समाचार

तीनकुने घटनामा थप २ जना पक्राउ

ताजा अपडेट, वातावरण, समाचार
२७, चैत काठमाडौं । तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका-५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् । पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ । यो घटनामा पक्राउ पर्नेको संख्या ७५ पुगिसकेको छ ।...
पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल

पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, चैत काठमाडौं । पर्यटन राजधानी पोखराको लेकसाइडमा रु. एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए। पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे । होटलमा नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ । पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मियता र मौलिकता प्रदान गर्ने विश्वास लिइएको छ । करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा दुई वटा इन्टरकनेक्टेड ब्लकह...
वायु प्रदूषण : मोबाइल र कम्प्युटर चलाउँदा आँखा निम्तिन्छ थप समस्या

वायु प्रदूषण : मोबाइल र कम्प्युटर चलाउँदा आँखा निम्तिन्छ थप समस्या

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२७ चैत काठमाडौं । वितग केही समययता वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ । वायु प्रदूषणले शरीरका सम्पूर्ण भागमा असर गरेपनि विशेषगरी, आँखा र श्वासप्रश्वासमा बढी प्रभाव पार्ने चिकित्सकहरु बताउछन् । वायु प्रदूषण बढेसँगै आँखा पोल्न, आँखा रातो हुने, चिलाउने जस्ता समस्या बढ्दो क्रममा छ । यस्तो समस्या बिहानभन्दा दिउँसो र बेलुकाको समयमा बढी देखिन्छ । रोड  छेउमा काम गर्ने, पसलमा बस्ने वा धेरै धुलोको एक्स्पोज हुने मानिसमा यस्तो समस्याबाट बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन् । वायु प्रदूषणको कारण आँखाबाट आँसु आइरहने, आँखा पोल्ने, आँखा रातो हुने, चिलाउने दुख्ने जस्ता समस्या लिएर बिरामी अस्पताल पुग्ने गरेको छ । यस्तो समस्या अन्य समयको तुलनमा चैत, वैशाखमा बढी देखिने गर्छ । यो मौसममा फुल फुल्ने हुँदा फुलको कणले एलर्जी हुने बिरामी बढ्ने गर्छन् । एलर्जी हुने बिरामीलाई प्रदूषण...
फेरी बढ्यो सुनको, आज कतिमा हुदैँछ कारोबार ?

फेरी बढ्यो सुनको, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२७, चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । बुधबार सुन तोलामा २ हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको थियो ।...
चैते दसैँमा  कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन

चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२७, चैत बागलुङ । चैते दसैँको अवसरमा कालिका भगवती मन्दिरमा रु ४२ लाख ६३ हजार भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर उक्त रकम सङ्कलन भएको हो । गत वर्षको तुलनामा यस वर्ष रु दुई लाखभन्दा बढी भेटि सङ्कलन भएको हो । गण्डकी प्रदेशको प्रमुख शक्तिपीठमध्येको ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा यस वर्ष आएका सात लाखभन्दा बढी दर्शनार्थी आएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। “चैते दसैँको मुख्य दिनमा अहिलेसम्मकै धेरै भक्तजन र अहिलेसम्मकै धेरै भेटी सङ्कलन भएको छ”, खड्काले भने “अष्टमीमा एकै दिन तीन लाखभन्दा बढी भक्तजन आएका थिए, उक्त दिन ट्राफिक व्यवस्थापनमा समेत हम्मे–हम्मे परेको थियो ।”...
प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै

प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै

ताजा अपडेट, राजनीति, समाचार
२७, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाँदैछन् । अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि त्यहाँ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उनी काठमाडौंबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२७, चैत काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनिया...
उपयुक्त समयमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

उपयुक्त समयमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२७, चैत जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताएका छन् । हिजो मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि गृहकार्य भइरहेको बताए । उनले उपयुक्त समयमा संविधान संशोधनका लागि एउटा समिति बनाएर अगाडि बढ्ने प्रस्ट पारे । ‘बेलाबखतमा संविधान संशोधन भइरहने कुरा पनि हो । त्यसैले व्यवस्थालाई व्यवस्थित गर्नका लागि संविधान संशोधन गर्नुपर्ने देखिएको हो,’ उनले भने, ‘हामीले संविधानलाई बलियो बनाउन, अहिलेको व्यवस्थालाई मजबुत बनाउन संशोधन गर्न लागेका हौँ ।’ सर्वपक्षीय सहमतिका माध्यमबाट यो काम हुने प्रधानमन्त्री ओलीको भनाइ थियो...
आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२७, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै देशभर तुवाँलो लागेको अवस्था छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, बागमती, लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । वर्षा, हिमपात लगायत तुवाँलोका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई याताया...
बालाजु बाइसधारा मेला व्यवस्थापनको तयारी तिब्र,मेलाको महत्व के छ ?

बालाजु बाइसधारा मेला व्यवस्थापनको तयारी तिब्र,मेलाको महत्व के छ ?

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार, साहित्य, स्थानीय
सीता पौडेल (अर्चना )  २६ चैत्र,काठमाडौं ।हरेक वर्ष चैत्र शुक्ल पूणिमाको दिन लाग्ने बालाजु,बाइसधारा (ल्हुती पुन्ही) मेलाको व्यवस्थापनको तयारी तिब्र पारिएको छ । यहि चैत्र ३० गते शनिबारदेखि ५ दिनसम्म सञ्चालन हुने सो मेलामा आउने श्रद्धालु भक्तजनहरुको सुविधाको लागि बालाजु,बाइसधारा (ल्हुती पुन्ही) मेला व्यवस्थापन समितिले व्यवस्थापनलाई चुस्त तथा दुरुस्त पार्न  राम्रो तयारी गरिरहेको समितिका संयोजक प्रकाश बलामीले जानकारी दिए । संयोजक बलामीले यस वर्ष शनिबारका दिन मेला शुरु हुने भएकाले पनि धेरै संख्यामा भक्तजनहरुको सहभागीता रहने कुरालाई मध्येनजर गर्दै व्यवस्थापनलाई निकै प्रभावकारी तवरबाट चुस्त तथा दुरुस्त बनाउने तयारी भएको पनि बताए ।यसका लागि समितिले विभिन्न उपसमितिहरु बनाएर काम गरिरहेको उनले स्पष्ट पारे । सोमबार सगरमाथाप्रेससँग कुराकानी गर्दै उनले प्राचीन धार्मिक,सांस्कृतिक,पर्यटकीय तथा...