वातावरण

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार भने सामान्य घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको हो । मंगलबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
अरुण नदीमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह

अरुण नदीमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
सङ्खुवासभा । रातभरिको वर्षाले अरुण जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
दाङमा सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

दाङमा सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

ताजा अपडेट, वातावरण, समाचार
दाङ । दाङको घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए। सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए। गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।...
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
चितवन । पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो ।...
नारायणघाट–बुटवल सडक अवरुद्ध

नारायणघाट–बुटवल सडक अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ। मंगलबार राति लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ। दिनभर भासिएको सडक मर्मतको काम नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो। तर पहिरो झरेपछि बिहान पौने ५ बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वेदबहादुर पौडेलले बताए। बाटो एकतर्फी भए पनि सञ्चालनका लागि प्रयास भइरहेको उनले जानकारी दिए। दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहँदा लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।  ...
आजको मौसम : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३०साउन,काठमाडौं ।काठमाडौं लगायत देशका केही स्थानहरुमा मा आज बिहानैदेखि वर्षा भइरहेको छ। बागमती,गण्डकी र मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार लुम्बिनी,कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणतया बदली रहनेछ।सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ। उता राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
सानोभर्‍याङको काष्ठ उद्योगमा आगलागी

सानोभर्‍याङको काष्ठ उद्योगमा आगलागी

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
३० साउन,काठमाडौं ।काठमाडौँको सानोभर्‍याङस्थित एक काष्ठ उद्योगमा  आगलागी भएको छ। मंगलबार राती करिब पौने नौ बजेको समयमा व्यवसायी पृथ्वीबहादुर थापाको काष्ठ उद्योगमा आगलागि भएको हो।  थापाको ‘ईचङ्गुनारायण काष्ठ उद्योग’ मा आगलागि भएको स्वयम्भू स्थित प्रहरीले जानकारी दिएको छ। आगलागिको कारण भने खुलेको छैन।...
मानव बेचबिखनको अभियोगमा एक व्यक्ति पक्राउ

मानव बेचबिखनको अभियोगमा एक व्यक्ति पक्राउ

अपराध, बिशेष, वातावरण, समाचार
काठमाडौँ । ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिए पश्चात् मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो । न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पुर्याएको पीडितको उजुरीमा उल्लेख छ । पीडितबाट रु। दुई लाख ५० हजार लिई विसं २०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्याइ मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७र१८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौन शोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।...
पोखरामा स्कुल बस बिहान साढे ८ बजेबाट मात्रै सञ्चालन गर्न सुझाव

पोखरामा स्कुल बस बिहान साढे ८ बजेबाट मात्रै सञ्चालन गर्न सुझाव

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
पोखरा । स्कुल बस सञ्चालनलाई सुरक्षित बनाउन सुझाव दिने गरी गठित अध्ययन समितिले विद्यालय सञ्चालनको डेढ घण्टा अघि मात्रै विद्यार्थी ओसार्न सुझाव दिएको छ ।  विद्यालयले आवश्यकताका आधारमा मात्रै बस सञ्चालन गर्नुपर्ने र बिहान साढे ८ बजेबाट विद्यार्थी लिन बस निस्किनुपर्ने समितिले सुझाव दिएको हो । यस्तै,ट्राफिक नियम तथा सडक सुरक्षा प्रति सजग हुन,बस चलाइरहेको बेला चालकले मोबाइलमा कुरा नगर्न, विद्यार्थी चढ्दा र झर्दाको समयमा अत्यन्तै सावधानी अपनाउन सुझाइएको छ।साउन १४ गते पोखरा २१ मा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन गठन भएको समितिले यस्ता सुझाव दिएको हो। उक्त बस ब्रेक फेल भएर दुर्घटना भएको प्रतिवेदन दिइएको छ।बिरौटा स्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनामा आमा छोराको मृत्यु भएको थियो। भने २८ जना घाइते भएका थिए।दुर्घटना लगत्तै महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोज...
वाल्मीकि आश्रम जान ‘लवकुश’ झोलुंगे पुल सञ्चालनमा

वाल्मीकि आश्रम जान ‘लवकुश’ झोलुंगे पुल सञ्चालनमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि सञ्चालनमा आएको हो । माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म जान उक्त पुल निर्माण गरिएको हो । विसं २०७० मा निर्माण सुरु गरिएको पुल विसं २०७९ मा सम्पन्न भएको थियो । चितवन तर्फ राष्ट्रिय निकुञ्ज पर्ने हुँदा उक्त पुल सञ्चालनमा आउन सकेको थिएन । करिब पाँच सय ३५ मिटर लम्बाइको झोलुङ्गे पुल रुबिना – मना जेबी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । रु छ करोड लागतमा पुल निर्माण गरिएको हो । पुल सोमबारदेखि सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै त्रिवेणीबाट नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जान सकिने भएको छ । यसअघि चितवन तर्फ बाटो ...