बालुवाटारमा सम्पन्न बैठकमा सहमति जुट्न सकेन, शीर्ष नेताहरुको बैठक दिउँसो ३ बजे
काठमाडौं । बालुवाटारमा सम्पन्न शीर्ष नेता र संसदीय समितिमा बसेको बैठक निष्कर्षविहीन भएको छ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरु र प्रतिपक्षी दलबीच सहमति जुट्न नसकेको हो ।
बैठक टुंगोमा पुग्न नसकेपछि आज दिउँसो ३ बजेका लागि शीर्ष नेताहरूको बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति जुटाउन भन्दै सत्तापक्ष र प्रतिपक्ष दलका नेतासँग एकल र सामूहिक छलफल गर्दै आएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी थिए ।
यस्तै, नेकपा (एमाले)का तर्फबाट कार्यदलका संयोजक समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी...

