कल्पि गरेको भन्दैमुनाफा आर्जनको वातावरण बनाएर लगानी र लगानीकर्ताको सुरक्षा गर्ने समेत बताइन । उनले भनिन्, ‘सूचना प्रविधि क्षेत्रको लगानीमार्फत हुने डिजिटल रूपान्तरण र समृद्धिको यो महाअभियानमा सहभागी हुन र यसबाट मनग्य लाभ लिन देश भित्र...

बझाङ प्रदेश सभामा एमालेका दमन भण्डारी विजयी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
कैलाली । बझाङ प्रदेशसभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै एमालेका भण्डारीले वियज हाँसिल गरेका हुन् । उपनिर्वाचनमा एमालेबाट विजयी भण्डारीलाई ११६१२ मत प्राप्त भएको छ।भने,नेपाली कांग्रेसका सिंहले ११३४३ मत पाएका थिए। भण्डारी र सिंहबीच २६६ मतान्तर रहेको छ । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढालाई ३८३१ मत पाप्त भएको थियो। भने,नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याएका थिए ।...

महोत्तरी मटिहानीका आगलागी पीडितलाई कामपाले १० लाख सहयोग गर्ने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
काठमाडौं । काठमाडौंमहानगरपालिका(कामपाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। कामपाका प्रवक्ता नवीन मानन्धरले महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए। रकम आज नै नगरपालिकाको खातामा जम्मा हुनेगरी पठाउने महानगरपालिकाको तयारी रहेको उनको भनाई छ । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका छन् ।यसबाट चार सय ५५ जना प्रभावित बनेका छन् ।यहि बैशाखा १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो।...