समाचार

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी,बागमती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी,बागमती,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूवानुमान महाशाखा अनुसार राती देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको एक – दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भ...
गणतन्त्र र समावेशिता सुदृढ हुनेगरी संविधान संशोधन हुन्छ : सभापति देउवा

गणतन्त्र र समावेशिता सुदृढ हुनेगरी संविधान संशोधन हुन्छ : सभापति देउवा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलबिच संवाद र सहमति गरेर अघि बढ्ने कुरामा आफूहरू स्पष्ट रहेको बताए । आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । । सभापति देउवाले संविधान संशोधन गर्दा ‘संविधान संशोधन गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ पनि बताए । उनले देशका विद्यमान जटिलतालाई हटाउनका लागि संविधान संशोधन गर्ने कुरा लोकतान्त्रिक प्रक्रिया भित्रै पर्ने भएकाले यसलाई अन्यथा ठान्न नहुने बताए । सभापति देउवाले भन्नुभयो, ‘‘संविधान संशोधन गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ। संविधान संशोधन गर्दा नेपालमा क्रियाशील...
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
हेटौंडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उनलाई राजीनामा सुझाव दिएको थियो । प्रदेश सभाबाट आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह गरेको र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेको बताउँदै नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।...
नेप्से ६० अंकले बढ्यो, कारोबार १५ अर्ब बढी

नेप्से ६० अंकले बढ्यो, कारोबार १५ अर्ब बढी

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा उछाल आएको छ । नेप्से एकै दिन ६०।२६ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो । आइतबार नेप्से २।४८ प्रतिशतले बढेर २४८४।६८ विन्दुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटेल एण्ठ टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ ।आज वाणिज्य बैंक समूहको शेयर ३।८६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको शेयर ६।८० प्रतिशतले बढेको छ । होटेल एण्ड टुरिजमको शेयर ४।२१ प्रतिशतले बढेको छ । त्यस्तै इन्भेष्मेन्ट समूहको शेयर २।६८ प्रतिशतले, उत्पादन समूहको २।९७ प्रतिशत र अन्य समूहको ३।३८ प्रतिशतले शेयर बढेको छ । आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ । आज नेप्से ६० अंकले बढ्दा १८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।३१५ वटा कम...
सहकारी ठगमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

सहकारी ठगमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही हुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्वता पेस गर्नुअघि सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै ठगबाथि कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका हुन् । उनले भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने बताए ।...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार १३ सय रुपैयाँले घट्दै १ लाख ४६ हजार २ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
संसद् बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिदै

संसद् बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। संसद् बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । ...
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्विप

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्विप

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आइतबार एक सूचना जारी गरी विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
उदयपुरमा भाइरल ज्वरोका बिरामी बढे, जिल्ला अस्पतालमा शय्या अभाव

उदयपुरमा भाइरल ज्वरोका बिरामी बढे, जिल्ला अस्पतालमा शय्या अभाव

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । अस्पताल प्रशासनका अनुसार पचास शय्या क्षमताको अस्पतालमा दैनिक तीन सय जना भाइरल ज्बरोका बिरामी आउने गरेका छन् ।पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले राससलाई बताए । ‘बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ’ उनले भने । त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट, पुरानो गाइघाट, असारी, मोतिगडा, देउरी, बगाहा, जलजले, राजाबास, चुहाडे, लक्ष्मीपुर, पोर्ताह, खैराहा झोडा, बिषणपुर, खैजनपुर, मोथ्याई, र जोगिदह क्षेत्रमा अहिले ब्यापक भाइरलको प्रकोप फैलिदै गएसँगै प्रत्यक घरमा एक, दुईदेखि सम्पूर्ण परिवारहरूसमेत भाइरलबाट प्रभावित भइरहेका छन...
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे सिंहदरवारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सोही बैठकमा कसरी प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुनेछ । रास्वपाले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मन नदिने निर्णय गरिसकेको छ ।...