अर्थतन्त्र

सेयर बजारमा १२ अर्ब नाघ्यो कारोबार

सेयर बजारमा १२ अर्ब नाघ्यो कारोबार

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
काठमाडौं । बुधबार सेयर बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । यसअघि बजार घट्ने क्रममा रहँदा १५ भदौ २०७८ मा १३ अर्ब १६ करोडको कारोबार भएको थियो । त्यस्तै सेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ५४.०४ अंक बढेर २३६४ मा कायम भएको छ । नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च हो । आज २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । बैंकिङ २.०८, विकास बैंक ४.०९, फाइनान्स ५.५०, होटल तथा पर्यटन ५.५५, हाइड्रोपावर १.७१, लगानी १.५३, जीवन बीमा २.१८, उत्पादन ३.०२, माइक्रोफाइनान्स १.८४, निर्जीवन बीमा ३.३४, अन्य १.३६ तथा ब्यापार समूह ७.३ प्रतिशत बढे ।  ...
सुनको मूल्य तोलाकै डेढ लाख

सुनको मूल्य तोलाकै डेढ लाख

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । आज सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४९ हजार १०० रुपैयाँ निर्धारण भएको छ। यसअघि मंगलबार ९साउन १ गते० सुनको मुल्यमा रेकर्ड कायम भएको थियो। सो दिन सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि परेको छ।यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १८ सय ९५ रुपैयाँ कायम भएको छ। मंगलबार च...
२६ महिनापछि २३ सय विन्दुमाथि पुग्यो नेप्से

२६ महिनापछि २३ सय विन्दुमाथि पुग्यो नेप्से

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको हो । कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २।१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो ।...
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
सीता पौडेल (अर्चना) काठमाडौं ।‘ठमेल पर्यटन विकास परिषद्’ (टीटीडीसी)को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को सोमबार साँझ ५ बजे सम्पन्न निर्वाचनको मंगलबार राती १ बजे सम्पन्न मतगणनामा ५६२ मत प्राप्त गरेर उनी निर्वाचित भएका हुन्।निर्वाचनमा अर्का प्रत्यासी उम्मेदवार भवीश्वर शर्माले ४५० मत प्राप्त गरेका थिए। यस्तैगरि तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे,सहदेव धमला र श्रीकृष्ण थपलिया निर्वाचित भएको निर्वाचन अधिकृत उमादेवी प्रसाईँले जानकारी दिएकी छिन्। त्यस्तैगरि महासचिवमा बद्रीप्रसाद तिमल्सिना,सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएको नवनिर्वाचित महासचिव बद्रीप्रसाद तिमल्सिनाले बताए।तर,थपलिया भने कोषाध्यक्षमा पहिले नै निविरोध निर्वाचित भएका थिए। यस्तै सदस्यमा कोपिला सिंखडा,रोशन अधिकारी,कुमार नेपाली,विनोद श्रेष्ठ,अमृत थोकर (लामा),...
आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ सुरु

आजदेखि नयाँ आर्थिक वर्ष २०८१/८२ सुरु

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । आजबाट नयाँ आर्थिक वर्ष २०८१– ८२ सुरु भएको छ।सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेट पनि आजैदेखि कार्यान्वयनमा आएको छ । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याउनु भएको थियो।अघिल्लो आर्थिक वर्षभन्दा करिब ६ प्रतिशत बढी बजेट रहे पनि कार्यान्वयनमा भने चुनौती छ । लक्ष्यअनुसार राजस्व संकलन नहुनु र पुँजीगत खर्च पनि नहुनु लगायतका समस्या छन्। विदेशी मुद्राको सन्चिति बढे पनि सरकारको खाता भने घाटामा छ।अहिले सरकारी ढुकुटीमा २ खर्ब ५१ अर्ब उपलब्ध छ।तर, सरकारी खाता भने २१ अर्ब घाटामा छ। गत वर्षको साउनसम्म २२ खर्ब ९९ अर्ब रहेको सार्वजनिक ऋण अहिले २४ खर्ब ९ अर्ब पुगेको छ । गत आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब राजस्व उठाउने भनेकामा अहिलेसम्म १० खर्ब ३० अर्ब अर्थात् ७२ प्रतिशतमात्रै उठाएको छ । यो राजस्व सरकारको चालु खर्च मात्...
सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । यससँगै नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको हो ।सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।...
पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मङ्गलवारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४८ र डिजेलको मूल्य प्रतिलिटर २.८३ रुपैयाँले बढेर आएसँगै मूल्य वृद्धि गरेको जनाएको  छ  ।  मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको जनाएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५९ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको जनाएको छ ।...
नेप्से परिसूचक १७ अङ्कले घट्दा साढे आठ अर्ब बढीको कारोबार

नेप्से परिसूचक १७ अङ्कले घट्दा साढे आठ अर्ब बढीको कारोबार

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ को विन्दुमा कायम भएको हो । आज तीन सय ३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख दुई हजार तीन सय ७२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ । आज जलविद्युत् समूह शून्य दशमलव ७३, लगानी एक दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२ र म्युचुअल फण्ड एक दशमलव ६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ४८, विकास बैंक एक दशमलव ८९, वित्त शून्य दशमलव ५२, होटेल तथा पर्यटन एक दशमलव ७६ र जीवन बीमा समूह एक दशमलव ६५ प्रतिशतले घटेको छ । लघुवित्त एक दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव ९१, व्यापार श...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, साहित्य
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ १ लाख ४७ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो। ...
नेप्से परिसूचक ५२ अंकले बढ्यो

नेप्से परिसूचक ५२ अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अंकले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता शेयर ९६ हजार दुई सय ७४ पटक खरिदबिक्री हुँदा रु। सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बैकिंङ तीन दशमलव ७४ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ ।...