ब्यानर-१

गण्डकीका मुख्यमन्त्री बन्दै काँग्रेसका सुरेन्द्रराज पाण्डे

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सर्वाेच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्री अवैधानिक ठहर गर्दै पदबाट हट्न आदेश दिएसँगै काँग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्दैछन् । सर्वोच्चले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै उनी मुख्यमन्त्री हुन लागेका हुन् । उक्त परमादेश अनुसार आजै साँझसम्म गण्डकीले पाण्डेलाई मुख्यमन्त्रीका रूपमा पाउने छ भएपनि शपथ कतिबेला गर्ने भन्ने टुङ्गो लागेको छैन । प्रदेश प्रमुख कार्यालयले सर्वोच्चको पत्र कुरेर बसेको छ । पत्र आउने बित्तिकै पाण्डेलाई शपथग्रहण गराइने प्रवक्ता चण्डी अर्यालले बताए । मंगलबार सार्वजनिक बिदा परेकाले आज मात्र औपचारिक पत्र आउने छ ।...

सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागिता हुनुपर्छ : राष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक,सामाजिक,न्यायिक पहुँचलगायतका क्षेत्रमा महिलाको समान,अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउनुपर्ने बताएका छन्। छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताका लागि सबैको सामूहिक प्रयास हुनु जरूरी रहेको बताएका हु्न्। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन् , ‘सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैंगिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु।’ विभिन्न नीतिगत र कार्यगत प्रयास हुँदाहुँदै पनि महिला सामाजिक,साँस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिकरूपमा पछाडि परेको भन्दै उनले यसलाई राज्यका सम्पूर्ण संयन्त्रले गम्भीररूपम...

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को बजेट (पूर्णपाठसहित)

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।सरकारले आर्थिक वर्ष २०८१ /०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सो बजेट सार्वजनिक गरेका हुन्।यस वर्षको बजेटमा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात कुल बजेटको १८.९४ प्रतिशत विनियोजन भएको छ।भने,वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात कुल बजेटको १९.७४ प्रतिशत विनियोजन भएको  छ।  बजेटमा उद्देश्य,प्राथमिकता र आर्थिक सुधारका रणनीति र रुपान्तरणकारी क्षेत्रका कार्यक्रमका लागि सबैमा पाँच/पाँच वटा कार्यक्रम तय गरिएको अर्थमन्त्री पुनको भनाई छ।बजेटका पाँच उद्देश्यमा उत्पादन,उत्पादकत्व र रोजगारी वृद्धि,निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,मानव संशोधन...

बजेटमा प्रधानमन्त्री छोरी : १० करोड विनियोजन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, शिक्षा
काठमाडौं ।सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को लागि १० करोड बजेट विनियोजन गरेको छ। बजेट वक्तव्यमार्फत छोरीलाई शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न यो कार्यक्रमको उल्लेख गरिएको छ। आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने बताएका छन्।साथै सरकारले आगामी आवमा युवा महिला राष्ट्रिय सम्मेलन गर्ने योजना तय गरेको छ। मन्त्री पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रूपमा मनाउने पनि बताएका छन्। ...

एक वडा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने,सहुलियत उपचारका लागि पनि बजेट छुट्टाइयो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं। सरकारले एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ। आज मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२को बजेट मार्फत एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन्।उनले एक वडा एक आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनका लागि १४ अर्ब ४१ करोड विनियोजन भएको उल्लेख गरेका छ। यस्तै सरकारले सरकारले सहुलियत उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ।आगामी आव२०८१÷०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर,मृगौला,अल्जइमर्स,स्पाइनल इन्जुरी,हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि ३ अर्ब विनियोजन भएको हो। सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। ...
सहकारी छानबीन गर्न सत्तापक्ष र काँग्रेसबीच सहमति

सहकारी छानबीन गर्न सत्तापक्ष र काँग्रेसबीच सहमति

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सत्तापक्ष र काँग्रेसबीच ४ बुँदे सहमति भएको छ । दुवै पक्षबीच कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा टीओआरमा जुटेको सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने सहमति भएको छ। यस्तै २० वटा समस्याग्रस्त सहकारीको नाम राख्ने सहमति पनि भएको छ । यस्तो छ टीओआर :...
गृहमन्त्रीद्वारा महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई बिदाको घोषणा

गृहमन्त्रीद्वारा महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीलाई बिदाको घोषणा

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीको ४ दिन बिदाको घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा फेसबुकमा एक पोष्ट गर्दै गृहमन्त्री लामिछानेले सो घोषणा गरेका हुुन् । ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन’, उनले लेखेका छन् । महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्ने लामिछानेले घोषणा गरेका छन् । फेसबुकमा उनले लेखेका छन्,‘मापसे लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’...
सहकारी ठगी प्रकरणः आजै ७ सदस्यीय छानबीन समिति गठन गरिने

सहकारी ठगी प्रकरणः आजै ७ सदस्यीय छानबीन समिति गठन गरिने

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगी तथा अपचलनको विषयमा छानबीन गर्न आजै सात सदस्यीय समितिको गठन गर्न दलहरुले तयारी गरेका छन् । त्यसअघि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने तयारी गरेको एक नेताले बताएका छन् । कार्यादेशको व्यहोरालाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलले पूर्णता दिनेछ । त्यसपछि कांग्रेस र एमालेका २–२ तथा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाबाट एक–एक जना सदस्य रहने गरी संसदीय समिति बन्ने छ । समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी गरिएको बताइएको छ । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै उनको नाम नै तोकेर समिति गठन गर्न माग गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटकपटक संसदीय समिति गठन गर्न पहल गर्दै आएका थिए । त्यसमा दलहरु सहमत भए पनि सो समितिको कार्यादेशमा ...

आज आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरिँदै

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौं । जेठ १५ मा प्रत्येक्ष नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने प्रचलन अनुरुप आज पनि आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानित बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दिउँसो १ बजे सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।...

बन्द भएका उद्योगहरु सञ्चालन गर्दै बागमती सरकार

अर्थतन्त्र, ब्यानर-१, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशमा बन्द भएका उद्योगहरु पुनः सञ्चालन हुने भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागमती प्रदेशमा बनद भएका उद्योगहरु सञ्चालनमा ल्याइने बताएका हुन् । देशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरी कार्यान्वयन गरिने पनि उनले बताए । उनका अनुसार प्रदेशमा लगानी प्रोत्साहन गर्न लगानी बोर्डको स्थापना गरी सञ्चालन गरिने छ । लगानी दशकको रूपमा अभियान अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने छ । प्रदेश स्तरमा खाद्य गुणस्तर प्रविधि प्रयोगशाला स्थापना गरिने छ । प्रदेशमा उपलब्ध फलफूल र अन्नबालीको प्रयोग गरी मदिरा उत्पादनका लागि सङ्घीय सरकारसँग समन्वय गरिने छ ।...