ब्यानर-२

अदालतलाई प्रभावित पार्ने र कांग्रेसलाई घेराबन्दी गर्ने प्रपञ्च रचिएको छ : गगन थापा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदालत र संवैधानिक निकायलाई प्रभावित पार्ने र आफ्ना पार्टीका नेता कार्यकर्ता माथि घेराबन्दी गर्ने कोशिस भइरहेको जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अदालत र संवैधानिक निकायलाई तर्साउने,फकाउने र लोभ्याउने परिपाटी हाबी हुँदै गइएको बताए ।उनले भने,‘अदालतलाई प्रभावित गर्ने,अड्डालाई प्रभावित गर्ने,संवैधानिक निकायलाई प्रभावित गर्ने,ती सबैलाई तर्साउने,फकाउने लोभ्याउने जुन परिपाटी हामी पछिल्लो समय देख्दै गइरहेका छौं । कांग्रेसका साथीहरुलाई एक पछि अर्को, कुनै न कुनै ढंगबाट घेराबन्दी गर्ने प्रपञ्च देखिरहेका छौं’। ‘निर्दोष साथीहरुलाई कहीँ कतै अप्ठेरो पार्ने कोशिस हुन्छ भने त्यो बेला सिंगो पार्टी एक ठाउँमा आएर पार्टीले बोल्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौं ।’ उनले भने । ‘सरकारमा बस्ने साथीहरुसँग सबै अनुसन्धान गर्ने निकाय...
एमालेको ६३ जिल्लामा सकियो अधिवेशन

एमालेको ६३ जिल्लामा सकियो अधिवेशन

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेले हालसम्म देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन गरेको छ । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई सङ्गठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको जानकारी दिए । शुक्रबार मात्रै रुपन्देही र नुवाकोटको जिल्ला अधिवेशन भएको छ । मधेस प्रदेशको सिरहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले जनाएको छ ।...
खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ । अर्थ मन्त्रालयद्वारा तोकिएको समयसीमाभित्र योजना छनोट गरी पठाउनुपर्नेमा मन्त्रालय र परिषद्बीचको द्वन्द्वका कारण ती कार्यक्रम प्रभावित भएका हुन् । प्रदेश र स्थानीय तहको खेल पूर्वाधार निर्माणसम्बन्धी सशर्त अनुदान प्रस्ताव गरी अर्थ मन्त्रालय पठाइएकामा बजेट वक्तव्यपछि प्राप्त सूचनामा त्यस शीर्षकमा अनुदान रकम शून्य रहेको भनी लेखीआएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले जानकारी दिए । मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१(८२ का लागि खेलकुद पूर्वाधार निर्माण गर्न स्थानीय तहलाई रु ६१ करोड र प्रदेशलाई रु ५० करोड बजेट माग गर्ने निर्णय गरेको थियो । प्रवक्ता रेग्मीले भने, “प्रदेशगतरु...
सुरु भयो गोसाइँकुण्ड मेला

सुरु भयो गोसाइँकुण्ड मेला

ताजा अपडेट, ब्यानर-२, समाचार
रसुवा । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला सुरु भएको । स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् । गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । ४३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताए । तीर्थालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न उनले आग्रह गरेका छन् । तीर्थालुलाई बासको कुनै समस्या नभएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए । गङ्गा दशहरा मेला १० दिनसम्म लाग्ने छ । काठमाडौंबाट धुञ्चे ह...
नेपाल पत्रकार महासंघको चुनाव स्थगित

नेपाल पत्रकार महासंघको चुनाव स्थगित

ताजा अपडेट, ब्यानर-१, ब्यानर-२, समाचार
जमुना धमला काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ ।महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी २७औं महाधिवेशनले जेठ २६ गतेका लागि तय गरेको चुनाव स्थगित भएको जानकारी दिएका हुन् ।  विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ।मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ ।’  साथै निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति,एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनसमेत अध्यक्ष  पोखरेलले आग्रह गरेका छन् । पछिल्लो समय महासंघको सदस्यता शुद्धीकरणबारे निकै विवाद देखिएको छ । यस...

राष्ट्रसङ्घीय कमिटी सिडको सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घीय समिति ‘महिलाविरुद्धको विभेद उन्मूलन कमिटी’ (सिड( को सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित भएकी छन्। शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनले नयाँ समतिको तीन वर्षे कार्यकालमा रहेर आगामी सन् २०२५ देखि सन् २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि सो समितिमा नेपालको तर्फबाट विजयी भएपछि निर्वाचित राणाले सबैप्रति आभार प्रकट गर्दै धन्यवाद दिएकि छन् । साथै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले पनि सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिएका छन्। जेनेभामा केन्द्रिय कार्यालय रहेको उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या,राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयन लगायत महिलाविरुद्ध हुने हर...
पार्टीका काममा महिलाको सहभागिता बढाउन जरुरी : अध्यक्ष ओली

पार्टीका काममा महिलाको सहभागिता बढाउन जरुरी : अध्यक्ष ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति
चितवन ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनु पर्ने आवश्यकता औंल्याएका छन् । शुक्रबार एमाले चितवनको नवनिर्वाचित समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले गरेका कामलाई महिला नेतृत्वहरुले राम्रोसँग साथ र समर्थन सँगै पूर्ण जिम्मेवार भएर काम गर्दै आएको जिकिर गरे ।महिलाले नेतृत्व गरेका ठाउँमा राम्रो नतिजा आएको स्मरण गराउँदै उनले पार्टीका काम जतिसक्दो महिलाहरूको बीचमा लैजान निर्देशन पनि दिए।साथै उनले महिलाहरूले जिम्मेवारी लिएको ठाउँमा भ्रष्टाचारसमेत र व्यवस्थापन समेत चुस्त दुरुस्त रहेको बताए ।  समारोहमा अध्यक्ष ओलीले भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको जिकिर गरे।उनले भने, “पौराणीक मान्यता र शास्त्रहरुमा राम माडीमा नै जन्मिएको स्पष्ट छ ।धेरै सूचकले यही कुरा देखाउँछ ।”माडीमा राम मन्दिर बनाउने र ध...

नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ :महामन्त्री थापा

ताजा अपडेट, ब्यानर-२
मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस प्रतिपक्षमा रहेकाले सोहीअनुसार भूमिका निर्वाह गर्ने र योबाहेक अन्य कुनै विकल्पमा नजाने प्रष्ट पारे । महामन्त्री थापाले नेकपा (एमाले)अथवा नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र एमालेका नेतृत्वसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानका कतिपय विषयमा पुनरावलोकन गरेर सङ्घीय गणतन्त्रलाई बलियो बनाउने विषयमा कुराकानी गरिरहेको जानकारी दिए । महामन्त्री थापाले सरकारले सत्ताको दुरुपयोग गरी नागरिक समाजका व्यक्ति र सञ्चारकर्मीहरूमाथि प्रश्न उठाउने कार्य अविलम्ब बन्द गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेस...

बागमती सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउँदै

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाठौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष(आव)का लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो । आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको बागमती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको छ ।प्रदेशको स्रोतलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए । आर्थिक तरलता,न्यून आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाले जानकारी दिए ।  बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उनले बताए ।  साथै बजेटले कृषि,पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्...
सुनको भाउ फेरी नयाँ उचाइमा

सुनको भाउ फेरी नयाँ उचाइमा

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं। सुनको भाउले फेरि दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन बिहीबार १८ सय बढेपछि पुरानो रेकर्ड ब्रेक गर्दै १ लाख ४४ हजार रुपैयाँ कायम भयो । शुक्रबार फेरि १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मुख्यतः बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो ।  चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १८५० रुपैयाँ रहेको चाँदी शुक्रबार १९०० पुगेको छ ।...