शिक्षा

डा. नवराज लम्सालको ‘कल्प’को कतारमा चर्चा

डा. नवराज लम्सालको ‘कल्प’को कतारमा चर्चा

कला, मनोरन्जन, शिक्षा, समाचार, साहित्य
६असोज,महाकाव्य ‘कल्प’को कतारमा समेत चर्चा गरिएको छ । लम्सालको कल्प छलफलमा साक्षी बनेर पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति उनले कतारमा स्वयं उपस्तित भई एक समारोहमार्फत आभार व्यक्त गरे। उनले हस्ताक्षर भएको प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्ने बताएका छन्। नेपाली महाकाव्य लेखनमा आफ्नो विशेष पहिचान बनाएका डा. लम्साल ‘अग्नि’ महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन्। रेडियो नेपालको जागिर छोडेर लेखनमा सक्रिय लम्सालले ‘कल्प’लाई आफ्नो मस्तिष्क निचोरिएको कृति भनेका छन्। यो महाकाव्यलाई उनको वैश्विक चेतनाले भरिएको एक उच्चस्तरको कृति मानिएको छ।शिखा बुक्सले प्रकाशन गरेको यस महाकाव्यसहित डा। लम्सालका हालसम्म चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत संग्रह गरी जम्मा नौ पुस्तक प्रकाशित छन्।...
संसदीय प्रक्रियामा एआईको उपयोगबारे अध्ययन भइरहेको छ : सभामुख घिमिरे

संसदीय प्रक्रियामा एआईको उपयोगबारे अध्ययन भइरहेको छ : सभामुख घिमिरे

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार
२१ भदौ,काठमाडौं ।सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र सङ्घीय संसद् सचिवालयमा एआईको उपयोगबारे अध्ययन भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संसद् तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने,अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुने विश्वास व्यक्त गरे।यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्ने उनको भनाइ थियो। नेपालको सन्दर्भमा पनि एआईले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्न सक्नेमा दुई मत नरहेको पनि उनले जिकिर गरे । जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई एआईबाट सरल बनाउन सकिने उनको विश्वास छ । तर गलत सूचना, ह्याकिङ र डाटा सुरक्षा...
कक्षा १२ को नतिजा  प्रकाशन हुँदै

कक्षा १२ को नतिजा प्रकाशन हुँदै

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
१९ साउन,काठमाडौं ।कक्षा १२ को नतिजा आज सोमबार सार्वजिनक हुने भएको छ। बोर्ड स्रोतका अनुसार यसका लागि ‘हिजो आइतबार डेमो गरिएको थियो। क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो।तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो। गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।...
पोखरामा सडक सुरक्षा सम्बन्धी वर्कशप सम्पन्न

पोखरामा सडक सुरक्षा सम्बन्धी वर्कशप सम्पन्न

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१३ साउन, काठमाडौं । युथ फर रोड सेफ्टी इन नेपाल अभियानको संयोजन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा पोखरामा सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न भएको छ । क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी नामक सो वर्कशप हालै सम्पन्न भएको हो । वर्कशपमा ५० भन्दा बढी युवाहरु सहभागी भएका थिए । उनीहरु इन्जिनियरिङ, पर्यटन, स्पोर्ट्स, कानुन लगायतका क्षेत्रमा संलग्न रहेका थिए । सो वर्कशपमा युवाहरुलाई आफ्नो एजेन्डामा एड्भोकेसी गर्न सक्षम बनाउने, सो अनुसारको कार्य योजना बनाई कार्यान्वयन गर्न सक्ने बनाउने,लक्ष्य तथा उद्देश्य तय गर्न सीप प्रदान गर्ने र कुनै पनि युवा अभियानको लक्ष्य निर्धारण गर्न सिकाउने विषयमा छलफल भएको थियो । गण्डकी प्रदेशमा आगामी दिनमा गरिने केही कार्यक्रमहरुको कार्ययोजना बनाउन सिकाउने उद्देश्यले सो वर्कशप आयोजना गरिएको आयोजकको भनाइ छ ।  युथ फर रोड सेफ्टी इन नेपा...
तारकेश्वर नगरपालिकामा ज्येष्ठ नागरिक स्कुल ,दैलोबाटै गाडी चढेर स्कुल जानेछन् ज्येष्ठ नागरिक

तारकेश्वर नगरपालिकामा ज्येष्ठ नागरिक स्कुल ,दैलोबाटै गाडी चढेर स्कुल जानेछन् ज्येष्ठ नागरिक

जीवनशैली, ब्यानर-२, शिक्षा, समाचार, स्थानीय, स्वास्थ्य
काठमाडौं ।काठमाडौंको तारकेश्वर नगरपालिकाले ज्येष्ठ नागरिकको भावना सम्बोधन गर्न  एउटा नविनतम सोचसँगै ज्येष्ठ नागरिक विद्यालय स्थापना गरेको छ। नगरपालिकाले ज्येष्ठ नागरिक विद्यालय बनाउने प्रस्ताव संघ सरकारसमक्ष राखेपछि संघ सरकारको विशेष अनुदानमा ज्येष्ठ नागरिक विद्यालय बनाउन नगरपालिका सफल भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित पैंयुटार,बङ्गलामुखी मन्दिर नजिक जेष्ठ नागरिक स्कुलको पहिलो भवन बनिसकेको छ ।दोस्रो भवन बनाउने काम भइरहेको नगर प्रमुख कृष्णहरि महर्जनले बताए।  नगर प्रमुख महर्जनका अनुसार संघ सरकारको कुल ३ करोड बजेटबाट भवन बनाउन लागिएको हो। ‘ज्येष्ठ नागरिकले एक्लो महसुस गर्नु नपरोस् भनेर विद्यालय खोल्न लागेका हौँ,’ महर्जनले भने । विद्यालय निर्माणको काम सकिएपछि नगर भित्रका ज्येष्ठ नागरिक  विद्यालय जानेछन्। ‘ज्येष्ठ नागरिकलाई लिन घरघरमै बस जान्छ ।विद्यालय आएपछि उहाँहरूलाई मन लाग...
अजिमा समर स्काउट मिट २०८२ सञ्चालन

