ब्यानर-२

दुई घण्टाका लागि पछि सर्याे बजेट भाषण

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । आज दिउँसो १ बजे हुने भनेको बजेट भाषण दुई घण्टाका लागि पछि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक दुई घण्टाका लागि सरेपछि बजेट भाषण पनि सरेको हो । आजको बजेट भाषण दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

गण्डकीको संसद बैठक स्थगित

ब्यानर-२, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशको आजको लागि बोलाइएको संसद बैठक स्थगित भएको छ । प्रदेशको सरकार फेरिने भएपछि मंंगलबारका लागि डाकिएको बैठक स्थगित गरिएको हो । बजेटको प्राथमिकता र सिद्धान्त संसदमा टेबुल गर्ने गरी दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताइएको छ । यसअघिको प्रदेश सभाको बैठक जेठ ११ गते बसेको थियो । बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न भनेर बोलाइएको बैठक प्रतिपक्षी सांसदहरू अनुपस्थित भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो । सामान्यतया बजेट पेस हुनुभन्दा १५ दिन अगाडि नै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने हुन्छ । प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने प्रावधान भएपनि राजनीतिक उथलपुथलले प्रदेशको बजेट अलपत्र परेको छ ।...
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि नेपालमा रेमल चक्रवातको प्रभाव कायम नै छ । जसको प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...

सक्रिय पत्रकारहरु नै सदस्यताबाट बन्चित भएपछि प्रेस चौतारीको तालाबन्दी

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रेस चौतारीले पनि नेपाल पत्रकार महासंघमा तालाबन्दी गरेको छ । सक्रिय पत्रकारहरु नै सदस्यता लिनबाट बन्चित भएपछि चौतारीले महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । ‘प्रेस चौतारी नेपाल अन्ततः नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको छ । अग्रजहरुको बलिदान, कष्टसाध्य संघर्ष, असाधारण त्याग र श्रमजीवी पत्रकारहरुको योगदानको जगमा पत्रकार महासंघ नेपालको अगुवा नागरिक संगठन रुपमा स्थापित छ । निर्धारित मितिमै पत्रकार महासंघको चुनाव होस् भन्ने पवित्र भावनाका साथ हामीले पत्रकार महासंघको वर्तमान नेतृत्वलाई सहजीकरण र सहयोग गर्दै आएका थियौं ।’, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेले आज फेसबुकमा फोटो शेयर गर्दै भनेका छन् । उनले भनेका छन्, ‘निर्धारित मितिमै पत्रकार महासंघको चुनाव होस् भन्ने पवित्र भावनाका साथ हामीले पत्रकार महासंघको वर्तमान नेतृत्वलाई सहज...
सिरोहियालाई ५ दिन म्याद थप्न प्रहरीको माग

सिरोहियालाई ५ दिन म्याद थप्न प्रहरीको माग

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पाँच दिनको म्याद थप्न प्रहरीले अदालतसँग माग गरेको छ । जेठ ८ गते पक्राउ परेका सिरोहियालाई दुई पटक तीन–तीन दिन म्याद थपिएकोमा आज म्याद सकिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषासँग पाँच दिन म्याद थप्न अनुमति मागेको हो । प्रहरीले सरकारी वकिल कार्यालय मार्फत सिरोहियालाई म्याद थपका लागी अदालतमा उपस्थित गराउँदै छ ।...
सिरोहियाको तेस्रो पटक म्याद थप्ने तयारी

सिरोहियाको तेस्रो पटक म्याद थप्ने तयारी

ब्यानर-२, राजनीति, समाचार
धनुषा । प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ । नागरिकता किर्ते कसुरमा जेठ ८ गते पक्राउ परेका सिरोहियालाई आज म्याद थप्न जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषा लैजाने तयारी गरेको हो । उनीमाथि अनुसन्धान गर्न अदालतले दुईपटक तीन–तीन दिनको म्याद थप गरेको थियो । दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत र्लैजाने प्रहरीको तयारी छ । चिकित्सकको सल्लाह बमोजिम सिरोहियाको अवस्था हेरेर अदालत लगिने प्रहरीले जनाएको छ । उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो । सुरुमा उनलाई प्रादेशिक अस्पताल लग्दा त्यहाँका चिकित्सकले उनको अवस्था नर्मल रहेको बताएका थिए । तर सिटी स्क्यानको बहानामा उनलाई ...

