समाचार

अभिभावकले वैशाख महिनाको पठनपाठन शुल्क तिर्न नपर्ने

अभिभावकले वैशाख महिनाको पठनपाठन शुल्क तिर्न नपर्ने

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
मनिषा गुरुङ २८ चैत,काठमाडौं ।निजी विद्यालयले आगामी वैशाख महिनाको शुल्क लिन नपाउने भएका छन्। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले सरकारले नै वैशाख २१ गतेदेखिमात्रै पठनपाठन थाल्ने निर्णय गरेकाले वैशाखको कुनै पनि शुल्क अभिभावकले तिर्न नपर्ने जानकारी दिएका हुन्। सरकारले वैशाख १५ देखि भर्ना थालेर वैशाख २१ देखिमात्रै पठनपाठन थाल्ने भनेपछि अभिभावकलाई वैशाख महिनाको शुल्क तिर्नुपर्ने की नपर्ने भन्ने अन्यौलता छाएको थियो। किनभने यसअघिसम्म वैशाख १ बाट नै भर्ना अभियान सञ्चालन भइ शैक्षिक सत्र सुरु हुन्थ्यो।अभिभावकले पनि वैशाख महिनाबाटै शुल्क तिर्दै आएका थिए।तर,यसपाली भने यो अवधिमा पठनपाठन नै नहुने भएकाले कुनै पनि शुल्क निजी विद्यालयले लिनै नपाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता पराजुलीले जानकारी दिए। नियम विपरी...
नागरिक एपमा नयाँ सेवा विस्तार, थपिँदैछन् यी सुविधा

नागरिक एपमा नयाँ सेवा विस्तार, थपिँदैछन् यी सुविधा

ताजा अपडेट, ब्यानर-१, समाचार
२७ चैत, काठमाडौं । सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई तिब्र बनाएको छ । सोही क्रममा निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फत प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले हाल उक्त प्रणाली परीक्षणको चरणमा रहेको र आगामी एक साताभित्र पूर्ण कार्यान्वयनमा आइसक्ने बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले मातहतका सम्बन्धित निकायहरूलाई नागरिक एपमार्फत थप सेवा एकीकृत गर्न तथा डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तारलाई तीव्रता दिन निर्देशन समेत दिएका छन् ।  ...
तोलामा २ हजार २ सय रुपैयाँ बढ्यो सुन

तोलामा २ हजार २ सय रुपैयाँ बढ्यो सुन

अर्थतन्त्र, ब्यानर-२, समाचार
२७ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ८५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९६० रुपैयाँमा कायम भएको छ ।...
प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदै

प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदै

कला, जीवनशैली, ताजा अपडेट, पर्यटन, मनोरन्जन, समाचार, स्थानीय
२७ चैत, भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । आज साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ । बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहि...
नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक

नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक

अर्थतन्त्र, पर्यटन, बिशेष, समाचार
२७ चैत, काठमाडौं । सरकारले नागढुंगा सुरुङ प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ । सो दर २६ साउन २०८२ मा तय भएपनि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार दस्तुर दर सार्वजनिक गरेको हो । सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौं छिर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्ने छ । मिनीबस, मिनी ट्रिपर र ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ तिर्नुपर्ने सूचनामा उल्लेख छ । बस, ट्रक (सिंगल रियर एक्सल)को हकमा काठमाडौं छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ दस्तुर तोकिएको छ । मल्टी एक्सल ट्रकरसवारी साधन र भारी उपकरणलाई भित्र छिर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्ने जनाइएको छ ।...
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
२७ चैत, काठमाडौं । शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने भएको छ ।  भर्ना कहिलेबाट हुने भन्ने अन्योल भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना पनि १५ गतेबाट नै हुने स्पष्ट पारेको हो । केन्द्रले जारी गरेको सूचनामा भर्ना अभियान वैशाख १५ गतेबाट र वैशाख २१ गतेबाट पठनपाठन सुरु हुने उल्लेख छ । त्यसैगरी शिक्षकको पेशागत क्षमता विकासका कार्य सञ्चालन गर्ने र विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्ने भनिएको छ । यसअघि १ वैशाखबाट शैक्षिकसत्र सुरु हुने गरेको थियो ।सूचनामा वैशाख २ गतेदेखि प्रवर्धनात्मक र रचनात्मक शैक्षिक कार्य गर्न भनिएको छ । १५ वैशाखअघि शैक्षिक सत्रका कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका, शैक्षणिक योजना निर्माण र तयारी गर्ने, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने भनिएको छ ।...
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको पनि बढ्यो

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको पनि बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२७ चैत, काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल र मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ। भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् निगमलाई पाक्षिक रु.१० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने अवस्था छ। आयल निगमले जारी गरेको विज्ञप्तिमा हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६.६५, डिजेलमा प्रति लिटर रु.१०९.५० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.४१६.३७घाटा रहेको र निगमलाई पाक्षिक रुपमा कुल जम्मा रु.१० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको छ ।अब १४....
४ हजार ३०० ले घट्यो सुनको भाउ

४ हजार ३०० ले घट्यो सुनको भाउ

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२६ चैत, काठमाडौं ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ४ हजार ३०० र चाँदी तोलामा १५० ले घटेको हो । आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८७५ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २५ कायम भएको थियो ।  ...
विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६ चैत, काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले थप आठ सहिद परिवारलाई रोजगार दिने निर्णय गरेको हो । प्राधिकरणले यसअघि २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ । आज थप भएका आठ सहिद परिवारमध्ये रोजित श्रेष्ठ (काठमाडौँ), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल (काठमाडौँ), मौसम कुलुङ (सङ्खुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) छन् । जेनजी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ ३२, क...
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पनि रिहा

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पनि रिहा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६ चैत, काठमाडौं ।पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले रिहा गरेको छ। हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको एसपी पवन भट्टराईले बताए। उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो। जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए । सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो। सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा...