बसोबास रहेकै जिल्लाबाट मतदाता नामावलीमा नाम लेखाउन सकिन्छ :निर्वाचन आयोग
२३ असोज, काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्न सम्बन्धित जिल्ला जानु नपर्ने भएको छ ।
निर्वाचन आयोगले एक सूचना जारी गर्दै अनलाइन फारम भरिसकेपछि आयोगको जुनसुकै कार्यालयमा गएर मतादाता नामावलीमा नाम लेखाउने सक्ने जनाएको हो ।
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले उमेर पुगेर पनि मतादाता नामावलीमा छुटेकाहरूलाई सूचिकृत हुन आह्वान गरिसकेको छ ।
अनलाइन फारम भरेपछि जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने आयोगद्धारा जारी सूचनामा उल्लेख छ ।
काठमाडौं उपत्यकामा रहेकाहरूले पनि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला निर्वाचन कार्यालयमा गई फोटो र बायोमेट्रिक दिन सक्नेछन् ।
काठमाडौंको मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय ललितपुर, र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा गई फोटो ख...








