ब्यानर-१

काठमाडौंको टौदहमा विपद् अभ्यास मनसुन –२

जीवनशैली, ताजा अपडेट, फिचर, ब्यानर-१, साहित्य
काठमाडौं । काठमाडौंको टौदहमा विपद् अभ्यास मनसुन २को सम्पन्न गरिएको छ । मनसुनको सुरुवातसँगै हुने विपद्का घटनाहरुलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं.९ पशुपतिनाथ बाहिनी बलम्बुले काठमाडौँको कीर्तिपुर नगरपालिका–६ टौदहमा विपद् प्रतिकार्य अभ्यास मनसुन–२ आज सम्पन्न गरेको छ। अभ्यासमा गृहमन्त्रालय,राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो। सम्भावित विपद्का घटनामा प्रतिकार्यका लागि तयार रहन सुरक्षा फौजको क्षमता अभिवृद्धि गरी विपद्को समयमा हुनसक्ने क्षति न्यूनिकरणका लागि प्रभावकारी रुपमा सुरक्षा फौज परिचालन गर्न उक्त अभ्यास गरिएको हो। बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बताएका छन् । उनका अनुसार कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजहरुले स्थानीय...

इलाम–२ मा कांग्रेस–एमालेबीच प्रतिस्पर्धा,कांग्रेसले लियो अग्रता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
इलाम । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ र एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् । त्यसपछि स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् ।भने ,राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् । त्यस्तै राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाएकी छन् । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले भने शून्य मत पाएका छन् ।...

उदार आर्थिक नीतिप्रति नेपाल प्रतिबद्ध छ,लगानी गर्नुहोस् : प्रधानमन्त्री

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध भएको स्पष्ट पार्दै लगानीका लागि उपयुक्त ठाउँ भएको बताउनु भएको छ । नेपाल लगानी सम्मेलन २०२४ को पहिलो चरणमा उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा कानुनी,भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि उपयुक्त वातावरण भएको जिकिर गर्नुभयो।नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै उहाँले लगानीकर्ता,उद्योगी,नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको स्पष्ट पार्नुभयो। लगानीको वातावरण सृजना गर्न विभिन्न कानुन समेत परिपार्जन गरिएको जानकारी गराउँदै उहाँले भन्नुभयो,“मलाई विश्वास छ,यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ।” “नेपालले पर्यटन, कृषि, उत्पादन,सूचनाप्रविधि,गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उ...

आज यी स्थानमा वर्षको सम्भावना

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।आज कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै लुम्बिनी प्रदेश,मधेस प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाको भनाई छ। उता आज राति पनि कोशी,गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भा...

चाउचाउमा एसिड भ्यालु अधिक पाइएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं ।काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरको कृषि तथा पशुपन्छी विभागले गरेको गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि जरिवाना गराएको हो । काठमाडौं महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते जफत गरिएको चाउचाउको १५० ग्राम नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । महानगरले जरिवाना तोक्नुका साथै सो लटको उत्पादन बजारबाट फिर्ता लगी त्यसको प्रमाण समेत पेस गर्न निर्देशन दिएको छ । खाद्य प्राविधिकका अनुसार एसिड भ्यालु अधिक रहेनुको अर्थ तेलको गुणस्तर नभएको भन्ने बुझिन्छ ।  ...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौँ ।मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार यहाँ आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन् । लगानी बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ । सम्मेलनामा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना समावेश गरिएका छन् । बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

ब्यानर-१, समाचार
काठमाडौं।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यत: सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज शुक्रबार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ भने कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ। त्यस्तै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, आज...

आजदेखि कक्षा १२ को परीक्षा शुरु

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
भक्तपुर । कक्षा १२ को परीक्षा आज शुक्रबारदेखि सुरु हुँदैछ ।सो परिक्षा देशैभर एकैसाथ बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुदैछ ।  साथै परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुँदैछन्। त्यस्तै ग्रेड बृद्धितर्फ एक लाख छ सय ५० जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको जनाएको छ।सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ र मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डको भनाई छ। पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प...

इलाम र बझाङको उपनिर्वाचनको सुरक्षा तयारी पूरा भयो : प्रहरी

ताजा अपडेट, ब्यानर-१, राजनीति
काठमाडौं । नेपाल प्रहरीले यहि वैशाख १५ गते हुने उप– निर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ। नेपाल प्रहरिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर  वैशाख १५ गते इलाम,२ (प्रतिनिधि सभा)र बझाङ १ (प्रदेश सभा) मा हुने उपनिर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको  बताएको हो। निर्वाचन पूर्व,निर्वाचनको दिन र निर्वाचनपश्चातको सुरक्षालाई छुट्टाछुट्टै कार्ययोजना बनाएर सुरक्षा व्यवस्था मिलाएको छ।दुवै जिल्लामा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटाइने तयारी भएको नेपाल प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिनुभयो।निर्वाचनमा प्रदेश प्रहरी प्रमुखहरुले प्रत्यक्ष अनुगमन र समन्वय गर्नेगरि सुरक्षा व्यवस्था मिलाएको उहाँको भनाइ छ। इलाम–२ बाट निर्वाचित पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भदौ २६ गते हृदयाघातको कारण निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको थियो। यस्तै प्रदेश सभा सदस्य रहनुभएका बझाङ १ बाट नि...

१६औँ योजनामा एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिइएको छ : प्रधानमन्त्री

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो १६ औँ योजना कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग,रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा केन्द्रित हुने बताउनुभएको हो । ‘पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ’, प्रधानमन्त्री प्रचण्डले  ‘भन्नुभयो। यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धि सहित युवा केन्द्रित सुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।’ ‘योजना अवधिमा विभिन्न स्रोत र निजी क्षेत्रको ठूलो लगानीको अनुमान गरिएको छ’, १६ औँ योजना, ‘यस क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन ल...