अन्तर्राष्ट्रिय

बिम्स्टेक शिखर सम्मेलन सुरु

बिम्स्टेक शिखर सम्मेलन सुरु

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२, चैत, बैङकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साङ्ग्रिला सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी थिइन् । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...
प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१, चैत काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा.हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त भएका हुन्। भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो । भेटमा परराष्ट्र मन्त्री डा।आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।...
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२०, चैत काठमाडौं । नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारी पत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को उपस्थितिमा आज ती समझदारी पत्रमा हस्ताक्षर भएका हुन् । पालमा तर्फबाट परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले ती समझदारी पत्रमा हस्ताक्षर गरेकी थिइन् । यसैगरी थाइल्याण्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान सुफाजीकिज्कोसल र पर्यटन सहयोगसम्बन्धी सम्झौता पत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेकी हुन् । यसैगरी दुई देशका प्रधानमन्त्रीका उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा विभिन्न समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो ।...
प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

प्रधानमन्त्री ओली र थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२०, चैत बैङकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए। त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावातले स्वागत गरेका थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमति पत्र आदानप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । &nbs...
श्रीलङ्काका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

श्रीलङ्काका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३, चैत काठमाडौं । श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको कोलोम्बोस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट श्रीलङ्काली राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका जनताको निरन्तर शान्ति एवं प्रगतिको कामना गरेका थिए । राजदूत नेपालीलाई स्वागत गर्दै राष्ट्रपति दिसानायकेले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको शान्ति एवं समृद्धिको कामना गरेका थिए। त्यस अवसरमा श्रीलङ्काका विदेशमन्त्री, राष्ट्रपति कार्यालयका सचिव, राजदूतकी धर्मपत्नी, राष्ट्...
भारतमा एक नेपालीलाई २० वर्ष जेल सजाय

भारतमा एक नेपालीलाई २० वर्ष जेल सजाय

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, वातावरण, समाचार
७, चैत काठमाडौं । भारतको एक अदालतले कपिलवस्तुको तौलिहवा निवासी एक व्यक्तिलाई २० वर्ष जेल सजाय तोकेको छ । भारतको उत्तर प्रदेश राज्यस्थित बलरामपुरको विशेष सत्र न्यायाधीश (पोक्सो एक्ट) दीप नारायण तिवारीले बलात्कार मामिलामा नेपाली नागरिक सुनिल पाठक उर्फ राज पण्डितलाई २० वर्ष जेल सजाय निर्धारण गरेका हुन् । अदालतले सुनिललाई ११ हजार रुपैयाँ जरिबानाको फैसलासमेत सुनाएको छ । २५ अक्टोबर २०२३ मा उनले एक नाबालिगलाई बलात्कार गरेको बताइएको छ । पीडित किशोरीका पिताले दिएका उजुरीका आधारमा प्रहरीले सुनिलविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको थियो । पीडित पक्षकातर्फबाट अदालतमा सात साक्षी उपस्थित गराइएको थियो । अदालतले सुनिललाई दोषी ठहर गर्दै २० वर्ष जेल र ११ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जरिबानाबापतको रकम तिर्न नसकेको खण्डमा थप एक वर्ष जेल सजाय हुने अदालतको फैस...
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १७ औं सम्मेलनको तयारी पुरा, १५०० रोटरीयनहरु एकैठाउँमा जमघट हुँदै

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १७ औं सम्मेलनको तयारी पुरा, १५०० रोटरीयनहरु एकैठाउँमा जमघट हुँदै

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल (अर्चना) ७ चैत,काठमाडौं । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा समर्पित रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भूटान) को १७ औं डिस्ट्रिक्ट सम्मेलनको तयारी पुरा भएको छ । रोटरी डिस्ट्रिक्ट नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यहि चैत ८ गतेदेखि १० गते (मार्च २१–२३,२०२५) सम्म ललितपुरमा आयोजना हुने सो सम्मेलनको सम्पर्ण तयारी पुरा भएको जानकारी दिएको हो । उक्त पत्रकार सम्मेलनमार्फत रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का राटरी वर्ष २०२४–२०२५ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले विश्वबाट पोलियो उन्मूलन गराउने अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै मानवीय सेवामा समर्पित  रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को सो सम्मेलनमा भूटानको १ क्लब र नेपालका १५७ गरि १५८ क्लबका एक हजार पाँच सय भन्दा बढी रोटरीयनहरुको एकठाउँमा जमघट हुने जानकारी दिए ।  सम्मेलनबाट रोटरीयन र...
लेबननमा नेपाली शान्ति सैनिक फेरबदल

लेबननमा नेपाली शान्ति सैनिक फेरबदल

अन्तर्राष्ट्रिय, ब्यानर-२, राजनीति, वातावरण, समाचार
४, चैत काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ लेबननमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ । लेबननमा तैनाथ ६५औं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो । लेबननमा प्रमुख सेनानी सुमन सिलवालको नेतृत्वमा ६६औं डफ्फाको १९३ जना टोली पठाइएको छ । प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा सोही मिसनबाट ६५औँ डफ्फाको १९३ टोली सोमबार स्वदेश फिर्ता भएको छ ।उक्त मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमान्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एकवटा गण गरी कुल ८७६ जना शान्ति सैनिकहरू कार्यरत छन् ।...
टेक्सस राज्य संसदमा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस राज्य संसदमा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२, चैत टेक्सस । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ। टेक्सास राज्य संसद्को प्रतिनिधिसभाको १३ मार्च बिहीबार सम्पन्न बैठकले ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ को मान्यता दिने संकल्प प्रस्ताव ५३० पारित गर्दै यो घोषणा गरेको हो । सङ्कल्प प्रस्ताव पारित भएपछि टेक्सस राज्य संसदमा ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ ले औपचारिक मान्यता पाएको छ। ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’सम्बन्धी प्रस्ताव पाकिस्तानीमूलका टेक्ससका राज्य सांसद सुलेमान लालानीले संसद् बैठकमा पेश गरेका थिए । प्रस्ताव संसद् बैठकबाट पारित हुँदा अमेरिका भ्रमणमा रहेका नेपालको लुम्बिनी सर्किटअन्तर्गत पर्ने पाँच वटा नगरपालिकाका मेयर पनि उपस्थित थिए । प्रस्तावमा लुम्बिनीलाई बौद्धधर्मका लागि अत्यन्त पवित्रस्थल भएको भन्दै सिद्धार्थ गौतमको जन्मस्थलको रूपमा मान्यता प्राप्त रहेकोमा विशेष जोड द...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८० रुपैयाँ ५३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैस...