समाचार

बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ

बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
मकवानपुर ।बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले पद तथा गोपनीयताको शपथ लिएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री लामाले सपथ लिएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषद्मा नियुक्त मन्त्रीहरुलाई समेत् मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा सपथग्रहण गराएका छन्। प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलका अनुसार नवनियुक्त मन्त्रीहरुमा एमालेका तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी,किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन,प्रेमभक्त महर्जन श्रम,रोजगार तथा यातायात तथा नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्य...
सौर्य एयरको जहाज दुर्घटना : १ जना घाइते,१८ जनाको मृत्यु

सौर्य एयरको जहाज दुर्घटना : १ जना घाइते,१८ जनाको मृत्यु

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा जहाजमा सवार १ जनालाई जिवितै उद्धार गरिएको र बाँकी १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा १८ वटा शव संकलन गरिएको उल्लेख छ । ९ एन–एएमई सीआरजे २०० विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए । विमानका क्याप्टेन मनिष शाक्यलाई घटना स्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको जनाइएको छ ।  ...
इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो जहाज

इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो जहाज

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त सो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा उडेको खुलेको छ । ९ एन–एएमई जहाजमा १९ जना सवार थिए ।उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी रहेको समेत खुलेको छ । जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तर पूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ।  जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनाएको छ  । सो जहाजमा १९ जना सवार भएको भनिए पनि २२ जना सवार भएको समेत सुन्नमा आएको छ ।सावार यात्रुको अवस्था कस्तो छ भन्ने आधिकारिक विवरण र जानकारी आउन बाँकी छ । ...
जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार

जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । हालसम्म १९ जना यात्रुको उद्धार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ भने सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।...
देवीघाट–गल्छी सडक अवरुद्ध

देवीघाट–गल्छी सडक अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
नुवाकोट । अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ । विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए । दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ ।...
नेपालको स्तरोन्नतिका लागि इजिप्टले सघाउने

नेपालको स्तरोन्नतिका लागि इजिप्टले सघाउने

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने बताएकी छिन् । इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा मङ्गलबार साँझ यहाँ आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नत हुन नेपाललाई आफ्नो मुलुकले सघाउने बताइन् । नेपालको आर्थिक–सामाजिक प्रगति एवं राजनीतिक स्थायित्व इजिप्टको चाहना भएको बताउँदै उनले असंलग्न आन्दोलन नाम, जी–७७ संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा इजिप्ट र नेपालबीच साझा चासोका विषयमा सहकार्य हुँदै आएको बताइन् । जलवायु परिवर्तनलगायत आपसी हितका विषयहरूमा पनि इजिप्ट र नेपालबीच साझेदारी रहेको बताउँदै राजदूत एलगेब्लीले नामको संस्थापक सदस्य नेपाल इज...
मनसुनयता बाढीपहिरोमा परी १३३ को मृत्यु

मनसुनयता बाढीपहिरोमा परी १३३ को मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताए । उनका अनुसार काठमाडौँ उपत्यकामा ९, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी एक सय ४५ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ६७ जनाको उ...
काठमाडौँ उपत्यकामा देखियो हैजा

काठमाडौँ उपत्यकामा देखियो हैजा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए । डा. बसौलाका अनुसार उपचारका लागि शुक्रबार अस्पताल आएका ती किशोरको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । तर सोही स्थानबाट सोमबार आएका अर्को युवकमा पनि हैजाको शंका गरिएको उनले जानकारी दिए । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।उक्त पुनर्स्थापना केन्द्रमा हैजा फैलिएको हुनसक्ने आशंका गरिएको छ ।...

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । मनसुनी प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अन...