ब्यानर-२

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । मनसुनी प्रणालीको प्रभाव सँगै स्थानीय वायुको प्रभावले आज देशको केही स्थानमा हल्का देखि मध्म वर्षा हुने भएको छ । हाल देशमा कायम रहेको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाकी भूभागमा स्थानीय वायु पश्चिमी वायु तथा बहिार आसपास बनेको न्युन चापीय क्षेत्रको आांशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ । राति देशको कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रद...

मधेश सरकारको नीति तथा कार्यक्रम आज

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा गर्ने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक बोलाएको छ । बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । उनले नेपालको संविधानको धारा १८४ को उपधारा ९२० बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीती तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीले प्रस्तुत कार्यक्रम गर्ने तयारी छ ।...
आइएमई लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार नक्सालको भाटभटेनी नजिकको आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्टमा सो साधारण सभा सम्पन्न भएको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १. ३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निणर्य गरेर प्रस्तावित लाभांश सभाले पारित गरेको छ। सभाले अध्यक्षको प्रतिवेदन,आर्थिक वर्ष(आव) २०७९÷०८० को वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदन आव २०७९र८० वासलात,नाफा नोक्सान हिसाब,इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरु सहितको वितीय विवरण पनि पारित गरेको हो। कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आव २०८०र०८१ को लागि लेखापरिक्षण समिति...
मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो

मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं। राष्ट्रियसभाको सोमबार बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेस गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।  पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न, स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जबाफदेही पत्रकारिताको विकास तथा संरक्षण गर्न स्वायत्त नियामक निकायका रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन गर्न नयाँ कानुनको आवश्यकता रहेकाले यो विधेयक गत वैशाख १३ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो विधेयक दर्ता गराएकी हुन् । राष्ट्रियसभाको सोमबारको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण...

त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा संकटकालीन योजना अभ्यास गरिएको छ ।    नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएको संकटकालीन योजना अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित विभिन्न निकाय संलग्न छन् ।   आधा घण्टाका लागि गरिने अभ्यासमा नक्कली जहाजमा आगलागी भएपछि यात्रु तथा चालकदलको उद्धार कसरी गर्ने लगायत अभ्यास गरिएको थियो ।...
रास्वपाले पार्टीको दोस्रो वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम गर्ने

रास्वपाले पार्टीको दोस्रो वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम गर्ने

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपाले साताव्यापीे कार्यक्रम गर्ने भएको छ । १ असार देखि ७ सम्म केन्द्रदेखि वडा तहसम्म विभिन्न कार्यक्रम गर्ने रास्वपाले जनाएको छ । ७ असारमा रास्वपा गठन भएको दुई वर्ष पुग्दैछ । उक्त दिन केन्द्रमा पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ । राराजनीतिक दलका नेता, प्रबुद्ध वर्गलगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बताए । ...
नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीबीच भेटवार्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतवार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषय एवं विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि यहि आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका थिए ।आइतबार साँझ शपथ ग्रहण समारोह भएको थियो । प्रधानमन्त्री प्रचण्ड आर्ज साँझ स्वदेश फर्कने कार्यक्रम छ।  ...
राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । राजस्व चुहावट तथा अवैध ओसारपसार नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न सुरक्षा निकायका अधिकाहरुलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।  बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रणमा निर्देशन दिएका हुन् । लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकता अभावमा लक्ष्यअनुसारको प्रतिफल प्राप्त नभएको उनले बताए । सबै कार्यालयका प्रमुखले कानूनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने उनको भनाइ थियो । कर्मचारीले आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकता निर्धारण गरे मात्र पनि प्रतिफल आउने उहाँको भनाइ थियो।...
ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं। विगत केही दिनयता निरन्तर उकालो लागेको सुन आज एकै दिन ४ हजार रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४ हजार रुपैयाँले घटेर सुनको कारोबार सुरु भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम रहेको जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ थियो । महासङ्घले आज चाँदीको मूल्य समेत घटेको जनाएको छ । महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा ७५ रुपैयाँ घटेको हो । यससँगै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ ।...
आँबुखैरेनी –मुग्लिन सडक खण्ड १० बजेदेखि १ बजेसम्म बन्द हुने

आँबुखैरेनी –मुग्लिन सडक खण्ड १० बजेदेखि १ बजेसम्म बन्द हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको हो । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीका अनुसार उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले बन्द गर्नु परेको हो । विसं २०७९ जेठ २७ गते वर्षाका कारण भासिएको सडकमा मर्मत सम्हारको काम भइरहेको छ ।  ...