अन्तर्राष्ट्रिय

चिनियाँ नागरिकसँग नक्कली विवाह गराएर नेपाली युवती बेच्ने महिला पक्राउ

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।नक्कली विवाह गराइ चीन पु¥एर मानव बेचविखन गरेको आरोपमा एक महिला पक्राउ परेकि छन्। नेपाल प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले नेपाली महिलालाई नक्कली विवाह गराई चीन लगेर बेचविखन गरेको आरोपमा ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरेको हो । परिवर्तित नाम २६ बबरमहल (१८८) लाई चिनियाँ नागरिकसँग विवाह गरेमा ग्रिनकार्ड बनाउन मिल्छ, ग्रिनकार्ड पश्चात नेपाल आउन जान मिल्छ,भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी चिनियाँ नागरिकसँग अदालतमा विवाह समेत गराईदिई बेचबिखन गरेको खुलेपछि उनी पक्राउ परेकी हुन्। पीडितको जाहेरीको आधारमा व्यूरोबाट खटिएको प्रहरी टोलीले ठमेल एरियाबाट पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ। घले नुवाकोट किस्पाङ्ग गाउँपालिका वडा नं १ स्थायी ठेगाना भई हाल चीनको हेलिइङजियाङ प्रदेशको ह...
हेलिकप्टर दुर्घटनाः इरानका राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु भएको पुष्टि

हेलिकप्टर दुर्घटनाः इरानका राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु भएको पुष्टि

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
एजेन्सी । हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सले इरानी उच्च अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको हो । समाचार संस्था एशोशियटेड प्रेसले पनि राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियान मृत भेटिएको उल्लेख गरेको छ। राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। हेलिकप्टर हार्ड ल्याण्डिङ गरेको भनिएको ठाउँबाट करिब २ किलोमिटर टाढा अजरबैजानसँग सीमा जोडिएको जोल्फा नजिकै पूर्ण जलेको अवस्थामा भेटिएको थियो।...
भारतीय लोकसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान हुँदै

भारतीय लोकसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान हुँदै

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौँ । भारतीय लोकसभा चुनावअन्तर्गत आज बिहान ७ बजेदेखि ६ राज्य तथा २ केन्द्रशासित प्रदेशका ४९ सिटमा मतदान सुरु भएको छ । पाँचौँ चरणअन्तर्गत बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू–कश्मीर र लद्दाखमा मतदान चलिरको छ । आजको मतदानमा कांग्रेस नेता राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, जम्मू–कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाहलगायत ६९५ उम्मेदवार चुनावी मैदानमा छन् । राहुल गान्धीको उम्मेदवार बनेको उत्तर प्रदेशको रायबरेली क्षेत्रमा समेत मतदान भइरहेको छ । त्यस्तै केन्द्रीय मन्त्री इरानीको क्षेत्र अमेठीमा पनि आजै चुनाव भइरहेको छ । भारतमा छैटौँ चरणको मतदान २५ मेमा र १ जुनमा सातौँ चरणको मतदान हुनेछ । चुनावको परिणाम भने ४ जुनमा आउनेछ ।...
इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना ग्रस्त अवस्थामा,षड्यन्त्र भएको आशङ्का

इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना ग्रस्त अवस्थामा,षड्यन्त्र भएको आशङ्का

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। इरानी रेडक्रस सोसाइटीको उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको छ।इरानी रेडक्रस सोसाइटीका अध्यक्ष पिर हुसेन कोलिवान्दले हेलिकोप्टरको टुक्राहरू भेटिएको उल्लेख गरेका छन्।  हेलिकोप्टर भेटिए पनि राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको अवस्था कस्तो छ भन्नेबारे केही खुलाइएको छैन। राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा बाँध उद्घाटनपछि तबरेज शहरतर्फ प्रस्थान गर्दै थिए। त्यहाँबाट हेलिकोप्टर बेपत्ता भएको थियो। अमेरिकी सांसद चक शुमरले इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा षडयन्त्र भएको आशंकाप्रति प्रतिक्रिया दिएका छन् । हाल बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको स्थानीय सञ्चारमाध्यलाई उदृत ...
अफगानिस्तानमा बाढीः झण्डै ५० जनाको मृत्यु

अफगानिस्तानमा बाढीः झण्डै ५० जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । अफगानिस्तानको घोर प्रान्तमा फेरि भीषण वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित बनेको छ । सो प्रान्तमा आएको बाढीले झण्डै ५० जनाको मृत्यु भएको छ भने हजारौँ घरहरू ध्वस्त भएको अधिकारीहरूले जनाएका छन् । अझै केही मानिसहरु हराइरहेको बताइएको छ । बाढीले सडकहरु भत्किएपछि उद्दारमा कठिनाइ भइरहेको प्रहरीहरुले बताएका छन् ।...
मल्टी एयरलाइन्स नेपाललाई हवाई टिकट वितरणको प्लाटफर्म

