ब्यानर-१

आजको मौसम : देशभर मुख्यतया मौसम सफा रहने

आजको मौसम : देशभर मुख्यतया मौसम सफा रहने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३१ असोज,काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।जसका कारण आज बिहानैदेखि देशभरको मौसम सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । उता आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।...
आज साढे २ लाख नाघ्यो सुन

आज साढे २ लाख नाघ्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
३० असोज,काठमाडौं ।नेपाली बजारमा सुनको भाउले साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन २ लाख ४८ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढिरहेपछि नेपाली बजारमा प्रभाव देखिएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँ कायम भएको छ ।...
मौसम पूर्वानुमान : दिउँसो यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना,राति भने मुख्यतया सफा

मौसम पूर्वानुमान : दिउँसो यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना,राति भने मुख्यतया सफा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३० असोज,काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । बागमती,गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । उता आज राति भने, देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।...
फेसबुक अकाउन्ट अब ह्वाट्सएपसँग जोड्न सकिने

फेसबुक अकाउन्ट अब ह्वाट्सएपसँग जोड्न सकिने

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, विचार, शिक्षा, समाचार
२९ असोज, काठमाडौं। सोसल मिडिया कम्पनी मेटाले आफ्ना प्लाटफर्महरुका प्रयोगकर्ताको अनुभवलाई अझै उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचरहरू थप गर्ने गरेको छ। यसै क्रममा मेटाले प्रयोगकर्तालाई ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्ने सुविधा उपलब्ध गराउने भएको छ। यसअघि केवल इन्स्टाग्राम मात्रै लिंक गर्ने सुविधा रहेकोमा अब ह्वाट्सएपमा फेसबुक पनि जोड्न सकिनेछ। यो फिचरले प्रयोगकर्तालाई आफ्नो पहिचान सत्यापित गर्न तथा अरुसँग सहज रुपमा जोडिनका लागि सहयोग गर्नेछ। यो नयाँ फिचर हाल एन्ड्रोइडको बिटा भर्सनमा मात्रै सुरुवात गरिएको छ । बिटा भर्सन परीक्षण गर्ने कतिपय प्रयोगकर्ताले यसको पुष्टि गरेका छन् । यसअघिसम्म यो सुविधा केवल ह्वाट्सएप बिजनेस अकाउन्टहरुमा मात्रै सीमित थियो, जहाँ भेरिफाइड सोसल मिडिया लिंक्स मात्रै देखिन्थे । अब चाहीँ सामान्य प्रयोगकर्ताले पनि आफ्नो फेसबुक प्रोफाइललाई ह्वाट्सएपमा ...
आजको मौसम : यो प्रदेशमा हल्का वर्षाको सम्भावना,अन्य स्थानमा सफा रहने

आजको मौसम : यो प्रदेशमा हल्का वर्षाको सम्भावना,अन्य स्थानमा सफा रहने

ब्यानर-१, वातावरण, समाचार
२९ असोज,काठमाडौं। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उता आज राति भने, देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ ।...
संघसंस्था र ट्रष्टका सम्पत्ति बिक्री नगर्न काठमाडौं प्रशासनको मालपोत कार्यालयलाई निर्देशन

संघसंस्था र ट्रष्टका सम्पत्ति बिक्री नगर्न काठमाडौं प्रशासनको मालपोत कार्यालयलाई निर्देशन

अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-१, स्थानीय
२८ असोज,काठमाडौंं।जिल्ला प्रशासन कार्यालय,काठमाडौंले मठ–मन्दिर,ट्रष्ट र संघसंस्थाका नाममा रहेका जग्गा तथा अचल सम्पत्तिको बिक्री वितरणमा कडा निगरानी बढाउने भएको छ । प्रशासनले २०७६ साल बैशाख ३१ गते गृह मन्त्रालयबाट जारी निर्देशनअनुसार यस्ता सम्पत्ति बिक्री–वितरणमा रोक लगाइएको स्मरण गराउँदै यस्तो कार्य नगर्न पुनः सचेत गराएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा हालसम्म पनि केही गैरसरकारी संस्था, संघसंस्था, मठ–मन्दिर र ट्रष्टले जग्गा बिक्री गरेको जानकारी प्रशासनमा पुगेको उल्लेख छ । उक्त सूचनामा भनिएको छ, ‘विक्रि वितरणमा रोक लगाइएको सरकारी निर्णय हुँदाहुँदै समेत यस्ता संस्था र निकायले जग्गा बिक्री गरेको भन्ने गम्भीर सूचना प्राप्त भएकोले यस कार्यालयको ध्यानाकर्षण भएको छ।’ प्रशासनले काठमाडौं जिल्लाभित्रका सबै मालपोत कार्यालयलाई पनि निर्देशन जारी गर्दै संघ, मठ–मन्...
अन्तत: देउवाले तोके कार्यवाहक

अन्तत: देउवाले तोके कार्यवाहक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८ असोज,काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको घोषणा गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्यका कारण देखाएर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको घोषणा गरे ।  उनले विषम परिस्थितिमा पार्टीभित्र सम्पूर्ण मतभेद बिर्सेर एकताबद्ध हुन सबै नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे । बैठकमा सम्बोधन गर्दै देउवाले सरकारले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सार्थक संवादको वातावरण नबनाएको पनि बताए । देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी मंसिर मसान्तमा सकिँदैछ । पार्टीमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा...
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२८ असोज, काठमाडौं ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले नयाँ वर्ष नेपाल संवत् ११४६ कात्तिक ५ गते मनाउनुपर्ने शास्त्रीय निर्णय भएको पनि बताएका छन् ।कात्तिक १ गतेदेखि सुरु हुने यमपञ्चक तिहार पर्वमा यमदीप दान, काग र कुकुरको पूजा गरिन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त...
भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु

भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु

अर्थतन्त्र, ब्यानर-१, वातावरण, समाचार
२८ असोज,काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा भएको उक्त एक्स्पोकोपुष्प विकास केन्द्र र वनस्पति विभाग प्रवर्द्धक रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ । आयोजकका अनुसार मेलामा ७० वटा स्टल छन् ।मेलामा ३५ हजारको संख्याले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ। मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।  ...
खातामा इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

खातामा इमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२७ असोज,काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूले आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘माइ प्रोफाइल’मा ट्याप गरी चेन्ज इमेल विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सक्ने जनाइएको छ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।...