बैंकको ब्याजदर घटेपनि कर्जाको माग बढेन : गभर्नर अधिकारी
काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिकोा बैठकमा गभर्नर अधिकारीले पछिल्लो समय बैंकको ब्याजदर घट्दा पनि कर्जाको माग न्यून भएको बताएका हुन् ।
उनले भनेका छन्– बैंकहरूमा कर्जाको ब्याजदर घटिरहँदा पनि कर्जाको ठोस डिमाण्ड छैन ।माग कतै छ भने पनि उत्पादित क्षेत्रहरूमा कमै छ अहिले अर्थतन्त्रमा रहेको एक खालको चुनौतीकाबीच मौद्रिक नीति बनाउन बसेका छौं, दक्षिण एशियामा नेपालको पोलिसी रेट कम छ । पाकिस्तानको २० प्रतिशत हुँदा हाम्रो ५–५ प्रतिशत छ ।
गभर्नर अधिकारीले अर्थतन्त्रमा शिथिलता रहेको भन्दै ‘रिकभरी’ को लागि सबैको समन्वय जरुरी भएको पनि बताएका छन् ।उनले दक्षिण एसियामा नेपालको ‘पोलिसी रेट’ कम रहेकोले अर्थतन्त्रमा संरचनागत समस्या चिर्न अर्थसमितिको महत्वपूर्ण भूमिका रहने भन्द...





