ब्यानर-१

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ : सञ्चारमन्त्री

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ : सञ्चारमन्त्री

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२६ असोज,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौँको सञ्चारग्रामस्थित न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा उनले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै उनले सबै सञ्चारकर्मीहरूलाई पनि सो कोषको दायरामा ल्याउर्नै प्रयास भइरहेको पनि बताए ।...
त्रिभुवन विमानस्थलबाट ‘ओभरसुट’ गरेको थाई लायनको जहाज लखनऊ ‘डाइभर्ट’

त्रिभुवन विमानस्थलबाट ‘ओभरसुट’ गरेको थाई लायनको जहाज लखनऊ ‘डाइभर्ट’

ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
२६ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारतको लखनऊ ‘डाइभर्ट’ भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा ‘मिस एप्रोच’ का कारण जहाज अवतरण गर्न सकेको थिएन । । ‘टीएलएम २२०’ उडान नम्बरको उक्त जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थियो । सामान्यतया अवतरणका बेला आवश्यक शतप्रतिशत तयारी नपुगी जहाज धावनमार्गतर्फ आएको पत्ता लागे पाइलटले ओभरसुट गरी जहाजलाई सुरक्षित अवतरण गराउँछन् ।...
बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेना भयो उत्कृष्ट

बेलायतमा आयोजित अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेना भयो उत्कृष्ट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२६ असोज, लन्डन । संयुक्त अधिराज्यको वेल्स राज्यमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ । ३ अक्टोबर देखि १२ अक्टोबर २०२५ सम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको हो ।उक्त अभ्यासमा कुल ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी थिए । नेपाली सेनाका मेजर कसम श्रेष्ठ र क्याप्टेन वीरेन्द्र मलासीको नेतृत्वमा १० जनाको नेपाली टिम अभ्यासमा सहभागी थियो । लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहका अनुसार नेपाली सेनाले क्याम्ब्रियन पट्रोल एक्सरसाइजमा बर्सेनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । गत वर्ष पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो । भने,यसअघि सन् २०१७ र २०१९ मा पनि नेपाली सेनाले स्वर्ण पदक जितेको थियो । सन् १९६० बाट वार्ष...
मौसम पूर्वानुमान : यस्तो हुने छ आजको मौसम

मौसम पूर्वानुमान : यस्तो हुने छ आजको मौसम

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२६ असोज,काठमाडौं। हाल देशभर मौसम प्रणालीको प्रभाव न्युन छ । मौसम पूर्वानुमान महशाखाका अनुसार आज आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ ।  उता आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाको भनाई छ ।...
शीतलनिवासमा प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक सुरू,को को छन् सहभागी ?

शीतलनिवासमा प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक सुरू,को को छन् सहभागी ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४ असोज ,काठमाडौं ।शीतलनिवासमा प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक सुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सो बैठकमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरुको सहभागिता रहेको छ । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल,नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी छन्। भने,राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन्। जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट सिके राउत र डा जय कुमार राउत, ...
जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई नगदसहित परिचयपत्र दिइने

जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई नगदसहित परिचयपत्र दिइने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२४ असोज,पोखरा ।पोखराका विभिन्न ठाउँमा भएको प्रदर्शनका क्रममा कास्की स्थायी ठेगान भएका ९२ जनालाई सरकारले नगद सहित परिचयपत्र वितरण गर्न लागेको छ ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्कीका ९२ जना घाइते भएका छन्। असोज २६ गते देखि उनीहरूलाई परिचयपत्र वितरण गर्न लागिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिएका छन्। उनका अनुसार त्यसका लागि उनीहरुले घाइते भई अस्पतालमा उपचारत गराएको टिकट वा पुर्जी,नेपाली नागरिकता र फोटो सहित प्रशासनमा उपस्थित हुनुपर्ने छ। भैपरी खर्चको लागि बैंक खाता उपलब्ध गराउनुपर्ने र उनीहरूलाई जनही २० हजारका दरले सहयोग रकम समेत प्रदान गरिने उनको भनाई छ ।...
अनलाइन दर्ता गर्न सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकियो

अनलाइन दर्ता गर्न सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकियो

ताजा अपडेट, ब्यानर-१, समाचार
२४ असोज,काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकेको छ । आज शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले सो निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयद्वारा जारी सो सूचनामा नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड (त) ले दिएको अधिकार प्रयोग गरी अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेकोले यो सूचना प्रकाशन गरिएको उल्लेख गरिएको छ ।  ...
यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२४ असोज,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मन्त्री खरेलले शुक्रबार सार्वजनिक गरेका हुन् । जेनजी आन्दोलनको क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण र मर्मत सम्भार, क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक पुनरुत्थान र सार्वजनिक सेवा सुचारु गर्न, प्रतिनिधि सभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपद्बाट उत्पन्न विशेष परिस्थितिको लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम भित्रको आयोजनाको लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने बैठकको निर्णय छ । एसियाली विकास बैंकबाट १०० मिलियन अमेरिकी डलर बजेटरी सहायताका रूपमा सहुलियतपूर्ण ऋण सहायता...
जेनजीको अर्थपूर्ण सहभागीताका लागि नयाँ संयन्त्र स्थापना गर्छौं : प्रधानमन्त्री

जेनजीको अर्थपूर्ण सहभागीताका लागि नयाँ संयन्त्र स्थापना गर्छौं : प्रधानमन्त्री

ब्यानर-१, राजनीति, समाचार
२४ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता जनाएकी छिन् । बिहीबार जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न पनि अपिल गरेकी छिन् ।‘भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्नेछौं । आजका दिन म सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्न चाहन्छु,’ उनले भनेकी छिन्, ‘यो दुःखद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ ।’ उनले आफू नेतृत्वको सरकार युवाहरूले चाहेको परिवर्तनबारे जानकार रहेको र प्रतिबद्ध पनि रहेको बताएकी छिन् ।‘हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्...
चुनावको तयारीबारे छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले पठायो पत्र

चुनावको तयारीबारे छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले पठायो पत्र

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३ असोज,काठमाडौं ।निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ। आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरका अनुसार आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको हो। आयोगले कांग्रेस,एमाले,माओवादी,रास्वपा,राप्रपालगायतका दललाई पत्राचार गरेको उनले जानकारी दिइन्। आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामको योजनाका लागि भएको र सोही अनुसार काम गरिरेको पनि उनले बताइन्।...