रोटरी क्लब अफ काठमाडौं नर्थले ग¥यो मृगौंला पीडित थापालाई एक लाख सहयोग
सीता पौडेल(अर्चना)
काठमाडौं ।रोटरी क्लब अफ काठमाडौं नर्थले गोर्खाको शहिदलखन गाउँपालिका वडा नम्बर,८ कुवापानीका मृगौला पीडित कुमारबाबु थापालाई रु. एक लाख आर्थिक सहयोग गरेको छ ।
आइतबार क्लबको १३१९ औं नियमित बैठकमा क्लबका अध्यक्ष पिताम्बर पौडेल(प्रितम),पूर्व अध्यक्ष द्धय रविन्द्रजंग थापा र गौतम प्रसाद खनाल लगायतले पीडित थापालाई चेक हस्तान्तरण गरेका थिए।अध्यक्ष पौडेलका अनुसार दुबै मिगौंला फेल भई लामो समयदेखि महाराजगञ्जको टिचिङ अस्पतालमा उपचारत ४५ वर्षिय थापाले आर्थिक अभावका कारण मृगौंला प्रत्यारोपणमा समस्या भएको भन्दै यस अघि सहयोगका लागि अपिल गरेका थिए।
उक्त अपिल उपर छलफल गरि क्लबको १३१८ औं नियमित बैठक र यस वर्षको पहिलो बोर्ड बैठकले सबै सदस्यहरुबाट रकम संकलन गर्ने निर्णय गरेर सहयोग गरिएको हो।
यता पीडितको सहयोगार्थ सोही गाउँपालिकाका सामाजिक अभियान्ता उत्तर कुमार श्रेष्ठ लगायतक...