बूढानीलकण्ठका मेयरसहित २ वडाध्यक्ष र सदस्य गरि ४ जना जनप्रतिनिधिलाई १ महिना कैद गर्न आदेश

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारी बूढानीलकण्ठका मेयरसहित २ वडाध्यक्ष र सदस्य गरि ४ जना जनप्रतिनिधिलाई १ महिना कैद सजाय सुनाएको छ। अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा।राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ । यसमा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई,वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो। उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ।‘माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरुले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन’ आदेशमा भनिएको छ। तर ६० दिनभित्र पनि संरचन...

भ्रष्टाचार ढाकछोप गर्न सरकारबाट संगठित अपराध हुन थाल्यो : महामन्त्री शर्मा

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरण ढाकछोप गर्न सरकारमा संगठित अपराध जस्तो प्रवृत्ति देखा पर्न थालेको बताएका छन्। आइतवार सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौं उपत्यका स्तरिय प्रदर्शनका क्रममा भृकुटिमण्डपमा भएको खुल्ला सभालाई सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावनाका साथ अघि बढिरहेको बताए। ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न देश,श्रमजीवी,नागरिकको चिन्ताको बारेमा नभई सहकारी प्रकरणमा गृहमन्त्रीको रक्षा गर्नेमा केन्द्रित रहेको आरोप लगाए।उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहकारीमा आफूलाई बचाएर गिरी बन्धु टी स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई बचाउने ध्याउन्नमा लागेको आरोप महामन्त्री शर्माले लगाएका छन्। उनले भने, ‘भ्रष्टाचारका प्रकरण ढाकछोप गर्न स...

जेठ १६ र १७ गते एमालेले महिला भेला गर्ने

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीं (एमाले) जनसंगठन समन्वय संयन्त्रले यही जेठ १६ र १७ गते राष्ट्रिय महिला भेलाको आयोजना गर्ने भएको छ। २०६३ साल जेठ १६ गते नेकपा एमालेका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनस्र्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता,राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता,विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको संकल्प प्रस्तावको रुपमा पेश गरेको र नेपालको संविधान २०७२ मा महिला अधिकारका विषयहरुलाई मौलिक हकमै उल्लेख गर्ने आधार प्रदान गरेको थियो । सोही अनुरुप नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवसका रुपमा घोषणा गरी मनाउँदै आएकाले एमालेले ऐतिहासिक दिनका रुपमा भेलाको आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपल...

काँग्रेसद्वारा कोशी प्रदेश सभा बैठक स्थगित गर्न सभामुखलाई पत्र

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोशी प्रदेशसभा स्थगित गर्न सभामुख अम्बरबहादुर विष्टलाई प्रदेश सभाको बैठक स्थगित गर्न माग गर्दै पत्र लेखेको छ । सर्वाेच्च अदालतमा प्रदेश प्रमुख हिक्मत कार्कीविरुद्ध परेको रिटको सुनुवाई भइनसकेको भन्दै प्रदेश सभा बैठक स्थगित गर्न काँग्रेले माग गरेको हो । मुद्दा टुंगो नलागेसम्म बैठक सञ्चालन गर्न नदिने काँग्रेसको अडान छ । सभामुखका अनुसार बैठक नरोकिए कांग्रेस अनुपस्थित हुने जानकारी सहितको पत्र काँग्रेसले पेश गरेको छ । कोशी प्रदेश सभाको बर्खे अधिवेशन वैशाख ३१ मा सुरू भएको थियो । अधिवेशनको पहिलो दिन नै मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिएका थिए। अदालतमा सरकारबारे विवाद कायमै रहेको बेला मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिएको भन्दै कां‌ग्रेस पहिलो बैठकमा अनुपस्थित भएको थियो ।...