स्वास्थ्य मन्त्रालयमा छुट्याएको बजेट न्यून भयो : सांसद केसी
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले स्वास्थ्य मन्त्रालयमा छुट्याएको बजेट न्यून भएको बताए ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद केसीले विनियोजित बजेटमाथिको छलफलमा कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको धारण राख्नु भयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले २०५५ सालदेखि २०८० सालसम्म २५ वर्षमा सरकारी स्वास्थ्य संस्थाहरू करिब आठ हजार रहेको बताउनुभयो । उहाँले नेपालमा जनसङ्ख्या वृद्धि, स्वास्थ्य संस्थाहरूको वृद्धि भयो तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी अहिलेसम्म वृद्धि नभएको जानकारी दिनुभयो ।...








