धरौटीमा छुटे सिरोहिया
काठमाडौं । अवैध नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुुपका अध्यक्ष धरौटीमा रिहा भएका छन् । जेठ ९ गते पक्राउ परेका उनी बुधबार हाजिरी जमानतमा रिहा भएका हुन् ।
प्रहरीले बोलाएको समयमा सरकारी वकिल कार्यालयको सिफारिसमा उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । एयर लिफ्टमार्फत काठमाडौं ल्याइएका उनको जमानत छोरा सम्भव सिरोहियाले बुझेका थिए ।
फौजदारी कार्यविधि संहिताको दफा १५ उपदफा (१) अनुसार परिवारको सदस्यको जमानतमा आरोपीलाई हिरासतमुक्त गर्न मिल्ने व्यवस्था अनुरुप उनलाई रिहा गरिएको बुझिएको छ ।
सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । स्वास्थ्य समस्याको कारण सिरोहिया ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।...

