स्थानीय

यी स्थानमा आज वर्षा र हावाहुरीको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
काठमाडौं ।हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसको कारणले देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको छ।भने,बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी,गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना  छ। त्यस्तै कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।लुम्बिनी,मधेश,सुदूरपश्चिम र कोशी प्रदेशसहित बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाको भनाई छ। उता आज राति पनि कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।भने,लुम्बिनी,मधेश,सुदूरपश्चिम र कोशी प्रदेशका केह...

इलाममा किन भयो घण्टीको जमानत जफत !

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गतको निर्वाचनमा रास्वपा(घण्टी चिन्ह)को जमानत जफत भएको छ । १९ जना उम्मेदवार रहेको यस क्षेत्रको निर्वाचनमा घण्टीको तर्फबाट उम्मेदवार बनेका मिलन लिम्बूको जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत आएपछि घण्टीको जमानत जफत भएको हो । कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ । तर लिम्बुको ५ हजार ५० भोटमात्र आएको छ । उनिसँगै अन्य आठ जना उम्मेदवारको पनि जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य ऐन अनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।  ...

महोत्तरी मटिहानीका आगलागी पीडितलाई कामपाले १० लाख सहयोग गर्ने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
काठमाडौं । काठमाडौंमहानगरपालिका(कामपाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। कामपाका प्रवक्ता नवीन मानन्धरले महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए। रकम आज नै नगरपालिकाको खातामा जम्मा हुनेगरी पठाउने महानगरपालिकाको तयारी रहेको उनको भनाई छ । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर एक सय घर जलेर नष्ट भएका छन् ।यसबाट चार सय ५५ जना प्रभावित बनेका छन् ।यहि बैशाखा १२ गते दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो।...

बझाङमा कांग्रेसको अग्रता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
 धनगढी । बझाङको प्रदेश सभा–१ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् । सिंहलाई ७ हजार ४९२ मत प्राप्त भएको छ । भने नेकपा एमालेका भण्डारीलाई ७ हजार २२८ मत मिलेको छ । सुरुआती मत गणनामा भने यहाँ एमाले दोब्बर मतसहित अग्र स्थानमा थियो । यसैगरि नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् ।भने, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् । तर,राप्रपाका किशोर खड्काले भने,जम्मा १ सय ८२ मत पाएका छन् ।...

काठमाडौं महानगरले देशभरका अशक्त र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।सो सेवा सुविधाका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर महानगरपालिकामा सम्पर्क गर्नु पर्ने उनको भनाई छ। मेयर बालेनले महानगरसँग ५२ वटा अस्पतालका ३७४ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने उल्लेख गरेका छन् । ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड छन् ।जहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।...

नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

कृषि, ताजा अपडेट, समाचार, स्थानीय
मनाङ । मनाङको नाम्के खर्कबाट औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन कार्य सुरु गरिएको छ । यहाँ यार्सागुम्बा पाउने धेरै खर्कहरु भए तापनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको नासों–८ का वडाध्यक्ष याद घलेले बताउनुभयो । अध्यक्ष घलेका अनुसार १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएका छन् । संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका यादले मनाङमा यार्सागुम्बा सङ्कलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो । “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान रहेको छ, सोही अनुरुप यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइएको छ ” उहाँले भन्नुभयो।...

नागार्जुन समुहको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

प्रेरक प्रसङ्ग, ब्यानर-१, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को टौडोल,माइक्रोवसपार्कमा अवस्थित ‘नागार्जुन समुह’ ले नयाँ वर्ष २०८१ सँगै समुहको २५ औं स्थापना दिवसका अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। आज शनिबार टौडोलमा रहेको कार्यालय भवनको सभाहलमा वडा नं १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको नागार्जुन समुहका अध्यक्ष प्रकाश बलामीले बताउनुभयो ।आज भन्दा २५ वर्ष अगडि वि.सं.२०५६ भाद्र १४ गते एक सामाजिक संस्थाका रुपमा स्थापना भएको नागार्जून समुहले यहि आउँदो भाद्र १४ गते आफ्नो रजत जयन्ती मनाउने तयारी गरेको अध्यक्ष बालामीको भनाई छ। समुहका सचिव राजेन्द्र राजबहाकका अनुसार समुहले हरेक वर्ष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको र यस वर्ष पनि त्यसैलाई निरन्तरता दिएको हो। बिहान ८ बजेदेखि १० बजेसम्...

गुल्मीमा एक दिने उखु महोत्सव ,किसान उत्साहित

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) गुल्मी।गुल्मीको छत्रकोट गाउँपालिका,४ मा एकदिने उखु महोत्सव गरिएको छ । उखुको उत्पादन बढाउने र उखु व्यवसायको विकास र प्रवद्र्धन गरि उखु किसानलाई प्रोत्साहित गर्न पालिकाको वडा नम्बर ४ को दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । उखु खेतीका माध्यमबाट आर्थिक उपार्जन गरी समृद्धि हासिल गर्दै किसानलाई आत्मनिर्भर बनाउनका लागि महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलेले बताउनु भएको छ । महोत्सवमा गोरुको प्रयोग गरी पराम्परागत शैलीमा उखु पेल्ने, खुदो, गुँड बनाउने र उखुको रसबाट उत्पादित सामग्रीलाई प्रदर्शनीमा राखिएको थियो ।भने,उखु महत्व र त्यसको उपयोगिताका बारेमा विभिन्न गीत तथा सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो । स्थानीय जातको सेतो, रातो कोसेर, कालो र जीतपुर कोसेर तथा पुरा...

बालाजु बाइसधारा मेलाको व्यवस्थापनको जिम्मा स्थानीयलाई,ऐतिहासिक मेलाका रुपमा मनाउने तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल (अर्चना) काठमाडौं । काठमाडौको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेलाको व्यवस्थापनको जिम्मेवारी स्थानीयले नै प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकाको वडा नं १६,बालाजुमा अवस्थित बालाजु बाइसधारा उद्यान परिसरमा हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने सो मेलाको विगतका वर्षहरुमा काठमाडौं महानगरको माताहतबाटै व्यवस्थापन हुँदै आएको थियो ।प्राचीन धार्मिक तीर्थस्थलसँगै सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिदै आएको उक्त मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न स्थानीयहरुले स्वतःस्फूर्त रुपमा वा स्वयंसेवकको भूमिकामा रहेर मेला सञ्चालन तथा व्यवस्थापनमा महानगरलाई सहयोग गर्दै आएको स्थानीय शंकर डंगोलले बताउनुभयो।तर यस वर्षबाट भने स्थानीयहरुले  मेला सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी प्राप्त गरेको हुनाले यो मेला ऐतिहासिक हुने स्थानीयको दावी छ । ...
आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा

आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा

ताजा अपडेट, पर्यटन, भिडियो, समाचार, स्थानीय
मुगु। मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको रारा ताल समुन्द्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको छ । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र दुई सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि धेरैजसो आन्तरिक पर्यटक जाने गर्छन् । रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल रहेको छायाँनाथरारा नगरपालिका-७ का बासिन्दा राजु मल्लले जानकारी दि...