ब्यानर-२

काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा

काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । आरोही राजेश लामाले काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा गरेका छन् । उनले यात्रा शुरू गरेको ५७औं दिनमा सगरमाथा आरोहण गरेका हुन् । गत अप्रिल १ तारिखका दिन काठमाडौंदेखि पैदलयात्रा शुरू गरेका उनले ४ सय ३२ दशमलव ६ किलोमिटर दुरीको यात्रासँगै सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्। आज पत्रकार सम्मेलनमार्फत आरोहणका अनुभव सुनाउँदै लामाले दृढ सङ्कल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको बताए।इच्छा शक्ति,धैर्यता र अठोट भए जीवनमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नसक्छ भन्ने उदाहरण काठमाडौंदेखि सगरमाथा शिखर सम्मको यात्रा भएको उनले बताए। आगामी दिनमा नेपालको साहसिक गतिविधिमा सक्रिय हुने उनको भनाइ छ । सानेपाबाट सगरमाथा यात्रा शुरू गरेका ललितपुर निवासी लामा १५ दिनमा लुक्ला र २४ दिनमा सगरमाथा आधार शिविर पुगेका थिए । मे २० तारिखका दिन उनले सगरमाथा आरोहण गरेका थिए।...
१० वर्षपछि विश्वकपमा फर्किएको नेपालको पहिलो चुनौती परिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्स

१० वर्षपछि विश्वकपमा फर्किएको नेपालको पहिलो चुनौती परिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्स

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा मंगलबार राति नेपाल र नेदरल्यान्ड्सबिच खेल हुँदैछ ।नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा राति २१ : १५ बजे सुरु हुनेछ । जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । उक्त समूहमा नेपाल र नेदरल्यान्ड्सका अतिरिक्त दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि छन् । समूह ‘डी’ अन्तर्गत खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि खेलिएको उक्त समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । सोही जितका कारण दक्षिण अफ्रिका दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।...

सन् २०३० सम्ममा लुम्बिनीलाई बालविवाह मुक्त प्रदेश बनाइने

ब्यानर-२, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेश सरकारले सन् २०३० सम्ममा प्रदेशलाई बालविवाह मुक्त प्रदेश घोषणा गर्ने भएको छ । आज आर्थिक वर्ष २०८१–०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले सो घोषणा गरेका हुन् । त्यसका लागि स्थानीय तहसँगको सहकार्यमा १० वर्षे रणनीति कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएके छ । बालविवाह, बालश्रम, बालबालिकाविरुद्धको हिंसा, बालयौन दुर्व्यवहार, बालबालिका बेचबिखन तथा गैरकानुनी ओसारपसार नियन्त्रण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने पनि प्रदेश सरकारको घोषणा छ । नीति तथा कार्यक्रममा व्यवसायिक कृषि प्रदेशको समृद्धि, किसानको हात प्रदेशको साथ, स्वस्थ जीवनको आधार माटोमा सुधार, कृषिको आधार सिंचाईमा सुधार लगायत कार्यक्रम समावेश छन् । यस्तै लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन नीति र कार्यक्रम बनाइने, पाल्पा, अर्घाखाँची र रोल्पालाई हिलस्टेशनको रुपमा विकास ...

महानगरद्वारा सुख्खा फोहोर बिक्रीका लागि दोस्रो पटक टेन्डरको आह्वान

ब्यानर-२, समाचार, स्थानीय
काठमाडौं । काठमाडौं महानगरपालिकाले सुख्खा फोहोर विक्रीका लागि दोस्रो पटक टेन्डरको आह्वान गरेको छ । महानगरले बञ्चरेडाँडा क्षेत्रमा विसर्जन हुँदै आएको सुख्खा फोहोर बिक्रीका लागि पुनः बोलपत्र आह्वान गरेको हो। हाल काठमाडौंसहित २१ वटा नगरपालिकाले धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ को कुँडुले बञ्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रमा फोहोर विसर्जन गर्दै आएका छन्। त्यहाँ जैविक र सुख्खा फोहोर एकै ठाउँमा बिसर्जन हुँदै आएको छ। बञ्चरेडाँडा पुगेको फोहोर वर्गीकरण गरी बिक्रीका लागि महानगरले बोलपत्र आह्वान गरेको छ। काठमाडौं महानगरले २२ करोड ४८ लाख रुपैयाँमा बोलपत्र आह्वान गरेको हो। बञ्चरेडाँडा ल्यान्डफिल साइट भित्रको फोहोर पुनः प्रयोग, पुन चक्रिय प्रयोग गर्न इच्छुक व्यक्ति, संघ—संस्थाले जेठ ५ गतेभित्र प्रस्ताव पेश गर्न सक्ने महानगरले जनाएको छ। महानगरले यसअघि पनि टेन्डर आह्वान गरेपनि प्रस्ताव ...
एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ।संसद भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा अहिले साढे १२ बजे बैठक बस्न लागेको हो। बैठकपछि पछिल्लो विकशित राजनीतिक घटनाक्रम,सरकारले संसदमा पेस गरेको बजेट लगायतको बिषयमा छलफल हुने जनाइएको छ।सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमाथि भोलिबाट छलफल सुरु हुँदैछ। बैठकमा सांसदहरुलाई बजेटको पक्षमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रभावकारी भूमिका खेल्न निर्देशन दिने तयारी गरेका छन्। यस्तै,बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा उठेको आशंकाको बिषयमा पनि छलफल हुने जनाइएको छ।...

तराईमा आज पनि तातो हावाको सम्भावना,सतर्क रहन आग्रह

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज जेठ २० गते पनि तातो हावाक‍ो लहर चल्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।  पछिल्लोपटक  आज जेठ २० गते पनि तातो हावाको लहर चल्ने भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको हो ।महाशाखाका अनुसार यो सँगै तराईमा सातौं पटकतातो हावाको लहरको सम्भावना देखिएको हो । गर्मी मौसममा तातो हावा र बढ्दो तापक्रमका कारण लू लाग्ने खतरा बढी हुन्छ । यदि अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरुरी हुन्छ । तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने,कमजोरी हुने,बढी तिर्खा लाग्ने, टाउको दुख्ने,खुट्टा बाउँडिने,चक्कर आउने,बेहोस हुने,माँसपेशी दुख्ने,बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको हो। तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा सकेसम्म घरभित्रै बस्न,हल्का लुगा लगाउन, सुती कपडा लगाउन,बाहिर निस्कँदा दाउको छोप्न,टोपी लगाउ...

अब काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क नलाग्ने

अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । अब काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । महानगरले एक सुचना जारी गर्दै महानगर क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था मिलाएको बताएको हो । पहिले महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका थिए । निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएसँगै शुल्क हटाउन लागिएको बताइएको छ । सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । सूचना विपरीत सा...

न्युरोडमा पार्किङ गर्नेहरु नै फुटपाथ बनाउँदा विरोध गरिरहेका छन् : मेयर बालेन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले न्युरोडमा पार्किङ गर्नहरुले नै तीन फुटको फुटपाथ बढाउन खोज्दा विरोध गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्ना भनाइहरु राख्दै उनले सडकमा सवारीसाधन राख्दा सडक साँघुरो नहुने तर फुटपाथ बनाउँदा कसरी साँघुरो हुने भन्ने प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘सोच्नु त, सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’ सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्न उनले सबैलाई अनुरोध समेत गरेका छन् । ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिऊँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेह...
महिलाहरुको पहिले जस्तो पिछडिएको अवस्था छैन : महासचिव पोखरेल

महिलाहरुको पहिले जस्तो पिछडिएको अवस्था छैन : महासचिव पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
 मिना घोरासाइने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले साँस्कृतिक रुपमा समाजको सुधार नभई महिलाको विकास नहुने बताएका छन् । बिहीबार सम्पन्न एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पितृसत्तात्मक नेपाली समाज यथावत रहेकाले महिलाहरु अझै पछाडि परेको बताए । उनी भन्छन्, ‘जुन संस्कृतिले महिलाको भूमिकालाई कमजोर पार्यो, त्यही संस्कृतिको उपासना गर्ने परम्परा विशाल भइरहेको छ ।’ जसका कारण महिलाहरु अझै खुम्चिएर बस्नुपरेको उनको धारणा छ । उनका अनुसार नेपालको राजनीतिक इतिहासमा महिलाले विशेष भूमिका निर्वाह गरेपनि अझै पिछडिएको अवस्थामा छन् । विकसित देशमा महिलाले अझै मतदान गर्न नपाएको अवस्थामा नेपाली महिलाले त्यो अधिकार पाउनु निकै ठूलो गर्वका कुरा भएकोमा उनले खुसी व्यक्त गरे । उनी थप्छन्, ‘नेपालको राजनीतिक पहुँचको हिसाबमा महिलाहरु निकै माथि पुगिसके...
राष्ट्र बैंकले ५० अर्ब तरलता तान्ने

राष्ट्र बैंकले ५० अर्ब तरलता तान्ने

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएर रहेको तरलता तान्ने भएको छ । केन्द्रिय बैंकले आज बैंकिङ प्रणालीमा थुप्रिएर रहेको ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको हो । बैंकले १४ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल मार्फत प्रशोचन गर्नेछ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । गत हप्ता मात्र केन्द्रीय बैंकले ७ दिनका लागि ३५ अर्ब तरलता प्रशोचन गरेको थियो । जेठ १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ७अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब १७ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा ८०।२२ प्रतिशत कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० कायम गरेका बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैंकहरुसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २।९९प्रतिशतमा झरेको छ भने ट्र...