ब्यानर-१

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
७ असोज,काठमाडौं ।तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । एसपी गोविन्द पुरीका अनृसार चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार दिउँसो ३ः२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको छ। तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना नरहेको उनको भनाइ छ। पहिरो निरन्तर खसिरहेको हुँदा पहिरो छिटो पन्छाउन सक्ने सम्भावना नरहेको र सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै आँकलन गर्न नसकिएको पनि उनको भनाइ छ।  ...
सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

अर्थतन्त्र, ब्यानर-१, समाचार
७ असोज, काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च भएको छ । सुन प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख १७ हजार ८ सय रुपैयाँ थियो । विगत एक महिनामा सुनको भाउ करिब २६ हजार रुपैयाँ बढेको छ । भदौ ६ गते सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै अघिल्लो दिन २६५० रुपैयाँ रहेको चाँदी आज २६८० मा पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।...
धादिङको जवाङ खोलामा रोकिएन सुक्खा पहिरो,मुग्लिन–काठमाडौं बन्द सडक आज खुल्ने सम्भावना न्युन

धादिङको जवाङ खोलामा रोकिएन सुक्खा पहिरो,मुग्लिन–काठमाडौं बन्द सडक आज खुल्ने सम्भावना न्युन

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
७ असोज,काठमाडौं ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो ।तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन कठिनाई भएको छ । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले भनेको छ । मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए ।यसले दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ । नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो...
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
७ असोज,काठमाडौं ।आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । आज दोस्रो दिन पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।कतिपयले आज  शुक्ल द्वितीया तिथीमा साँझ जमरा राख्ने चलन पनि छ ।...
सञ्चारमन्त्रीको पहिलो निर्णय : १० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० वटा प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

ताजा अपडेट, ब्यानर-१, समाचार
६ असोज,काठमाडौं ।सूचना,सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् ।पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए । निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।...
नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

ताजा अपडेट, ब्यानर-१, समाचार
 मनिषा गुरुङ ६ असोज,काठमाडौं ।नवनियुक्त चार मन्त्रीहरुले शपथग्रहण गरेका छन् । आज सोमबार राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा,राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन,पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग,कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो ।तर, विवादित रहेको जनगुनासो आएपछि मिश्राको नियुक्ति भने  ‘होल्ड’ गरिएको जनाइएको छ । अन्तरिम सरकारका  प्रधानमन्त्री कार्कीसहित ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ । सो शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अ...
दशैं सुरु,आज घटस्थापना

दशैं सुरु,आज घटस्थापना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
६ असोज,काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदै छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने चलन छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा गरिने हुँदा घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भन्ने चलन छ । नवरात्रको पहिलो...
देउवा र खड्काको घरमा पैसाका चाङैचाङ र पैसा लुकाउने सुरुङ कस्तो थियो होला त ?के हो सत्य?

देउवा र खड्काको घरमा पैसाका चाङैचाङ र पैसा लुकाउने सुरुङ कस्तो थियो होला त ?के हो सत्य?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
५ असोज,काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसकै नेता तथा पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेको छ । हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको घरमा पुगेको उच्च स्रोतले जानकारी दिएको छ ।टोलीले आजै मुचुल्का उठाएर काम अगाडी बढाइसकेको छ । जेनजी आन्दोलनका क्रममा यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएका थिए । उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो । बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूको खातैखात र पैसा राख्ने सुरुङ समेत भेटिएको भिडियोहरु सार्वजनिक भएका थिए । यस्तै पूर्वऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो । मन्त्री खड्काको घरमा रहेको भन्दै केही रकम उड्दै गरेका भिडियो बाहिरिएका थिए । रकम भेटिएको भ...
अब आमाले स्वघोषणा गरेपछि सन्तानलाई सहजै नागरिकता

अब आमाले स्वघोषणा गरेपछि सन्तानलाई सहजै नागरिकता

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
५ असोज,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।योसँगै अब आमाको नामबाट नागरिकता जारी हुनसक्ने गरी ऐन बनेको छ । विघटित प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अब आमाले स्वघोषणा गरेपछि सन्तानले सहजै नागरिकता प्राप्त गर्न सक्ने बताए । आमाको नामबाट नागरिकता पाउने कानुनी व्यवस्था नेपालको संविधान २०७२ ले आमाको नामबाट समेत नागरिकता जारी हुनसक्ने भनेको छ । तर आजसम्म व्यवहारमा लागु हुन सकिरहेको थिएन।‘‘अब आमाले स्वघोषणा गरेपछि सन्तानले सहजै नागरिकता पाउँछन् । यो नेपालको इतिहासमा ऐतिहासिक र महत्वपूर्ण काम हो।’ यसका साथै नयाँ ऐनअनुसार अब कुनै पनि नेपाली आमाबाट जन्मेका सन्तानहरू नागरिकताबाट बञ्चित हुने छैनन् ।उनी थप्छन्, ‘कोही पनि नेपाली नागरिक नागरिकताविहीन बन्नु पर्दैन ।’ बाबु ...
इन्फरमेशन ओभरलोड : यो किन र कसरी हुन्छ ? यसबाट कसरी बच्ने ? 

इन्फरमेशन ओभरलोड : यो किन र कसरी हुन्छ ? यसबाट कसरी बच्ने ? 

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल काठमाडौं । सूचना प्रविधिका माध्यमबाट  मानिसको दिमागले ग्रहण गर्ने, छान्ने वा बुझ्ने क्षमताभन्दा बढी मात्रामा  सूचना तथा जानकारीको बाढी आउनुलाई इन्फरमेशन  ओभरलोड भनिन्छ ।  यसले कुन सूचना सही अथवा उपयोगी हो र कुन गलत, हो भनेर छुट्याउन नसक्ने स्थिति  सृजना गरिदिन्छ ।  इन्फरमेशन  ओभरलोडले हाम्रो फोकस, निर्णय क्षमता  र विश्वासलाई कमजोर बनाइदिन्छ ।आमसञ्चार माध्यम र सामाजिक सञ्जालको प्रयोग वा  सूचना महामार्गबाट  हजारौं लाखौं सूचनाहरु एकै चोटी बग्ने हुनाले पनि इन्फरमेशनको ओभरलोड हुने गर्दछ। विभिन्न आन्दोलन,क्रान्ति र द्वन्द्वका बेला सूचनाको बाढी आउँछ ।सूचनााको महामार्गबाट  वास्तविकता र अफवाह दुवै छिट्टै फैलिन्छ। प्रचार–प्रसार र प्रतिप्रचार वा एक पक्षले आफ्नो विचार ,सिद्धन्त र नारालाई बलियो बनाउन प्रयोग गर्छ भने अर्को पक्षले अर्काको  खण्डन गर्छ।जसले सुचनाको ओभरलोड गराउँदछ ।  यस्त...