काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।
साउन ३१, २०८१, ०६:५७ मा प्रकाशितसाउन ३१, २०८१, ०६:५७ मा प्रकाशितसाउन ३१, २०८१, ०६:५७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.३८ रुपैयाँ रहेको छ ।
यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.४६ रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.८९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८० रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२० रुपैयाँ रहेको छ । ...
साउन ३१, २०८१, ०६:४८ मा प्रकाशितसाउन ३१, २०८१, ०६:४८ मा प्रकाशितसाउन ३१, २०८१, ०६:४८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३१ साउन,काठमाडौं ।मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ।सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज राती देशभर साधारणतया बदली रहने छ।कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी,मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्...
साउन ३०, २०८१, १९:१२ मा प्रकाशितसाउन ३०, २०८१, १९:१२ मा प्रकाशितसाउन ३०, २०८१, १९:१२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
जमुना धमला
३०साउन,काठमाडौं।तारकेश्वर नगरपालिका– १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इण्डष्ट्रीको उत्पादन ‘अक्वा त्रिदेव ब्राण्ड’बाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएको छ।
कोलिफर्म भटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गराएको छ।
महानगरका निरीक्षण अधिकृत डा.अवधेश झाका अनुसार साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो।लिइएको नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।
परीक्षण रिपोर्टअनुसार अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको ड.झाले बताए।प्रति १०० मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ युनिट (सीएफयू) देखिएको उनको भनाई छ।तर यो शून्य हुनुपर्ने थियो।साथै यो व्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ।पानीको नमुनामा पानी...
साउन ३०, २०८१, १६:४८ मा प्रकाशितसाउन ३०, २०८१, १६:४८ मा प्रकाशितसाउन ३०, २०८१, १६:४८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं। नेपालमा मनसुन पछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट दुई सय ११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
गत जेठ २८ पछि मनसुनयन्य घटनाबाट एक सय ७० जना र अन्य विपद्बाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा।डिजन भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य विपद्मा आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छ । नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो ।प्रवक्ता भट्टराईका अनुसार यसपाली सबैभन्दा बढी क्षति बागमती र गण्डकी प्रदेशले बेहोरेको छ ।
बागमती र गण्डकी प्रदेश दुवैमा ५८र५८ जनाको मृत्यु भएको छ । यसैगरी, कोशी प्रदेशमा २६, मधेश प्रदेशमा सात, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरश्चिममा १४ जनाको मृत्यु भएको प्र...
साउन ३०, २०८१, १६:४३ मा प्रकाशितसाउन ३०, २०८१, १६:४३ मा प्रकाशितसाउन ३०, २०८१, १६:४३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को बिन्दुमा कायम भएको हो।
आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ।
जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। आज वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ।
बैंकिङ शून्य दशमलव ७२, विकास बैंक तीन दशमलव ०७, होटल तथा पर्यटन दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ९१, लगानी दुई दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९ र अन्य समूह ...
साउन ३०, २०८१, १३:११ मा प्रकाशितसाउन ३०, २०८१, १३:११ मा प्रकाशितसाउन ३०, २०८१, १३:११ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलित भएका छन् ।
हेटौंडा बजारमा विरोध र्याली निकाल्दै व्यवसायीहरुले कर वृद्धिको निर्णय फिर्ताको मागसहित हेटौंडा उपमहानगरपालिकाको गेटमा धर्ना दिएका हुन् । धर्नासहितका आन्दोलनमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघलगायतका व्यवसायिक संस्थाले एक्यवद्धता जनाएका छन् ।
गत आइतबार कर वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको थियो । व्यवसायीहरुले कर वृद्धिको निर्णय फिर्ता लिनुपर्ने एक सुत्रीय माग अघि सारेका छन् ।कोण सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष कृष्ण गुप्ताले आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीलाई ढाड सेक्ने गरी गरिएको कर वृद्धि स्वीकार नहुने बताए ।
विज्ञापान करसहितका अन्य करको दरमा १५० प्रतिशतसम्म बढाएको भन्दै उनले न...
साउन ३०, २०८१, १३:०३ मा प्रकाशितसाउन ३०, २०८१, १३:०३ मा प्रकाशितसाउन ३०, २०८१, १३:०३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
मुगु । पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो । हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन् । जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई कठिनाइ भएको छ ।
सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिए । शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशि...
साउन ३०, २०८१, १२:०१ मा प्रकाशितसाउन ३०, २०८१, १२:०१ मा प्रकाशितसाउन ३०, २०८१, १२:०१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरोकै कारण मुख्य करिडोर एक सातादेखि बन्द थियो ।
सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मंगलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए । पहिरोले करिडोरको केही भाग भासिएपछि भारी सवारीसाधन महिना दिनअघिदेखि नै बन्द भएका थिए ।...
साउन ३०, २०८१, १०:४६ मा प्रकाशितसाउन ३०, २०८१, १०:४६ मा प्रकाशितसाउन ३०, २०८१, १०:४६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा छ हजार सात सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।
उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । उक्त अवधिमा सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ ।
आव २०८०–८१ का लागि कार्यालयलाई रु पुँजीगततर्फ रु २५ करोड विनियोजन गरिएकामा रु २१ करोड खर्च भएको छ । बजेट अभावमा हिमा नदी नियन्त्रण कुच्चे कुनाबाट मडापोल्ला हुँदै लाटादहसम्म, फाउदीखोला लिफ्ट सिँचाइ योजना भानु–८, खहरे लिफ्ट सिँचाइ योजना देवघाट, बन्दीछाप लिफ्टिङ सिँचाइ योजना भिमाद–२, शुक्लागण्डकी–७ र म्याग्दे–५ को सुन्तले मल्याङ मोटरेबल पुल दायाँबायाँ ग्यावि...