अर्थतन्त्र

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार छ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ ।...
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौ । बिहीबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको हो । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो। तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छन् । आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।११ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.१० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ ।...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जानकारी दिएको हो । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम थियो । आज ४०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो । बुधबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।...
बुढानीलकण्ठको प्रस्तावित बजेट ३ अर्ब २५ करोड,नगरवासीको स्वास्थ्य पहिलो प्राथमिकता

बुढानीलकण्ठको प्रस्तावित बजेट ३ अर्ब २५ करोड,नगरवासीको स्वास्थ्य पहिलो प्राथमिकता

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं।काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८१ ।०८२ का लागि ३ अर्ब २५ करोडको बजेट प्रस्ताव गरेको छ। नगरपालिकाकी उप–प्रमुख अनिता लामाले १४ औं नगर सभामा उक्त बजेट पेश गरेकी हुन् ।यस आर्थिक वर्ष (आव)मा नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तय गरेको जनाएको छ । उप–प्रमुख  लामाले नगरपालिकाले २०८१ ।०८२मा गर्भवती आमालाई निशुःल्क अल्ट्रासाउण्ड र गर्भ परिक्षण,नगर अस्पताल र बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलालाई गुणस्तरीय न्यानो प्रसूति झोला र जनही ३ हजार १ सय रुपैयाँ प्रसूति पोषण भत्ता उपलब्ध गराउने,वडाको शिफारिसको आधारमा नागरवासीलाई निशुःल्क रक्त सेवा,६८ वर्ष उमेर समुहकालाई नगर अस्पतालमा सुगर,प्रेसरको निःशुल्क जाँच तथा उपचारको व्यवस्था जस्ता विषयलाई  प्राथमिकतामा राखेको उल्लेख गरेकी छन्। यस्तै ७५ वर्ष माथिका जेष्...
नुनको मूल्य वृद्धि

नुनको मूल्य वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ ।मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए । बढेको मूल्य आज मध्यरातिदेखि लागू हुनेछ । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ।...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । आज नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०५ रुपैयाँ रहेको छ ।...
४७ अकंले बढ्यो शेयर बजार

४७ अकंले बढ्यो शेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं। आज शेयर बजार दोहोरो अकंले बढेको छ । नेप्से मंगलबार ४७ दशमलव ०४ अकंले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अकंले उकालो लागेको छ । हिमालयन डिस्टिलरी कम्पनीको शेयर साढे ८ प्रतिशतले बढेको छ । उच्च अकंले बजार बढेको दिन उपकार लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ । कारोबार रकम पनि बढेको छ । सोमबार ९हिजो० झन्डै ३ अर्बको कारोबार भएकोमा मंगलबार ९आज० ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।...
सेयर बजारमा सर्किट ब्रेक: ४० मिनेटका लागि कारोबार स्थगित

सेयर बजारमा सर्किट ब्रेक: ४० मिनेटका लागि कारोबार स्थगित

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक ९४ प्रतिशत० बढेको छ । पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ । २१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ । यतिबेलासम्म बैंकिङ ४.३, विकास बैंक ३.९९, फाइनान्स ३.७७, होटल ३.४४, हाइड्रोपावर ४.१९, लगानी ४.७३, जीवन बीमा ३.२७, उत्पादन ४.०५, माइक्रोफाइनान्स २.३१, निर्जीवन बीमा ३, अन्य ५।७६ तथा व्यापार १।७५ प्रतिशत बढेका छन् । कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ।...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा १०० रुपैयाँले बढेको जानएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १७ सय ९० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ कायम छ ।...