अर्थतन्त्र

स्थानीय व्यापारको नियमन अब प्रदेश सरकारबाट हुने

स्थानीय व्यापारको नियमन अब प्रदेश सरकारबाट हुने

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । स्थानीय व्यापारको नियमन अब प्रदेश सरकारबाट हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार १ साउन २०८१ देखि काठमाडौँ, भक्तपुर र ललितपुर ठेगाना रहेका र स्थानीय व्यापारको उद्देश्य भएका व्यावसायिक फर्मको नियमन सुरु गर्न लागिएको छ । विभागमा दर्ता भएका प्राइभेट फर्मको सक्कल फाइल प्रदेश सरकार अन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयमा हस्तान्तरण सुरु गरिएको छ । अब स्थानीय व्यापारको नवीकरण, संशोधन, पूँजीवृद्धि, प्रतिलिपि, खारेजी लगायतको काम सोही कार्यालयबाट हुने समेत विभागले जनाएको छ ।...
बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
बागलुङ । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई रु दुई लाख ५० हजार नगद प्रदान गरेको हो । यसैगरी यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो । विकका परिवारलाई रु चार लाख नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले राससलाई बताए । उक्त रकम सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको हो । ...
सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड

सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...
दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर २२ सयको बिन्दु माथि पुगेको छ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ बिन्दुमा रोकिएको हो । बिहीबार बजारमा २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयरको खरिद बिक्री हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । बलेफी हाइड्रोपावर, सिटिजन्स सुपर ३० म्युचअल फन्ड, एनआइबीएल स्टेबल फन्ड, जानकी फाइनान्स कम्पनी र सिटिजन्स म्युचअल फन्ड २ को सेयर मूल्य सर्वाधिक बढेको छ । भने, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था, एनएमबी ५० र सेन्चुरी डेबेन्चर २०८८ को सेयर मूल्यमा धेरै गिरावट भएको छ ।...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.९६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८० रुपैयाँ रहेको छ भने बिक्री दर १७१.५७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.२९ रुपैयाँ रहेको छ । यता साउदी रियाल एकको खरिद दर ३५.५५रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४९ रुपैयाँ रहेको छ ।...
चालु आवमा मधेशको ४४ प्रतिशत बजेट फ्रिज

चालु आवमा मधेशको ४४ प्रतिशत बजेट फ्रिज

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ मा ४४ प्रतिशत बजेट फ्रिज भएको छ । मधेश सरकारले चालु आवका लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन कुल बजेटको ५५.७५ प्रतिशत हो । पुँजीगत तर्फको २५ अर्ब ५७ करोड ५७ लाखमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ ।यसअघि आर्थिक वर्ष २०७९/८० ४२.५८ प्रतिशत बजेट फ्रिज भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा आधा बजेट नै फ्रिज भएको थियो । उक्त वर्ष ३४ अर्ब ८८ करोड ९८ लाखमध्ये १७ अर्ब ७६ करोड ३६ लाख बजेट मात्र खर्च भएको थियो ।...
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । सोमबार भने सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको हो । ...
इच्छाकामनाका २२ चेपाङ परिवारले पाए नयाँ घर

इच्छाकामनाका २२ चेपाङ परिवारले पाए नयाँ घर

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
चितवन।चेपाङ आवास कार्यक्रम अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन। हिजो मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित एक कार्याक्रम मार्फत गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरेका थिए । सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न समुदायको उत्थानको लागि त्यस ठाउँमा आवास निर्माण गरिएको हो। साँचो हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले गाउँपालिकाका सातै वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए।उनले भने, ‘पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो’ । ‘टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौं।’ अध्यक्ष गुरुङले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरिदिएको बत...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमाआज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै मंगलबार तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८९० रुपैयाँ कायम भएको थियो । ...
बैंकको ब्याजदर घटेपनि कर्जाको माग बढेन : गभर्नर अधिकारी

बैंकको ब्याजदर घटेपनि कर्जाको माग बढेन : गभर्नर अधिकारी

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिकोा बैठकमा गभर्नर अधिकारीले पछिल्लो समय बैंकको ब्याजदर घट्दा पनि कर्जाको माग न्यून भएको बताएका हुन् । उनले भनेका छन्– बैंकहरूमा कर्जाको ब्याजदर घटिरहँदा पनि कर्जाको ठोस डिमाण्ड छैन ।माग कतै छ भने पनि उत्पादित क्षेत्रहरूमा कमै छ  अहिले अर्थतन्त्रमा रहेको एक खालको चुनौतीकाबीच मौद्रिक नीति बनाउन बसेका छौं, दक्षिण एशियामा नेपालको पोलिसी रेट कम छ । पाकिस्तानको २० प्रतिशत हुँदा हाम्रो ५–५ प्रतिशत छ । गभर्नर अधिकारीले अर्थतन्त्रमा शिथिलता रहेको भन्दै ‘रिकभरी’ को लागि सबैको समन्वय जरुरी भएको पनि बताएका छन् ।उनले दक्षिण एसियामा नेपालको ‘पोलिसी रेट’ कम रहेकोले अर्थतन्त्रमा संरचनागत समस्या चिर्न अर्थसमितिको महत्वपूर्ण भूमिका रहने भन्द...