समाचार

आज यी प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

आज यी प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, समाचार
२५ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको  छ। जसको प्रभावले मौसम बदली भइरहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधरणतया बादल लाग्नेछ। गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, लुम्बिनी,गण्डकी,बागमती र कोशी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मह...
संविधान संशोधन कार्यदलमा रास्वपाबाट मोहनलाल आचार्य

संविधान संशोधन कार्यदलमा रास्वपाबाट मोहनलाल आचार्य

ताजा अपडेट, समाचार
२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा सांसद एवं अधिवक्ता मोहनलाल आचार्यलाई पठाएको छ । सरकारले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यही कार्यदलका लागि रास्वपाले कपिलवस्तु–१ बाट निर्वाचित सांसद आचार्यलाई पठाएको हो । संवैधानिक कानुन, मानव अधिकार एवं अन्तराष्ट्रिय कानुनका समेत ज्ञाता आचार्य अधिवक्ता  हुन् । उनी विभिन्न संवैधानिक एवं कानुनी अध्ययन र अनुसन्धानमूलक काममा संलग्न थिए ।...
प्रधानमन्त्रीले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै

प्रधानमन्त्रीले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन् । बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो । आज मध्याह्न १२ बजे पछि हुने छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन् । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ । कार्यक्रममा राजदूतहरूले आफ्नो परिचय दिने र प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने तयारी छ । त्यसबाहेक अन्य औपचारिक कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले ब...
कैलालीमा बलात्कार आरोपमा एक जना पक्राउ

कैलालीमा बलात्कार आरोपमा एक जना पक्राउ

कानुन, ताजा अपडेट, समाचार
२५ चैत, धनगढी । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय एक पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।...
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
२५ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति जनाएको उल्लेख गरेका छन् । उनले यसलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि लिइएको हो । उनीहरूले सम्भावित आक्रमण टार्न आग्रह गरेका थिए । ट्रम्पले युद्धविराम सशर्त रहेको स्पष्ट गर्दै इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुनः खोल्नुपर्ने बताएका छन् । तनाव कम गर्न उक्त जलमार्ग खुला हुनु आवश्यक रहेको उनको भनाइ छ । यसले अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी रुपमा राहतको संके...
स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

स्याङ्जाको फेदीखोलामा आज सार्वजनिक बिदा

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
२४ चैत, स्याङ्जा । तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ‘ट्होटे’ को अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिकाले आज एक दिनका लागि सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सरकारी कार्यालय र विद्यालय बन्द रहने गरी बिदा दिने निर्णय गरेको जनाएको छ । ट्होटे पर्व गुरूङ समुदायले हर्षोल्लासका साथ मनाउने विशेष सांस्कृतिक पर्व हो । तमु समुदायको परम्परा र सांस्कृतिक पहिचानको सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीका अनुसार ट्होटे पर्वले समुदायबीचको आपसी सम्बन्ध सुदृढ बनाउने मात्र नभई सांस्कृतिक विविधताको संरक्षणमा पनि टेवा पुर्‍याउने विश्वास गरिएको छ । स्याङ्जा जिल्लाभरका ११ स्थानीय तहमध्ये फेदीखोला गाउँपालिकाले मात्र बिदा दिने निर्णय गरेको हो । अन्य पालिकाहरूमा भने यस दिन नियमित रूपमा कार...
अब डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स नकाटिने

अब डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स नकाटिने

ताजा अपडेट, ब्यानर-२, समाचार
२४ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी) का सेवामा व्यापक सुधारका काम सुरु भएको मन्त्रालयले जानकारी दिएको छ । सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि टेलिकम प्रयोगकर्ताको डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ । सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागु गर्ने प्रक्रिया अघि बढेको छ। उनका अनुसार अब प्रयोगकर्ताले लिएको डेटा प्याक ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्नेछन् । यससँगै ‘पे–एज–यू–गोज विकल्प उपलब्ध हुनेछ।जसले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याक खरिद गर्नेबारे विकल्पसहित छनोटको सुविधा दिनेछ ।...
अनलाइनखबरले ग¥यो ‘५० प्रभावशाली महिला २०८२’को सूची सार्वजनिक

अनलाइनखबरले ग¥यो ‘५० प्रभावशाली महिला २०८२’को सूची सार्वजनिक

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४ चैत,काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक गरेको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिंदै आएको यो सूची यस वर्ष आम निर्वाचन (फागुन २१) को चटारोका कारण केही समय ढिलो गरी सार्वजनिक गरेको हो ।अनलाइनखबरले ‘५० प्रभावशाली महिला’ को यो तेस्रो संस्करण भएको जनाएको छ । सोमबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गरिन् ।उनले अनलाइनखबरले महिलाहरुको सम्मानका लागि गरेको थालेको अभियानप्रति खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सुझाव दिइन् । यस सूचीमा नेपाली राजनीति, समाज, कलासाहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना संघर्षशील र कर्मशील महिलाहर...
अनलाइनखबरले आज ‘५० प्रभावशाली महिला–२०८२’ को सूची सार्वजनिक गर्दै

अनलाइनखबरले आज ‘५० प्रभावशाली महिला–२०८२’ को सूची सार्वजनिक गर्दै

जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२३ चैत, काठमाडौं । अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची आज सोमबार सार्वजनिक गर्दैछ । हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिँदै आएको यो सूची यस वर्ष आम निर्वाचन (फागुन २१) को चटारोका कारण केही समय ढिलो गरी सार्वजनिक गर्न लागिएको हो । अनलाइनखबर ‘५० प्रभावशाली महिला’ को यो तेस्रो संस्करण हो । ललितपुरको द प्लाजामा आयोजना हुने विशेष समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक र उनीहरूलाई अवार्ड प्रदान गर्नेछिन् । यस सूचीमा नेपाली राजनीति, समाज, कलारसाहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् । अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले सार्वजनिक रूपमा नाम उपलब्ध गराउन आह्वान गरेको थियो ।...
प्रतिनिधिसभाको नयाँ नियमावली बनाउने मस्यौदा समिति सभापतिमा गणेश पराजुली

प्रतिनिधिसभाको नयाँ नियमावली बनाउने मस्यौदा समिति सभापतिमा गणेश पराजुली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३ चैत,काठमाडौं ।प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन भएको छ । आज सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव पेश गरेका थिए ।जसलाई सभाले स्वीकृत गर्यो । संसद्मा रहेका सबै दलका सांसदहरू रहेको १५ सदस्यीय समिति गठन भएको हो । समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । १. गणेश पराजुली– सभापति सदस्यहरू : २) ओजस्वी शेरचन ४) खगेन्द्र सुनार ५) खुस्बु ओली ६) गजला समिम मिकरानी ७) तपेश्वर यादव ८) ध्रुवराज राई ९) निशा डाँगी १०) निश्कल राई ११) वलावती शर्मा १२) मधु चौलागाईँ १३) यज्ञमणि न्यौपाने १४) रेखा कुमारी यदाव १५) सुलभ खरेल  ...