अजिमा समर स्काउट मिट २०८२ सञ्चालन

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल (अर्चना) ३१ असार,काठमाडौं । अजिमा समर स्काउट मिट - २०८२ सञ्चालन भएको छ ।अजिमा स्काउट क्रृयुले मानसिंह धर्म स्काउट ट्रुपसँगको सहकार्यमा काठमाडौंको तारकेश्वर नगरपालिकाका विभिन्न विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाको वडा नं. १० स्थित मानसिंह धर्म माध्यामिक विद्यालय (मा.वि.)मा ट्रुपका स्काउटरहरुलाई लक्षित गरेर क्रृयुले यहि असार ३१ गतेदेखि सप्ताहव्यापी  समर मिट संचालन गरेको अजिमा स्काउट क्रृयुका अध्यक्ष एवं मानसिंह धर्म स्काउट ट्रुपका सदस्यसचिव जितेन श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा सञ्चालन भइरहेको सो कार्यक्रम आउँदो श्रावण ५ गतेसम्म जारी रहनेछ ।सो कार्यक्रममा मानसिंह धर्म स्काउट ट्रुप र कालिकाशरण स्काउट ट्रुपबाट गरी कुल ८० जना स्काउटरहरुले सक्रिय सहभागीता जनाइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । हरेक दिन दुई चरणमा सञ्चालन ह...
साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने

साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, वातावरण, शिक्षा, समाचार
५,असार काठमाडौं। आगामी साउनदेखि बाल विकास शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको मासिक तलब बढेर आउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमा सरकारले सशर्त अनुदान वृद्धि गरेको छ । सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई परिपत्र गर्दै सङ्घीय सरकारबाट उपलब्ध गराउने पारिश्रमिक वृद्धि हुने भएको हो । बजेटमा सरकारले ‘सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बापत सङ्घीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान वृद्धि गरेको थियो । यसका लागि १० अर्ब १६ करोड बजेट विनियोजित गरिएको थियो । सोही अनुसार अब साउनदेखि बाल विकास शिक्षकले मासिक १२ हजार, लेखापालले १५ हजार र विद्यालय सहयोगीले १० हजार पाउने भएका हुन् । शिक्षा मन्त्रालयले बजेट उपशीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण अन्तर्गतको रकम वृद्ध...
नेसनल प्याब्सन बुढानीलकण्ठको आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न

नेसनल प्याब्सन बुढानीलकण्ठको आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार, स्थानीय
१, असार काठमाडौं । नेसनल प्याब्सन बुढानीलकण्ठको आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको बोधिसदन इङ्गलिस स्कुलमा भएको सो तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।नेसनल प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा तथा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको तालिम समापन समारोहमा विभिन्न वक्ताहरुले तालिमको सफल समापनका लागि बधाई ज्ञापन गरेका थिए । १४ विद्यालयका करिव ८० जना सहभागी रहेको सो तालिम समापनको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी, वडा नं १२ की सदस्य मिना बयलकोटी, नेसनल प्याब्सनका केन्द्रीय सदस्य भिष्म ढकाल, जिल्ला उपाध्यक्ष नारायणबाबु तिमल्सिना,सदस्य खेम मिश्र ,महेन्द्र बौद्ध माविका प्रधानाध्यापक धर्मेन्द्...
निजी विद्यालय गुठी र कम्पनीमै स्थापना र संचालन गर्न प्रस्ताव

निजी विद्यालय गुठी र कम्पनीमै स्थापना र संचालन गर्न प्रस्ताव

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार
३१, जेठ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र संचालन गर्ने प्रस्ताव गरेको छ । मन्त्रालयले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पेस गरेको प्रस्तावमा भनिएको छ, ‘यो ऐन प्रारम्भ भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठी र कम्पनी अन्तर्गत स्थापना र सञ्चालन हुनेछ । मन्त्रालयले गरेको प्रस्तावमा यो ऐन प्रारम्भहुनुभन्दा अघि विद्यालयको स्थापना र सञ्चालन गर्न अनुमति प्राप्त गरेको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा नआएका विद्यालय यो ऐन जारी भएपछिको पहिलो शैक्षिक सत्रबाट सञ्चालन नभए त्यस्तो अनुमति स्वतः खारेज हुने भनिएको छ ।...
मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक

मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक

अन्तर्राष्ट्रिय, ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
२८, जेठ काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले आज एक औपचारिक कार्यक्रमकाबीच ‘मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५० सार्वजनिक गरेको छ । प्रतिवेदनले मानव विकासका बहु आयामिक पक्षमा कृत्रिम बौद्धिकता (एआई) ले कस्तो प्रभाव पार्न सक्छ रु र सम्भावना देखाएको छ, भन्ने विषयवस्तुलाई केन्द्रमा राखेको छ । एआईको प्रयोगबाट मानव विकासलाई थप सशक्त बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न र न्यायपूर्ण समाज स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावनालाई पनि प्रतिवेदनले उजागर गरेको छ । उक्त प्रतिवेदन सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले सूचना प्रविधि (आइटी) क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । यसका लागि कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर स्थापना, डिजिटल अर्थतन्त्र र प्रत्यक्ष विदेश...