ब्यानर-१

मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव कमजोर बन्दै,तीन प्रदेशका केही स्थानमा मात्रै वर्षाको सम्भावना

मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव कमजोर बन्दै,तीन प्रदेशका केही स्थानमा मात्रै वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
५ असोज,काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव  छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको हुँदा ती स्थानहरुमा सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।  ...
आजको सूर्यग्रहण : नेपालबाट नदेखिने भएकाले बार्न नपर्ने

आजको सूर्यग्रहण : नेपालबाट नदेखिने भएकाले बार्न नपर्ने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
५ असोज,काठमाडौं ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज ५ गते आइतबारका दिन लाग्ने भनिएको सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ। आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्र श्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताएका छन्। नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनको भनाई छ। भनेको के हो त ? सो सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने बताइएको छ । जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपम...
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित,कर्मचारीले पहिला सबै जले भने,मन्त्री आफै गएपछि बाँकी देखाए,पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी

स्मार्ट लाइसेन्सको डेटा सुरक्षित,कर्मचारीले पहिला सबै जले भने,मन्त्री आफै गएपछि बाँकी देखाए,पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
४ असोज ,काठमाडौं । जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको कर्मचारीहरूले बताएका छन् । ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने अवस्थामा रहेको कर्मचारीहरूको भनाइ छ ।२३ र २४ भदौमा जेनजी आन्दोलन चर्किंदा संसद् भवनभन्दा पूर्वतर्फ रहेको यातायात व्यवस्था विभागको कार्यालयमा पनि आगजनी भएको थियो । आगजनीबाट छापिसकेर वितरणका लागि ठिक्क पारिएका बाँकी ६ लाख थान स्मार्ट लाइसेन्स भने सुरक्षित रहेको पाइएको छ । शुक्रबार यातायात व्यवस्था विभाग परिसरको सरसफाइ कार्यक्रममा सहभागी हुन पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका कुलमान घिसिङलाई कार्यालयका कर्मचारीहरूले स्मार्ट लाइसेन्सका डेटा रिकभर गर्न मिल्ने अवस्थामा रहेको जानकारी दिएका हुन् । त्यसक्रममा मन्त्री घिसिङले अत्यावश्यक लाइसेन्स छाप्नका ल...
एमालेका नेता एवम् अर्थमन्त्री विष्णु पौडेल भन्दै सडकमा कुटिएका थिए ग्रिनसिटी अस्पतालका अध्यक्ष टण्डन

एमालेका नेता एवम् अर्थमन्त्री विष्णु पौडेल भन्दै सडकमा कुटिएका थिए ग्रिनसिटी अस्पतालका अध्यक्ष टण्डन

ताजा अपडेट, ब्यानर-१, समाचार
४ असोज,काठमाडौं। भदौ २४ को भष्टाचार विरोधी जेनजी आन्दोलनमा उपप्रधान तथा अर्थमन्त्री एवम् एमाले नेता विष्णुप्रसाद पौडेल कुटिएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर कुटिने व्यक्ति पौडेल नभएर काठमाडौंको सामाखुशीमा रहेको ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन रहेको खुलेको छ।  सोही दिन बिहान रगत अभावमा आकस्मिक रक्तदानको आयोजना गरि आफ्नो अस्पतालमा अप्रेसन नभएपछि मनमोहन अस्पतालमा घाइते आन्दोलनकारीलाई पुर्याएर फर्कने क्रममा  निर्घात कुटिएको उनले बताएका छन् ।उनी आफ्नो अस्पतालमा भर्ना भएका बिरामीको त्यहाँ अप्रेसन नहुने भएपछि मनमोहन अस्पतालमा पुर्याएर फर्केका थिए । अर्थमन्त्री पौडेल जस्तै देखिएका कारण आन्दोलनकारीको निशानामा परे । टण्डन भन्छन् —मैले २३ गतेदेखि नै मेरो अस्पतालमा आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको थिएँ । त्यसैअनुसार उपचार भइरहे पनि दुई ...
मौसम पूर्वानुमान : कमजोर बन्दै मनसुन

मौसम पूर्वानुमान : कमजोर बन्दै मनसुन

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
४ असोज,काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी,मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी,मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी,मधेस,बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ।कोशी र बागमती प्रदेशका केही स्थानहरूमा,मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उता पनि राति कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका ...
सेयर बजारमा नेगेटिभ सर्किटको प्रभाव,कार्यदल गठन

सेयर बजारमा नेगेटिभ सर्किटको प्रभाव,कार्यदल गठन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३ असोज,काठमाडौं । बिहीबारदेखि सेयर बजारमा नेगेटिभ सर्किटको प्रभाव देखिन थालेको छ । नेगेटिभ सर्किट लाग्दै सेयर बजार स्थगित भएसँगै अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजारमा विकसित,विसंगति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गरेका छन् । शुक्रबार धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् । अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव तोकिएको छ । यो कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ५ दिनभित्र अर्थ मन्त्रीसमक्ष बुझाउने जिम्मेवारी पाएको...
जेनजी आन्दोलन लोकतान्त्रिक मान्यतामा पार्टीहरु खरो उत्रन नसक्नुको परिणाम : प्रधानमन्त्री कार्की ,सम्बोधन (पूर्णपाठ )

जेनजी आन्दोलन लोकतान्त्रिक मान्यतामा पार्टीहरु खरो उत्रन नसक्नुको परिणाम : प्रधानमन्त्री कार्की ,सम्बोधन (पूर्णपाठ )

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३ असोज ,काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवस केबल उत्सव मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि भएको बतएकी छन् । टुँडिखेलमा आयोजित संविधान दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै कार्कीले आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बाचा गरेकी छन् । साथै उनले जेनजी आन्दोलन लोकतान्त्रिक मान्यतामा पार्टीहरु खरो उत्रन नसक्नुको परिणाम भएको जिकिर सकेत गरेकी छन् । यस्तो छ सम्बोधन ः सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, उपस्थित विशिष्ट पदाधिकारीज्यूहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू, जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, आदरणीय दिदी...
आज संविधान दिवस,सैनिक मञ्चमा पहिला जस्तो झाँकी नहुने

आज संविधान दिवस,सैनिक मञ्चमा पहिला जस्तो झाँकी नहुने

ताजा अपडेट, ब्यानर-१, समाचार
 ३ असोज,काठमाडौं ।संविधान दिवस –२०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।तर यो वर्ष भने अघिल्ला वर्षहरुमा जस्तो सैनिक मञ्चमा झाँकी प्रदर्शन नगरिने भएको छ।अहिलेको विषम राजनीतिक परिस्थितिका कारण झाँकी नगरिने जनाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च,टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। असोज ३ गते नेपालको संविधान २०७२ संविधानसभाबाट घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । जानकारहरु धेरै वर्षअघिदेखि संविधान परिमार्जन गरेर अगाडी बढ्न पर्ने तर्क अघि सार्दै आइरहेका थिए ।तर राजनीतिक दलहरु यसमा चासो देखाएका थिएनन् । जेनजीको आन्दोलनपश्चात जेनजीहरुले समयानुकुल र जनताको हित हुने गरि यो...
पोखरा महानगर जलाउने काममा विभिन्न राजनीतिक दलकै कार्यकर्ता र पेशा व्यवसायीहरुको नै संलग्ननता रहेछ :मेयर धनराज आचार्य

पोखरा महानगर जलाउने काममा विभिन्न राजनीतिक दलकै कार्यकर्ता र पेशा व्यवसायीहरुको नै संलग्ननता रहेछ :मेयर धनराज आचार्य

ब्यानर-१, समाचार
मनिषा गुरुङ २ असोज,पोखरा ।मेयर धनराज आचार्यले यहि भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा पोखरा महानगरपालिकाको कार्यालय जलाउने प्रदर्शनकारी जेनजी नभएर विभिन्न राजनीतिक दलका नेता,कार्यकर्ताहरु र लामो समयदेखि पोखरामा विभिन्न पेशा व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरु भएको बताएका छन् ।  महानगरपालिकाका विभिन्न सिसीटिभी फुटेजहरु हेर्दा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरु विभिन्न राजननीतिक दलका नेताकार्यकर्ता,पेशाव्यवसायी र समाजीक अभियन्ताहरुलगायतका व्यक्तिहरु रहेको पुष्टि भएको र आफुले उनीहरुलाई चिनिरहेको पनि उनले बताए ।  बुधबार पोखरेली सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आगजनीमा परेर भवन पूर्णरुपमा क्षतीभएको,५० वर्षदेखिका सम्पूर्ण अभिलेखहरु जलेर नष्ट भएको र १ लााख नक्साहरु सबै जलेको समेत जानकारी दिए । साथै तीन दर्जनभन्दा बढी मोटरसाइकलहरु र १ दर्जनभन्दा बढी गाडीहरुमा आन्दोलनकारी...
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल

विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल

ताजा अपडेट, ब्यानर-१, समाचार
२ असोज, काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन् । निर्वाचन आयोगसँग आज बिहीबार भएको छलफलमा उनले समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै यसलाई सम्भव बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । ‘‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ । सर्वोच्चले आदेश दिएको पनि धेरै भयो । यसलाई सम्भव बनाउनैपर्छ,’ गृहमन्त्री अर्यालले भने, ‘सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो । कुनै देशमा प्राविधिक समस्या छ भने पनि जहाँ जहाँ सकिन्छ सम्भव बनाउने मेरो प्रयास गर्छु ।’ जहाँ हाम्रो राजदूतावास छ त्यहाँबाट प्रयास गर्नुपर्छ ।’ ‘राज्यले पनि प्रविधिको प्रयोग गरेर युवा पुस्तालाई राजनीतिको...