ब्यानर-२

ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना

ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
१२ असार,ललितपुर ।ललितपुर महानगरपालिकाले जावलाखेलमा एक दिने सीप तथा रोजगार मेला आयोजना गरेको छ। मेलामा सीप सिक्न चाहने व्यक्ति र सीप सिकाउने संस्था वा व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित भएको आयोजकको भनाइ छ । सीपयुक्त जनशक्ति र रोजगारदातालाई एउटै थलोमा भेट गराउने उद्देश्यले महानगरले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। रोजगार मेलामा विभिन्न क्षेत्रसँग सम्बन्धित स्टलहरू राखिएका छन्।एआई,क्राफ्टिङ,मोटरसाइकल मर्मत तथा कुकिङ लगायतका विविध सीपमूलक क्षेत्रका स्टलहरू समावेश छन्। मेलामा अवलोकनकर्ताहरूले विभिन्न सीप र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिइरहेका थिए।...
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी

लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति
१२ असार,काठमाडौं । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ । लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले सो कुरा बताएका हुन् । गृहसचिव श्रेष्ठले लागुऔषध नियन्त्रण र रोकथामका लागि सङ्घ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रूपमा नै जागरूक गराउन विभाग स्थापना गर्ने तयारी भएको स्पष्ट पारे । लागुऔषध दुर्व्यसनीको सुधार तथा उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्न सम्बन्धित पक्षलाई उनले निर्देशन समेत दिएका छन् । गृहसचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागुऔषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गरेका छन् ।...
रास्वपाका पदाधिकारी छान्न मतदान सुरु

रास्वपाका पदाधिकारी छान्न मतदान सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२ असार,काठमाडौं । रास्वपाको पदाधिकारी छान्न मतदान सुरु भएको छ चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन सुरु भएको हो । रास्वपाको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसकेका छन् ।त्यस्तै उपसभापतिमा पुरुषतर्फ डा. स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन् । अन्य पदमा भने निर्वाचन हुँदैछ।उपसभापति महिला तर्फ सोविता गौतम र तोसिमा कार्की उम्मेदवार छन्। महामन्त्रीमा विपीन आचार्य,मनिष झा,गणेश कार्की र सागर ढकाल मैदानमा छन् । सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह,रमेश प्रसाईं, यज्ञमणि न्यौपाने,सुलभ खरेल,अशोककुमार चौधरी,मिलन लिम्बु,राजीव खत्री,विजय जैरु,हरि ढकाल,हिमेश पन्त चुनावी मैदानमा छन् । महिला सहमहामन्त्रीमा विदुषी शर्मा,कामिनी कुमारी चौधरी,निशा डाँगी र रिमा विश्वकर्मालगायतले उम्मेदवारी दिएका छन् ।मतदान सुरु भए ...
एक महिनामा १३५ अंक झर्‍यो सेयर बजार

एक महिनामा १३५ अंक झर्‍यो सेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
११ असार, काठमाडौं । लगातार चौथो कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.५० अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६५१ अंकमा कायम भएको छ । नेप्सेको यो अंक फागुन १३ यताकै न्यून हो । त्यस्तै एक महिनाको अवधिमा नेप्से १३५ अंक घटेको छ । जेठ ११ गते नेप्से २७८६ अंकमा थियो । आज साढे १२ बजेपछि बजारले केही बढ्ने संकेत देखाए पनि पौने २ बजेपछि फेरि ओर्लियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज २ अर्ब ८३ करोडमा खुम्चियो । यो कारोबार रकम जेठ ४ यताकै न्यून हो ।...
१ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

१ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
११ असार, काठमाडौं । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट १ सय ६९ जना, कोशी प्रदेशबाट २ सय १२ जना, मधेश प्रदेशबाट ७३ जना, बागमती प्रदेशबाट १ सय ३७ जना, गण्डकी प्रदेशबाट ४६ जना, लुम्बिनी प्रदेशबाट १ सय ८२ जना, कर्णाली प्रदेशबाट ५२ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय १५ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट ५० जना पक्राउ परेका हुन् ।    ...
महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

ब्यानर-२, राजनीति, समाचार
१० असार, चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन् । ७ असारमा श्रीमती र छोरीसहित चितवन पुगेका शाह बुद्ध एयरमार्फत काठमाडौं फर्किएका हुन् ।बालेनसहित उनका सचिवालयका केही सदस्य पनि काठमाडौं फर्किएका छ्न । ७ असारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका बालेन ८ असारमा चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्र भ्रमण गरेका थिए । उनी ९ असार साँझ मात्रै महाविधेशनको बन्दसत्रमा आएका थिए । करिब डेढ घण्टा जति महाधिवेशनस्थलमा बसेका उनी पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावक बसे ।   चितवनको फोटो फेसबुकमा राखेर बालेनले लेखेका छन्, ‘भिजिट चितवन, न्यानो ठाउँ ।’...
सभापति रविको प्रतिवेदन : रास्वपा सक्न राज्यका तीनवटै अंगको दुरुपयोग गरियो

सभापति रविको प्रतिवेदन : रास्वपा सक्न राज्यका तीनवटै अंगको दुरुपयोग गरियो

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१० असार,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो दलमाथि राज्यका तीनवटै अंगको दुरुपयोग गरी ‘निर्णायक षड्यन्त्र’ गरिएको आरोप लगाएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा पेस गरेको ‘राजनीतिक प्रतिवेदन तथा प्रस्ताव’ मा उनले उक्त दाबी गरेका हुन् । २०८१ साउनमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र आफूमाथि नाङ्गो राजनीतिक प्रतिशोध सुरु भएको र त्यसका लागि संस्थागत संयन्त्रहरूको प्रयोग गरिएको लामिछानेले प्रतिवेदनमा उल्लेख गरेका छन्। संसदीय छानबिन विशेष समितिको निष्कर्षविपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता अनुचित आरोपहरू लगाइएको उनले बताएका छन्। प्रतिवेदनमा भनिएको छ  – एकपछि अर्को गरी नयाँ मुद्दा थपेर अभियोजन विस्तार गरियो। रातारात जेल स्थानान्तरण गरियो, अन्तिम इच्छा’ सोधियो। लामिछानेले आफूहरूविरुद्ध व्...
प्रदेश सभा खारेज गरिने, स्थानीय तहको संख्या एक तिहाइ कटौती प्रस्ताव

प्रदेश सभा खारेज गरिने, स्थानीय तहको संख्या एक तिहाइ कटौती प्रस्ताव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९ असार, काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनमा प्रदेशसभा खारेजी र स्थानीय तहको संख्या घटाउने अवधारणा पेस भएको छ । उपसभापति डा.स्वर्णिम वाग्लेले पेस गरेको अर्थ–राजनीतिक प्रस्तावनाको पहिलो बुँदामै संविधान संशोधनमार्फत् यो लक्ष्य हासिल गर्ने उद्देश्य राखिएको छ । पार्टी स्थापनादेखि नै प्रदेशको अहिलेको संरचनामाथि फरक धारणा राख्दैआएको रास्वपाले पार्टीको महाधिवेशनमा यो विषयमा दस्तावेज नै ल्याएको हो । उनले अहिले भएका ७५३ स्थानीय तहको एक तिहाइ संख्या कटौती गर्ने प्रस्ताव ल्याएका छन् ।  ...
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

ताजा अपडेट, ब्यानर-२, समाचार
९ असार काठमाडौं ।सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सोमबार नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डा. तिमिल्सिनाले निर्देशन दिएका हुन् । सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरे हुन्थ्यो भन्नेसम्मको गुनासो आउने गरेको भन्दै उनले छिटोछरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्नु पर्ने आवश्यकता औंल्याए । सञ्चारमन्त्री डा. तिमिल्सिनाले भने, “१० वर्ष अगाडि र अहिलेको अवस्था फरक छ ।हिजो मान्छे एउटा सेवा लिनका लागि पाँच दिनसम्म कुर्न सक्थ्यो भने आज एक दिन पनि कुर्दैन, फोन गरेपछि अहिले नै आइदिए हुन्थ्यो भन्ने अपेक्षा भएकाले तपाईंहरुले सोहीअनुसार काम गर्नुपर्छ ।” “सेवाग्राहीले तिरेको पैसाले कार्यालय सञ्चालन भइरहेका छन्, तपाईंको सबै...
बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह हटाइए

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह हटाइए

अपराध, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
८ असार, काठमाडौं ।सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन्। कोषको अध्यक्षसमेत रहेकी कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ। कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता खोज्न प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजक्तमा ३ सदस्यसीय छानबिन समिति बनाइएको जनाएको छ। समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा.मधु क्षेत्री सदस्य छन्।दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।...