ब्यानर-२

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।सरकारले भारत,अमेरिका,कतार,बेलायत,साउदी अरब,दक्षिण कोरिया,मलेसिया,स्पेन,पोर्चुगल,डेनमार्क र इजरायलका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस प्रकारको निर्णय गरेको हो।त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी बन्न भारत जाने निर्णय भएको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गर्ने निर्णय गरेको बताइन् । ...
प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसंघको निमन्त्रणा

प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसंघको निमन्त्रणा

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरिन् ।प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेको आभार व्यक्त गरे । उनले राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको बताए । राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरले संयुक्त राष्ट्रसंघको विश्वशान्ति अभियानमा नेपालले महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग दिनुपर्ने ...
थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द

थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा आज यहाँ जारी सूचनामा सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएको उल्लेख छ । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले गत माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न रु आठ करोड विनियोजन गरेको थियो । सो मार्गअन्तर्गत सेतो पहरो क्षेत्र उच्च दुर्घटनाग्रस्त मानिएको छ । गत पुस २८ गते सेतो पहरो क्षेत्रमा कार दुर...
महिला मन्त्री चौधरी र इजरायली राजदूतबिच शिष्टाचार भेट

महिला मन्त्री चौधरी र इजरायली राजदूतबिच शिष्टाचार भेट

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ । आज मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरिन् । इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गरिन् । विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल –इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने बताइन् । ...
कर्णाली नदीमा एक जना बेपत्ता

कर्णाली नदीमा एक जना बेपत्ता

ताजा अपडेट, ब्यानर-२, समाचार
  धनगढी । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बुधबार साँझ करिब पौने ५ बजेको समयमा मोहन्याल गाउँपालिका ४ स्थित कर्णाली नदीमा नुहाउने क्रममा ४१ वर्षीय धनबहादुर पुन डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका १ जिमरी घर भएका पुन मोहन्याल सामुदायिक वनमा खोटो निकाल्ने काम गर्दै आएका थिए । बुधबार उनी कर्णाली नदीमा नुहाउने पुगेका थिए तर नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । अहिले इलाका प्रहरी कार्यालय पण्डौनको टोलीले उनको खोजी जारी राखेको छ ।...
मनसुनजन्य विपद्‍बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने 

मनसुनजन्य विपद्‍बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने 

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने तथा १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आङ्कलन रहेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन् । उनले पोस्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरू गर्ने बताए । उनले आजबाट सुरु हुने गरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए । उनले भने, ‘कार्यकारी समितिको बैठकबाट मनसुन सुरु भएदेखि अन्त्य नभएसम्मका लागि गृह मन्त्रालयको विपद् तथा द...
सहकारी छानबिन समितिको पहिलो बैठक सुरु

सहकारी छानबिन समितिको पहिलो बैठक सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
  काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरु भएको छ । बुधबार दिउँसो सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक सुरु भएको हो । संसदीय विशेष समितिहरूको पहिलो बैठक सभामुखको सहभागितामा बस्ने चलन छ । यही जेठ १५ गते प्रतिनिधि सभाको बैठकबाट एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित ७ सदस्यीय समितिको बैठक आज पहिलोपटक बसेको हो। समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने,सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल,नेकपा ९माओवादी केन्द्र० बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।...
बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगड

बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगड

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौँ । काभ्रेको बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा भएको छ । अरनिको यातायातका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । सोही क्रममा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको हो । अरनिको यातायातको सिन्डिकेट भएको भन्दै हिमाल–तराई लगायतका यातायात व्यवसायीले विरोध जनाउँदै आएका छन् । सोही क्रममा मंगलबार ओखलढुंगा र काठमाडौंमा विवाद भएको थियो । सोही विषयलाई लिएर अरनिको यातायातले बीच बाटोमै बस तेर्स्याएर चक्काजाम गर्दा अन्यले विरोध गरेका थिए । कुटाकुटको कारण पनि त्यही भएको प्रहरी निरीक्षक खतिवडाले बताए ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले अहिले अवस्था सामान्य रहेको बताए ।...
डोटीमा जिप दुर्घटना,२ जनाको मृत्यु, ७ घाइते

डोटीमा जिप दुर्घटना,२ जनाको मृत्यु, ७ घाइते

ताजा अपडेट, ब्यानर-२, समाचार
डोटी । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए ।...
भारतमा फेरि पनि मोदी सरकार

भारतमा फेरि पनि मोदी सरकार

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।भारतमा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले जित हासिल गरेको छ। ​ भारतको निर्वाचन आयोगका अनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा उसले २ सय ४० सिटमा जित हासिल गरेको हो। योसँगै भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)लाई बहुमत प्राप्त भएको छ। त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ।काङ्ग्रेस ९९ सिट,समाजवादी पार्टी ३७ सिट,द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट,तृणमूल काङ्ग्रेस २९ सिट, शिवसेना (उद्धव ठाकरे) ९ सिट,एनसीपी (सपा) ले आठ सिटमा जित हासलि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वनारसबाट चुनाव जितेका छन्। भने,कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जितेका छन्।उत्तर प्रदेशमा भने भाजपाले यो पटक ३३ सिटमात्र ल्याएको छ।त्यहाँ समाजवादी पार्टीले ...