अर्थतन्त्र

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३, साउन बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्ज्यालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व संकलन हुने लक्ष्य लिएकोमा ...
सेयर बजारका सबै सूचक बढे

सेयर बजारका सबै सूचक बढे

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
३१ असार, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् ।नेप्से परिसूचक ३४.४६ अंक (१.२६ प्रतिशत)ले बढेको छ । सो वृद्धिपछि नेप्से २७६० अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भएको छ। कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को घटेको छ । सबै समूहका सूचक बढेका छन् । बैंकिङ सबैभन्दा धेरै १.८१ प्रतिशत बढेको छ । विकास बैंक १.२२, फाइनान्स १.७९, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.७१, लगानी १.०८, जीवन बीमा ०.६८, उत्पादन तथा प्रशोधन ०.८८, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा ०.७६, अन्य ०.५२ तथा व्यापार ०.८५ प्रतिशत बढे । सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.०८ प्रतिशत बढ्यो । राप्ती हाइड्रोको ५.८६,भूगोल इनर्जीको ५.७१, ओम मेगाश्री फर्मास्युटिकल्सको ५.४३ प्रतिशत बढेको छ । भगवती हाइड्रोपावरको ४.६४, शुभम् पावरको ३.३३, चिरख...
सिठ्ठी बजाउँदै सडकमा निस्किए सुनचाँदी व्यवसायीहरू

सिठ्ठी बजाउँदै सडकमा निस्किए सुनचाँदी व्यवसायीहरू

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२५असार,काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगड विभिन्न माग राखेर आन्दोलित छन्। नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले आज काठमाडौंमा ऱ्याली सहित कोणसभा कार्यक्रम गरेको छ ।भने भक्तपुरका सुनचाँदी व्यवसायीले सिठी जुलुस आयोजना गरेका छन्। व्यवसायीहरूका हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने लगायतका माग छन्। सुनमा लगाइएको २ प्रतिशत विलासी कर पनि खारेज गर्नुपर्ने उहाँहरूको माग छ।    ...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२० असार,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा,स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा तोकिएको छ । केन्द्रीय ब...
मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो,केही गर्न सकिन : कृषि मन्त्री अधिकारी

मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो,केही गर्न सकिन : कृषि मन्त्री अधिकारी

अर्थतन्त्र, कृषि, ताजा अपडेट, बिशेष, समाचार
१३ असार,काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताउनु भएको छ । नेपाल डेरी एसोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने जिकिर गर्नुभयो । किसानका समस्या समाधान गर्न नसकेकोमा मन खिन्न पार्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘मन्त्री भएर पनि केही गर्न सकिन ।मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो । रहर पनि थियो,नयाँ परिवर्तन गर्न ,’ तर सकिएन ।  ‘यदि हामीसँग आर्थिक सीमितता,आर्थिक संकुचन थिएन भने धेरै चिज गर्थ्यौं ।’ गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टनमात्र मल आएको बताउनुभयो । बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्‍याउनसक्ने स्थिति नरहेको उहा...
आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१३ असार,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ६७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ र बिक्रीदर १०० रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ ...
नागार्जुन नगरपालिकाले ग¥यो २ अर्ब ३९ करोड ७१ लाख बढीको बजेट सार्वजनिक

नागार्जुन नगरपालिकाले ग¥यो २ अर्ब ३९ करोड ७१ लाख बढीको बजेट सार्वजनिक

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
मनिषा गुरुङ १२ असार, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले आर्थिक वर्ष २०८२ ÷०८३ का लागि नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले मंगलबार ११औं नगरसभा अधिवेशनमार्फत उल्लेखित रकम बराबरको बजेट सार्वजनिक गरेको हो ।सो सभामार्फत कार्यबाहक नगर प्रमुख शुसिला अधिकारीले नगरको नीति तथा कार्यक्रमसँगै सो अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो। प्रस्तुत बजेटमा शिक्षा,स्वास्थ्य,खानेपानी,पूर्वाधार विकास,वातावरण संरक्षण,रोजगारी प्रवर्द्धन,डिजिटलीकरण, लैङ्गिक समानता तथा समावेशिता लगायतका क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखिएको कार्यबाहक नगर प्रमुख अधिकारीले बताउनुभएको छ। यसले नगरको समग्र विकासमा थप टेवा पुर्‍याई समृद्ध नगर,सुखी नगरवासी बनाउने बाटोमा अगाडी बढ्न सजिलो हुने विश्वास लिइएको उहाँको भनाई छ । उक्त नगरसभामा बागमती प्रदेशका ...
बुढानीलकण्ठ नगरपालिकाको बजेट ३ अर्ब ४५ करोड

बुढानीलकण्ठ नगरपालिकाको बजेट ३ अर्ब ४५ करोड

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
 मनिषा गुरुङ १२ असार, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकालेको विनियोजित बजेट ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । बुधबार नगरपालिकाको सभाहलमा १६ औं अधिवेशनको चौथो बैठकले अघिल्लो बैठकमा पेश भएका आर्थिक विधेयक,विनियोजन विधेयक र आर्थिक वक्तव्य माथी छलफल गरि सुझाव संकलन समेत गरेर उक्त बजेट पारित गरिएको नगर प्रमुख मीठाराम अधिकारीले बताउनुभयो । यो बजेट गत आ.व.को विनियोजित बजेट ३ अर्ब २५ करोड रहेको थियो भने यस बर्ष बजेट २० करोड रुपैयाँले बढेको  उपप्रमुख अनिता लामाले बताउनुभयो ।  ...
आइएमई ग्रुपको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

आइएमई ग्रुपको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१२ असार,काठमाडौं। आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग एभरेष्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा आएको छ। उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उद्घाटन गर्नुभयो । उद्घाटनपश्चात उहाँले उक्त उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिकसमेत गर्नुभाएको थियो । स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए । मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन,निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिनु जरुरी छ । सभालाई सम्ब...
तारकेश्वर नगरपालिकाद्वारा २ अर्ब ८० करोड भन्दा बढीको बजेट सार्वजनिक

तारकेश्वर नगरपालिकाद्वारा २ अर्ब ८० करोड भन्दा बढीको बजेट सार्वजनिक

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
१२,असार काठमाडौंं। तारकेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ /०८३ का लागी २ अर्ब ८० करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख कृष्णहरी महर्जनको सभाध्यक्षतामा सम्पन्न १७ औँ नगरसभा अधिवेशनले आर्थिक वर्ष २०८/८३ का लागी बुधबार नीति,कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो। उक्त नगरसभा अधिवेशनमा नगर उपप्रमुख सिर्जना बुर्लाकोटी (अर्याल) ले सो आ.व.का लागी संघ, प्रदेश तथा नगरपालिकाको आन्तरिक स्रोतसमेत गरी कुल २ अर्ब ८० करोड ८३ लाख ७० हजार रुपैयाँ बराबरको संचित कोषको अनुमान गरिएको बताउनुभयो। उहाँले प्रस्तुत बजेटमध्ये पुँजीगत खर्चतर्फ १ अर्ब ८२ करोड ५४ लाख ४० हजार पाँचसय रुपैयाँ  (६५ प्रतिशत) र ९८ करोड २९ लाख २९ हजार पाँचसय रुपैयाँ (३५ प्रतिशत) चालु खर्चतर्फ छुट्याइएको पनि जानकारी दिनुभयो। स्वास्थ्य,शिक्षा, खानेपानी, र पूर्वाधार विकासमा विशेष जोड दिई स्थानीय आवश्यकता र समृद्ध...