मल्टी एयरलाइन्स नेपाललाई हवाई टिकट वितरणको प्लाटफर्म

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, समाचार
काठमाडौ।संसारभरका २७५ वटा अन्तरराष्ट्रिय वायुसेवासँग टिकट वितरण सञ्जाल भएको अग्रणी प्लाटफर्म मल्टी एयरलाइन्सले नेपालमा आधिकारिक रूपमा सेवा सुरु गरेको छ। यसले अन्तरराष्ट्रिय यात्रुलाई नेपालमा सस्तो,सुविधाजनक र आरामदायी यात्रा उपलब्ध गराउने लक्ष्य राखेको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच यसको उद्घाटन गरिएको थियो। केही दिनमै नेपाली ट्राभल एजेन्सीहरूसँगको साझेदारीमा कार्य अगाडी बढाउन लागेको उसले ट्राभल एजेन्सीहरूलाई संसारभरका धेरै बिलिङ एण्ड सेटलमेन्ट प्लान(बीएसपी)मार्केटसँग जोड्ने जनाइएको छ। ‘यो प्लाटफर्मले ट्राभल एजेन्टहरूलाई ग्लोबल एयरलाइन्स,स्थानीय भाडा र टिकटसँग सम्बन्धित समाधानमा पहुँच पुर्‍याउन र क्षमता विकासमा मद्दत गर्नेछ’,विज्ञप्तिमा भनिएको छ,‘जसले गर्दा टिकट कारोबारमा सहज लेनदेन सुनिश्चित गर्नेछ।’ कार्यक्रममा मल्टी एयरलाइन्सका सीईओ क्लिफर्ड क्रिस्टोफर,स्ट...
जापानका मेयर बुढानीलकण्ठमा,दुई नगरपालिकाका कार्ययोजना र अनुभव आदानप्रदान

जापानका मेयर बुढानीलकण्ठमा,दुई नगरपालिकाका कार्ययोजना र अनुभव आदानप्रदान

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, राजनीति, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।जापानको ओईजुमी नगरपालिकाका नगर प्रमुख मुरायामा र बूढानीलकण्ठ नगरपालिका(बूनपा)का प्रमुख मिठाराम अधिकारीबीच भेटवार्ता भएको छ । जेठ १ गते (हिजो) मंगलबार जपानका नगर प्रमुख (मेयर) तोसिआकीसहित उनका स्वकिय सचिव ताकोई सिहायुकी,त्यहाँको बहुसाँस्कृतिक विभागका प्रबन्धक फुकुदा मासामी सान र सोही विभागका सान खुनिको हासेगावा,नेपाल साझा समाजका अध्यक्ष वुद्धि सेरचन,सल्लाहकार रन्जय अमात्य,महासचिव निरज गुरुङ र पूर्व महासचिव गोपाल पोखरेल गरि थप ४ जना इन्टरप्रेनर सहितको टोलीलाई स्वागत गरिएको हो। सो टोलीलाईलाई बुढानीलकण्ठ नगरका नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामासहित मेयरका स्वकीय सचिव रविन्द्र अधिकारी,प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याललगायतले स्वागत गरेका थिए ।स्वागतपश्चात नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि दुई नगरपालिकाबीचका कार्य...
फ्रान्सको कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन

फ्रान्सको कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन

अन्तर्राष्ट्रिय, कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार, साहित्य, स्थानीय
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागीता जनाउने भएका छन्।त्यसका लागि मेयर बालेन हिजै राती सोमबार दुई सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गरेका छन्। मेयर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्सालसँगै गएका छन्।उनलाई त्यहाँका मेयर डेभिड लिसनार्ड निम्तो दिएका हुन्।उनी त्यहाँ तीन दिनसम्म बस्ने बताइएको छ। मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँगको भेटवार्तापछि उनले फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा सहभागिता जनाउने छन्।बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा भव्य रिसेप्सनको आयोजना गरिएको जनाइएको छ। बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन्।राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी सहर का...
सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पहिलो व्यक्तिको मृत्यु

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पहिलो व्यक्तिको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार, स्वास्थ्य
न्युयोर्क ।आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको दुई महिनापछि मृत्यु भएको छ । ६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए। म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) ले एक विज्ञप्तिमा रिचर्डको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै सङ्केत नभएको बताएको छ। सुँगुरबाट अन्य अङ्गहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू असफल भइसकेका छन्।यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गरिएको थियो। मिर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए ।   स्रोत — बीबीसी...
महिलाको अर्थपूर्ण सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव

महिलाको अर्थपूर्ण सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक उत्पादकत्व बढाउन,लैङ्गिक असमानतालाई सम्बोधन गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि आर्थिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र महिला सशक्तीकरणको महत्त्वपूर्ण आवश्यकता औंल्याएका छन्। नेपालसहित दक्षिण एसियाली मुलुकका अगुवा महिलाको सहभागितामा ललितपुरमा सुरु भएको ‘साउथ एसियन वुमन्स कन्फेरेन्स अन इकोनमिक इम्पावरमेन्ट (२०२४)’ सम्मेलनको आइतबार उद्घाटन गर्दै उनले डिजिटल रूपान्तरण मार्फत महिला सशक्तीकरण आजको आवश्यकता भएको बताए। उपराष्ट्रपति यादवले केही सामाजिक मान्यताहरू लैङ्गिक समानताका लागि बाधक भएको उल्लेख गर्दै दक्षिण एसियामा आर्थिक वृद्धि, बढ्दो शिक्षा, र घट्दो प्रजनन क्षमताको बाबजुद अधिकांश विकासोन्मुख मुलुकहरूको तुलनामा महिला आर्थिक अवसरबाट वञ्चित हुनु चिन्ताको विषय भएको बताएका छन्। । ‘आर्थिक सशक्तीकरणमा महिलाको ...