ब्यानर-१

बनस्थलीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

बनस्थलीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
२ असोज, काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्वयम्भुबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय जसबहादुर मगरको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौं बस्दै आएका मगरलाई आज बिहान साढे ५ बजे बसले ठक्कर दिएको थियो ।...
२० प्रतिशत कर्मचारीको दरबन्दी घटाउने सैद्धान्तिक सहमति

२० प्रतिशत कर्मचारीको दरबन्दी घटाउने सैद्धान्तिक सहमति

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
१ असोज, काठमाडौं । निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरिएको छ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो । हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् ।२० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ । यो दरबन्दी मन्त्रालय,आयोग,सचिवालय र कार्यालयहरूबाट घटाइने र यसमा लागि यहि असोज २० गते भित्र तयार गर्ने निर्णय गरिएको छ।त्यसपछि यो निर्णय मन्त्रिपरिषद् बैठकमा पेस गरिने छ।...
बिल बिनाका सामान किनबेच नगर्न प्रहरीको अनुरोध

बिल बिनाका सामान किनबेच नगर्न प्रहरीको अनुरोध

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१  असोज, काठमाडौं । बिल बिनाका सामानहरु किनबेच नगर्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै बिना बिलका सामानहरु किनबेच नगर्न अनुरोध गरेको हो।जेनजीको आन्दोदनमा तोडफोड गर्दै लुटपाट भएकाले त्यस्ता सामानहरु किनबेच हुनसक्ने भन्दै प्रहरीले यस्तो अनुरोध गरेको हो । बिल  बिनाका सामानहरु किनबेच भएमा प्रचलित कानून बमोजिम कारबाही गरिने परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।...
आज राष्ट्रिय शोक,देशभर सार्वजनिक बिदा

आज राष्ट्रिय शोक,देशभर सार्वजनिक बिदा

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१ असोज, काठमाडौं ।सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ। भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजीयुवाको आन्दोलनको क्रममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो। यही भदौ ३० गते बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद बैठकले उनीहरुको सम्मानमा असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय,विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने पनि सरकाको निर्णय छ । मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित काठमाडौंको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो।भने, कतिपय युवाहरुको शव उनीहरुकै जिल्लामा पुर्‍याइएको छ।...
कोरियामा ई-७ भिसामार्फत कामदार पठाउने कार्य स्थगित

कोरियामा ई-७ भिसामार्फत कामदार पठाउने कार्य स्थगित

ताजा अपडेट, ब्यानर-१, समाचार
३१ भदौ, काठमाडौं । ई–७ भिसामार्फत दक्षिण कोरियामा कामदार पठाउने कार्य तत्कालका लागि बन्द गरिएको छ ।ई–७ भिसामार्फत कोरियामा सिपयुक्त कामदार पठाउने प्रक्रिया अघि बढेको थियो। तर,यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । सोही आधारमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत कार्यान्वय नगर्न भन्दै वैदेशिक रोजगार विभागलाई परिपत्र गरेको थियो। मन्त्रालय र आयोगको पत्रको आधारमा तत्काल लागि स्थगित गरिएको विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए। श्रम मन्त्रालयले भदौ २९ गते विभागलाई पचात्रार गर्दै बी–टू–बी माध्यमबाट ई–७ भिसामार्फत कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि,२०८० कार्यान्वयन नगर्न भनी निर्देशन दिएको थियो।सोही आधारमा तत्काल उक्त कार्यविधि कार्यविधि कार्यान्वन नहुने सूचना अधिकारी ढकालले बताए। श्रम मन्त्रालयले म्...
उच्च मनोबलका साथ व्यवसाय सञ्चालन गर्ने उद्योगीलाई सरकारको आग्रह

उच्च मनोबलका साथ व्यवसाय सञ्चालन गर्ने उद्योगीलाई सरकारको आग्रह

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
३१ भदौ,काठमाडौँ । निजी क्षेत्रलाई उच्च मनोबलका साथ आफ्ना उद्योग व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आह्वान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग गरेको छलफलपश्चात सोमबार एक विज्ञप्ती जारी गर्दै  मुलुकलाई नयाँ ढङ्गबाट अगाडि बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् । उनले निजी क्षेत्रलाई विद्यमान अवस्थाबाट अगाडि बढाउन आवश्यक सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि बताएका छन् । आउँदै गरेको चाडपर्वलाई मध्य्नजर गर्दै आवश्यक खाद्यान्नलगायतका सामग्री पर्याप्त मौज्जाद रहेकाले कुनै अभाव नहुने पनि विज्ञप्तीमा उल्लेख छ । मन्त्रालयले माग,आपूर्ति र प्रतिकूल प्रभाव पार्ने गरी वस्तु सञ्चित नगर्न तथा नगराउन उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, बिक्रेतालगायत सरोकारवाला सबैलाई...
सरकारले जेनजी स्मारक पार्क बनाउने

सरकारले जेनजी स्मारक पार्क बनाउने

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३० भदौ, काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा  ‘जेनजी स्मारक पार्क’  बनाउने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । तर, त्यसका लागि ठाउँ भने तोकि नसकेको बताइएको छ ।  हालसम्म जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते (८सेप्टेम्बर) का दिन युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीले गोली चलाउँदा १९ जनाले र त्यसपछि अन्य व्यक्तिहरुसहित सो संख्यामा  मृत्यु भएको छ । त्यसमा  प्रदर्शनकारी ५९ जना,कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना छन् ।सरकारका अनुसार १३४ जना प्रदर्शनकारी र केही प्रहरी घाइते भएका छन् ।...
अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटमा पेश भएका सबै प्रस्तावहरू फिर्ता

अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटमा पेश भएका सबै प्रस्तावहरू फिर्ता

ताजा अपडेट, ब्यानर-१, समाचार
३० भदौ,काठमाडौं ।सरकारले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश भएका सबै प्रस्तावहरू फिर्ता गरिदिएको छ । जेनजी प्रदर्शन पछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको जनाएको छ । मन्त्री ओमप्रकाश अर्यालका अनुसार  अघिल्लो मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको हो। गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनमा सरकारले गोली चलाई १९ जना जेनजी युवाहरुलाई गाली ठोकेर मारेका कारण र आन्दोलनमा विभिन्न स्वार्थ समुहको घुसपैठ भई आन्दोलन उग्र बन्दै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । यसैबीच निर्वाचन आयोगले पनि आगाम...
जलेको घरबाट नागार्जुनका पूर्वमेयर बस्नेतको रोदन : साढे १० करोड लोन लिएर बनाएको थिएँ

जलेको घरबाट नागार्जुनका पूर्वमेयर बस्नेतको रोदन : साढे १० करोड लोन लिएर बनाएको थिएँ

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
३० भदौं,नागार्जुन ।काठमाडौंको नागार्जुन नगरपालिकाका पूर्वमेयर मोहन बहादुर बस्नेतले सेप्टेमबर ८ र नौ मा भएको जेनजीको आन्दोलनको समयमा नागार्जुन–४ सितापाइलामा रहेको आफ्नो साढे ७ तले कम्प्लेक्स प्रभु बैंकबाट साढे १० करोड लोन लिएर भरखर मात्र बनाएको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी दुइ कार्यकालसम्म मेयर बनेका बस्नेतले आँफुले कहिल्यै भ्ष्टाचार नगरेको तर प्रतिशोधको भावना राखेर घर जलाइदिएको बताए । उनले घरको सीसी टिभी फुटेजमा घर जलाउने व्यक्तिहरु आफूले पहिचान गरिसकेको र समय आयपछि कारवाही गरिने चेतावनी समेत दिए । घर जलाइरहँदा आफू घरभित्रैरहेको र सहयोगीको साथमा भाग्न सफल भएको पनि बताए । केही महिना अगाडी विशेष अदालतबाट भ्रष्टाचार गरेको ठहर भएपछि निलम्बित भएका मेयर बस्नेत आफुले कुनै गल्ती गरेको भए आफुलाई टुडीखेलमा लगेर घुमाए पनि सहने तर आफु निर्दाेष रहेकाले न्याय पाउन पर्ने ...
जलेको शीतल निवास अगाडी ढलेको देश निर्माणको बलेको आशाको तीन दियो

जलेको शीतल निवास अगाडी ढलेको देश निर्माणको बलेको आशाको तीन दियो

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३० भदौ,काठमाडौं ।राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका थिए। जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको छ । गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो । आज जलेको कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको थियो। आज सपथ लिने तीन मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल,उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्याल छन्।घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण कार्यक्रममा सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरुसमेत पनि उपस्थित थिए।...