शिक्षा

एसईई परीक्षा सुरु

एसईई परीक्षा सुरु

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१९ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेबाट देशभर एकैपटक सुरु भएको छ। यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिने भएका छन्।  परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । एसईई परीक्षा चैत २९ गते सम्पन्न हुने छ ।...
एसईई २०८२ : जहाँ परीक्षा,त्यहीँ परीक्षण उत्तरपुस्तिका

एसईई २०८२ : जहाँ परीक्षा,त्यहीँ परीक्षण उत्तरपुस्तिका

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
१८ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ। एक महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो,त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेलले एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए। यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् ।बोर्डका अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत १९ गते बिहीबा...
अब १ महिनामै एसईईको नतिजा,विद्यार्थीलाई तनाव कम हुने

अब १ महिनामै एसईईको नतिजा,विद्यार्थीलाई तनाव कम हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार
१८ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर शिक्षा मन्त्रालयले बोर्डलाई निर्देशन दिएको थियो । सोही अुनसार बोर्डले १ महिनाभित्र नतिजा निकाल्न परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गर्‍यो । सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई तनाव हुन निदन छिटो नतिजा सार्वजनिक गर्न लागिएको बताए। ‘पहिलेभन्दा अहिले प्रविधि फरक भएको छ।नतिजाका लागि विद्यार्थीले किन ३ महिना कुर्नु रु तीन महिनासम्म विद्यार्थीलाई तनाव हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘एक महिनामात्र होइन, अझ चाँडो पनि गर्न सकिन्छ।’ ७७ वटै जिल्लाका शिक्षा एकाइबाट १ महिनामा नतिजा निकाल्न सकिने मन्त्री पोखरेलले बताए। &...
यी २४ जना सांसदले मातृभाषामा शपथ लिने

यी २४ जना सांसदले मातृभाषामा शपथ लिने

जीवनशैली, ताजा अपडेट, बिशेष, राजनीति, शिक्षा, समाचार
१० चैत,काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित २४ सांसदले मातृभाषामा शपथ लिने भएका छन् । पर्सि चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको शपथमा उनीहरुले आफ्नो भाषामा शपथ लिने संसद सचिवालयले उल्लेख गरेको छ । संघीय संसद सचिवालयले मातृभाषामा शपथ लिन चाहनेलाई ३ दिनअघि नै जानकारी गराउन सूचित गरेको थियो ।उनीहरुले रोजेको मातृभाषाको संख्या ११ रहेको छ । यी हुन् मातृभाषामा शपथ लिने सांसदहरूः १. तामाङ भाषा परशुराम तामाङ २. नेपाल भाषा  अनुष्का श्रेष्ठ कृष्णभक्त शाक्य गंगालक्ष्मी अवाल मदनकृष्ण श्रेष्ठ रुकेश रञ्जित विराजभक्त श्रेष्ठ ३. डोटेली भाषा आकृति अवस्थी दीपकराज बोहरा हरिनादेवी कामी ४. मैथिली भाषा उज्जवलकुमार झा दीपककुमार साह महोत्तरी दीपककुमार साह सुनसरी प्रमोदकुमार महतो मातृका यादव सीताराम साह ५. भोजपुरी भाषा कन्हैया बनिया ६. थारु भाषा गीता चौधरी प्रमिलाकुमा...
त्रिविले सञ्चालनमा ल्यायो आफ्नै आधिकारिक युट्युब च्यानल

त्रिविले सञ्चालनमा ल्यायो आफ्नै आधिकारिक युट्युब च्यानल

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
१५ माघ,काठमाडौं ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले युट्युब च्यानल सञ्चालनमा ल्याएको छ। त्रिविले आज बिहिबारदेखि विद्यार्थी,क्याम्पस वा कलेजहरुको सहजताका लागि आफ्नै आधिकारिक युट्युब च्यानल सञ्चालनमा ल्याएको जनाएको हो । युट्युव च्यानलको नाम : TU Office of the Controller of Examinations YouTube Chanel  रहेको छ। लिंक : https://www.youtube.com/@OCOE-AK रहेको छ। त्रिविका अनुसार अनलाइन परीक्षा फाराम, तालिका, रिटोटलिङ, नतिजा सम्बन्धी कुनै पनि समाचार,विषयहरू यस च्यानल मार्फत अपडेट गरिनेछ।...
मिथ्या सूचनाविरुद्ध काठमाडौं सम्मेलनको निष्कर्ष :  धेरै मानिसहरुमा मिडिया साक्षरता छैन

मिथ्या सूचनाविरुद्ध काठमाडौं सम्मेलनको निष्कर्ष : धेरै मानिसहरुमा मिडिया साक्षरता छैन

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
१२ माघ,काठमाडौंं। मिथ्या सूचनाविरुद्ध आयोजित  काठमाडौं सम्मेलन सम्पन्न भएको छ । मानिसहरुमा मिडिया साक्षरताको कमिका कारण मिथ्या सूचना बढिरहेको सम्मेलनको निष्कर्ष छ । साथै सम्मेलनले समाचार र सूचनालाई थप विश्वसनीय बनाउन हल्लाको पछि नलागेर सत्य तथ्यलाई आधार मानेर सूचना तथा सूचना जन्य समाचार सामाग्रीहरु मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्ने निष्कर्ष निकालेको छ । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर(नेपाल) ले काठमाडौंमा आयोजना गरेको सो सम्मेलनमा विज्ञ तथा अध्येयताहरुले प्रविधिमा भएको सहज पहुँचले मिथ्या सूचनाको बाढी नै आएको र यसलाई रोक्नु पर्ने आवश्यकता औंल्याएका छन्। मिथ्या सूचनाले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको भन्दै उनीहरुले मिथ्या सूचना विरुद्धको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नु सूचना साक्षरता बढाउनु पर्ने आवश्यकता पनि औल्य...
कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘स्टार्टअप’अनुदान

कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘स्टार्टअप’अनुदान

अर्थतन्त्र, कृषि, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
११,माघ, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका ६ वटा समूहलाई स्टार्टअप विजेनसका लागि सहयोग गरिने भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग रहने गरी विद्यार्थीका ६ वटा समूहलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म बीउ पूँजी प्रदान गरिने भएको हो । । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि,पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, वन संकाय तथा आंगिक कलेजमा अध्ययनरत विद्यार्थीहरुको ३ देखि ५ जनासम्मको समूह बनाएर नवीनतम् व्यवसाय गर्नका लागि सो रकम प्रदान गरिएको जनाइएको छ । विश्वविद्यालय उपकुलपति प्रा.डा.शारदा थपलियाले विश्वविद्यालयमा अध्ययरत र उत्पादित जनशक्ति रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिन सक्ने बनाउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताइन् । विद्यार्थीले आफ्नो समूहका साझा सोच र धारणासहित पेस गरेको योजनामा विश्वविद्यालयले लगानी गरेर सहयोग गरेको पन...
बुढानीलकण्ठमा नगर शिक्षक सम्मेलन सम्पन्न,शिक्षा सुधारका लागि प्रतिबद्धता, शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा

बुढानीलकण्ठमा नगर शिक्षक सम्मेलन सम्पन्न,शिक्षा सुधारका लागि प्रतिबद्धता, शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा

ताजा अपडेट, बिशेष, विचार, शिक्षा, समाचार, स्थानीय
 मनिषा गुरुङ २४ पुस,काठमाडौं । शिक्षा सुधारका लागि प्रतिबद्धता,शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा गर्दै बुढानीलकण्ठ नगरपालिकाले बुधबार नगर शिक्षक सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शिक्षा क्षेत्र नगरको दीर्घकालीन विकासको मेरुदण्ड भएको बताए।सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य गरि गुणस्तरीय शिक्षा र सुशासन तथा पारदर्शिता अनिवार्य रहेको उनको तर्क थियो। मेयर अधिकारीले शिक्षकहरूको भूमिका केवल पाठ्यक्रममा सीमित नभइकन विद्यार्थीको चरित्र निर्माण र समाज रूपान्तरणमा केन्द्रित हुनुपर्ने भन्दै नगरपालिकाले शिक्षा सुधारका लागि आवश्यक नीति,स्रोत तथा सााधनका साथमा उचित वातावरण तयार गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। कार्यक्रममा उप–मेयर अनिता लामाले शिक्षामा समान पहुँच,शिक्षकको पेशागत मर्यादा र उत्तरदायित्वलाई बलियो बनाउँदै स्थान...
फेसबुक अकाउन्ट अब ह्वाट्सएपसँग जोड्न सकिने

फेसबुक अकाउन्ट अब ह्वाट्सएपसँग जोड्न सकिने

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, विचार, शिक्षा, समाचार
२९ असोज, काठमाडौं। सोसल मिडिया कम्पनी मेटाले आफ्ना प्लाटफर्महरुका प्रयोगकर्ताको अनुभवलाई अझै उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचरहरू थप गर्ने गरेको छ। यसै क्रममा मेटाले प्रयोगकर्तालाई ह्वाट्सएपमा आफ्नो फेसबुक अकाउन्ट जोड्ने सुविधा उपलब्ध गराउने भएको छ। यसअघि केवल इन्स्टाग्राम मात्रै लिंक गर्ने सुविधा रहेकोमा अब ह्वाट्सएपमा फेसबुक पनि जोड्न सकिनेछ। यो फिचरले प्रयोगकर्तालाई आफ्नो पहिचान सत्यापित गर्न तथा अरुसँग सहज रुपमा जोडिनका लागि सहयोग गर्नेछ। यो नयाँ फिचर हाल एन्ड्रोइडको बिटा भर्सनमा मात्रै सुरुवात गरिएको छ । बिटा भर्सन परीक्षण गर्ने कतिपय प्रयोगकर्ताले यसको पुष्टि गरेका छन् । यसअघिसम्म यो सुविधा केवल ह्वाट्सएप बिजनेस अकाउन्टहरुमा मात्रै सीमित थियो, जहाँ भेरिफाइड सोसल मिडिया लिंक्स मात्रै देखिन्थे । अब चाहीँ सामान्य प्रयोगकर्ताले पनि आफ्नो फेसबुक प्रोफाइललाई ह्वाट्सएपमा ...
मन्त्री महावीर पुनका ५ निर्देशन,आणविक अनुसन्धान केन्द्र खोल्नेदेखि नास्टको पुनर्संरचनासम्म

मन्त्री महावीर पुनका ५ निर्देशन,आणविक अनुसन्धान केन्द्र खोल्नेदेखि नास्टको पुनर्संरचनासम्म

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
२४ असोज,काठमाडौँ ।शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।पुनले बिहीबार बसेका विभिन्न बैठकमार्फत पाँच बुँदा सार्वजनिक गरेका हुन् । उनले नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपाल मै गर्नको लागि मात्र आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउन निर्देशन दिएका छन् । त्यस्तै सीटीइभीटीको पुनर्संरचना गरेर त्यहाँ बाट सक्षम जनशक्ति उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउन पनि उनले मातहतको निकायलाई निर्देशन दिएका छन् । यसैगरि नास्टमा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमूलक बनाउन, प्रतिभाशाली नेपालीहरूलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक...