समाचार

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
बागलुङ । बागलुङको जैमिनीमा बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखिन्। उनले भनिन्, “यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न । ” काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, “पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको उनले बताए ।  यसरी बाँदरले...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५।०० रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.७३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.२६ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको छ ।...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।आज देशभर साधारणतया बदली रही कोशी,मधेश,लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा कोशी,मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,मधेश,लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी, पहिरो...
साउथ एसियन ट्राभल अवार्डस् नेपालमा हुने

साउथ एसियन ट्राभल अवार्डस् नेपालमा हुने

ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।साउथ एशियन ट्राभल अवार्ड्स(साटा) को आठौं स‌ंस्करण नेपालमा हुने भएको छ। आज सोमबार काठमाडौंको प्रदर्शनिमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मेलन गरेर आयोजकले सो अवार्ड प्रतियोगिता बारे जानकारी गराइएका हुन्। आयोजकले यसबाट दक्षिण एसियाली आतिथ्यतामा उत्कृष्ट प्रवर्द्धन र उत्सव मनाउनको लागि एक प्रमुख प्लेटफर्मको रूपमा आफ्नो भूमिकालाई सुदृढ गर्दै उद्योगमा नयाँ आविष्कार र वृद्धिको अर्को वर्षको लागि चरण सेट गर्ने विश्वास लिएको उल्लेख  गरेका छन्। आतिथ्य क्षेत्रमा साउथ एसिया भरी उत्कृष्टता प्रदर्शन गर्दै आइरहेकोमा ‘साटा–२०२४’ नेपालमा गर्नुका मुख्य कारण भने नेपालको प्राकृतिक सुन्दरता,लोभलाग्दो र अनुसरण योग्य सांस्कृतिक परम्परा एवं संस्कार रहेको आयोजकले बताएका छन्।  सो पत्रकार सम्मेलनमा होटल संघका अध्यक्ष विनायक शाहले होटल संघ र पर्यट...
संसदमा गीतबाट सवाल–जवाफ

संसदमा गीतबाट सवाल–जवाफ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ । एमालेले आफ्ना मन्त्रीहरूको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरूलाई सुनाएका थिए । ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा‘१’ सोही प्रसङ्ग उल्लेख गर्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभाको सोमबारको बैठकमा जवाफी गीत सुनाए । बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रील...
दियालो बङ्गला दरबार सर्वसाधारणको लागि खुला

दियालो बङ्गला दरबार सर्वसाधारणको लागि खुला

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) चितवन। चितवनको भरतपुरमा अवस्थित ऐतिहासिक ‘दियालो बंगला दरबार’ सर्वसाधारणको लागि खुला गरिएको छ।आइतबार संस्कृति,पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले रिबन काटेर उक्त दरबार सर्वसाधारणको लागि खुला गरिएको घोषणा गरेका हुन्। उद्घाटनपश्चात मन्त्री तामाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्त्वपूर्ण सहयोग पुर्‍याउने आशा व्यक्त गरे ।चितवन धार्मिक,सांस्कृतिक,ऐतिहासिक दृष्टिकोणले  भरिपूर्ण भएको भन्दै उनले दियालो बंगलामा सर्वसाधारणको पहुँच हुँदा यस ऐतिहासिक दरबारको परिचय चुलिने उनको भनाई छ।  उक्त दरबार नेपाल ट्रस्ट र भरतपुर महानगरसँगको समन्वययमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको  छ।नेपाल ट्रष्टको ९० लाख र भरतपुर महानगरको २० लाखको लागतमा दरबारको मर्मत तथा सरसफाइ र विभिन्न पूर्वाधारहरु तयार गरिएका छन्। मन्त्री तामाङले पूर्व राजाह...
अवरुद्ध बेनी–दरबाङ सडक खुल्यो

अवरुद्ध बेनी–दरबाङ सडक खुल्यो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
म्याग्दी ।पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो।पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरि,मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रूपमा बन्द भएको थियो । बाङ्गे भिर,घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो ।पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा आवतजावत,निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको थियो ।...

नेप्से परिसूचकमा सामान्य अङ्कले गिरावट

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) परिसूचकमा आज सामान्य अङ्कले गिरावट आएको छ । नेप्से परिसूचक चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ को अङ्कमा कायम भएको हो । आज तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता शेयर ५९ हजार नौ सय ७४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ बराबरको कारोबार भएको छ । वित्त समूह शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ९२ र म्युचुअल फण्ड शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।...
आजदेखि केही दिन मनसुन प्रणाली कमजोर हुने

आजदेखि केही दिन मनसुन प्रणाली कमजोर हुने

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । आजदेखि केही दिन मनसुन प्रणाली कमजोर हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए । “आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, आजदेखि उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ”, उनले भनेआजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताए । उनका अनुसार मधेस, बागमती, लुम्बिनी, कर्...