ब्यानर-२

मौसम पूर्वानुमान  :  सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४ असार, काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मौसम बदली भइरहेकोछ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र कोशी र मधेस प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेुका साथै। बागमती गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती,गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशको तराईका पनि एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानह...
काठमाडौं महानगरको नीति तथा कार्यक्रम : सम्पदा संरक्षण र आधुनिक सहरी सभ्यता प्राथमिकतामा

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : सम्पदा संरक्षण र आधुनिक सहरी सभ्यता प्राथमिकतामा

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्वास्थ्य
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यबाहक मेयर सुनिता डंगोलले नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् । विगत वर्षहरूमाझैँ काठमाडौंको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको रुपमा लिएको डंगोलले जानकारी दिइन् । नीति तथा कार्यक्रमले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा सघाउ पुग्ने अपेक्षा लिएको छ। आर्थिक वर्ष २०८३÷८४ को लागि नगरसभाको सो बैठकमा प्रस्तुत भएको उक्त नीति तथा कार्यक्रम कार्यान्वयनबाट काठमाडौंको अपेक्षित लक्ष्य हासिल हुने अपेक्षा नगरपालिकाको छ । महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्...
ओली,आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन

ओली,आरजु, पूर्वमेयर शाक्य लगायतलाई अदालत झिकाउन पीडितहरुको निवेदन

अपराध, कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
२९ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दामा सम्बन्धमा हाइप्रोफाइल व्यक्तिहरुलाई पनि बयानमा बोलाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), पूर्वमन्त्री आरजु राणा, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई बयानका लागि झिकाउनुपर्ने माग गरी तीन जना उजुरीकर्ताहरुले जिल्ला अदालतमा निवेदन दर्ता गरेका हुन् । जाहेरीकर्ताहरुले उनीहरु बाहेक पूर्वमन्त्री बालकृष्ण खाँणकी पत्नी एवं पूर्वसांसद मञ्जु खाँण, पूर्वमन्त्री थापाकी पत्नी नैनकला थापा,पूर्वप्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य,पूर्वसांसद अजय क्रान्ति शाक्य र काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई समेत अदालतको बयानमा झिकाउन माग गरेका छन् । उनीहरुले निवेदनमार्फत अदालतमा माग गरेका छन्, ‘उनीहरुले यस मुद्दाका प्रतिवादीहरुब...
जिल्ला प्रशासन काठमाडौं भन्छ- विश्वकप हेर्न बिना अनुमति भिड जम्मा नगर्नु

जिल्ला प्रशासन काठमाडौं भन्छ- विश्वकप हेर्न बिना अनुमति भिड जम्मा नगर्नु

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, मनोरन्जन, समाचार
२८ जेठ, काठमाडौं । काठमाडौं प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप नहेर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार एक जरुरी सूचना जारी गर्दै ठूलो पर्दामा खेल देखाउने बहानामा समाजको शान्ति सुरक्षा खलबलिने गरि भीड जम्मा नगर्न अनुरोध गरेको हो । ‘फिफा विश्वकप फुटबलका खेलहरू काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रशारण गर्न चाहने कुनै पनि संघसंस्था वा कम्पनीले पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न र नगराउन सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ,’ प्रशासनद्धारा जारी सूचनामा भनिएको छ । खेलको प्रत्यक्ष प्रशारण गर्ने स्वीकृतिका लागि निवेदनको ढाँचा कार्यालयको वेबसाइटमा समावेश गरिएको पनि सूचनामा उल्लेख छ । ‘उक्त निवेदनमा उल्लेखित सर्तहरूको अधिनमा रही यस्तो संघ...
सेयर बजारमा ८.१४ अंकको गिरावट,कारोबार कति ?

सेयर बजारमा ८.१४ अंकको गिरावट,कारोबार कति ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२८ जेठ, काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर बन्द भएको हो। आज बजारमा ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री हुँदा कूल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा ८२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ।१३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।...
प्रधानमन्त्रीले उठाउनुभएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित हो : परराष्ट्रमन्त्री

प्रधानमन्त्रीले उठाउनुभएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित हो : परराष्ट्रमन्त्री

अपराध, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८ जेठ, परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबिचको सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्शाङ्कनको काम बाँकी रहेको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाल र भारतबिचको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार नै स्थापित र निर्देशित रहेको स्पष्ट पारेका हुन् । मन्त्री खनालले मुलुकका अन्य केही स्थानहरूमा भने दशगजा अतिक्रमण र सीमा पारबाट भएको कब्जासम्बन्धी समस्याहरू विद्यमान रहेको बताए। दुई देशबीचको सिमानालाई व्यवस्थित र वैज्ञानिक रूपमा व्यवस्थापन गर्नका लागि नक्शाङ्कन नभएका क्षेत्रमा सीमा स्तम्भ निर्माण तथा मर्मत गर्ने, दशगजा अतिक्रमणको तथ्याङ्क सङ्कलन गर्ने र सीमा पारको अतिक्रमण अभिलेखीकरण गर्ने काम भइरहेको उनले संसद्लाई जानकारी गराए। संसद्मा सीमाको अवस्थाबारे ब्रिफिङ गर्दै उनले भने, ‘नेपाल र भारतबिच...
बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी,करोडडौंको क्षति

बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी,करोडडौंको क्षति

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२७ जेठ,काठमाडौं ।काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको एक गार्मेन्ट उद्योगमा भीषण आगलागी भएको छ । बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा विद्युत् सर्ट भई अचानक सल्किएको आगोका कारण करिब ८ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । बुधबार राती २ः५२ बजेको समयमा उद्योगमा अचानक आगो सल्किएको थियो ।आगो नियन्त्रणका लागि ठुलो संख्यामा सुरक्षाकर्मी र दमकल परिचालन गरिएको थियो । आगलागी भएको खबर पाउनासाथ नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य सम्बद्ध निकायहरू आगो निभाउन खटिएका थिए । काठमाडौँ र आसपासका क्षेत्रबाट पुगेका ११ वटा दमकल र एउटा पानी ट्याङ्करको सहयोगमा बिहान करिब साढे पाँच बजे मात्र आगो पूर्ण रूपमा निभाउन सफल भएका थिए । आगलागीका कारण सो गार्मेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ। छिमेकी पसल र घरहरूमा समेत आगो फैलिँदा थप क्षति पुगेको...
मन्त्री पुनको घोषणा : तीन वर्ष मन्त्री हुने,त्यसपछि युवालाई अवसर

मन्त्री पुनको घोषणा : तीन वर्ष मन्त्री हुने,त्यसपछि युवालाई अवसर

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६ जेठ, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्री पदमा बस्ने बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले भने, ‘द्रुत गतिमा रात दिन काम गर्ने हो । रात दिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । मन्त्री भएर खाने हो । त्यसपछि म गर्दिनँ । जग बसालेर बलियो बनाएर नयाँ युवा भाइबहिनीलाई बनाउने हो ।’ ढिला हिँडेर ठाउँमा नपुगिने जिकिर गर्दै उनले नयाँ मन्त्रालय भएकाले फाउन्डेसन बनेपछि आफू बाहिरिने बताएका छन् ।...
निजामती सेवा विधेयक : ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको प्रस्ताव

निजामती सेवा विधेयक : ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको प्रस्ताव

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२६ जेठ, काठमाडौं ।सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रायका लागि कानुन मन्त्रालय पठाइएको विधेयकमा ५५ वर्ष उमेर पूरा भएका निजामती कर्मचारीहरूलाई अवकाश दिने प्रस्ताव उल्लेख गरेको छ ।जसमा सेवा अवधि ३० वर्ष पुगेकाहरू पनि अवकाश हुनेछन ३० वर्षे योजना कार्यान्वयन भए २०५३ सालअघि संघीय निजामती सेवामा रहेका कर्मचारीहरू स्वतः अवकाश हुनेछन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एकदेव अधिकारी का अनुसार सरकारले तय गरेको रणनीति कार्यान्वयन भए संघीय निजामती सेवामा करिब ५५ सय जति कर्मचारीहरू अवकाश हुने अनुमान छ । उनीहरूले अवकाश हुँदा अतिरिक्त सुविधा पाउने छैनन् । निजामती किताबखानाले मन्त्रालयमा पठाएको विवरण अनुसार, अहिले संघीय निजामती सेवामा ५५ वर्ष उमेर कटेका ४ हजार १३५ जना कर्मचारी छन् ।त्यसमा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको संख्या ...
सरकारको कामकारबाहीबारे रवि लामिछानेले मागे दलहरूसँग सुझाव

सरकारको कामकारबाहीबारे रवि लामिछानेले मागे दलहरूसँग सुझाव

ताजा अपडेट, ब्यानर-२, समाचार
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा नेतृत्वको सरकारको कामकारबाहीबारे राजनीतिक दलहरूसँग सुझाव मागेका छन् । उनले सिंहदरबारमा सर्वदलीय बैठक राखेर यसबारे सुझाव माग गरेका हुन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि रास्वपाको नेतृत्वमा एकल बहुमतको सरकार बनेको छ । दुई सिट कम दुई तिहाइ बहुमतको एकल सरकारको नेतृत्व रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् । निर्वाचनमा पाएको मत अनुसार सरकार बनाएको रास्वपाले निर्वाचनपछि पहिलो पटक दलहरूसँग औपचारिक रूपमा संवाद राखेको हो । सर्वदलीय बैठक नै राखेर रास्वपा सभापति लामिछानेले सरकारको कामकारबाहीबारे सुझाव माग गरेका हुन् । सर्वदलीय बैठक बस्ने अभ्यास सुरुवात भएको र यसले निरन्तरता पाउनुपर्ने आग्रह गरे । लामिछानेले यही १८ जेठदेखि पाँच दिने भारत भ्रमण गरेका थिए ।भ्र...