समाचार

राष्ट्रिय सभावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

राष्ट्रिय सभावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं ।‘राष्ट्रिय सभावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन ( आर्थिक वर्ष २०७९/८००’ प्रतिनिधि सभामा पेश गरिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरिएको हो ।  संवैधानिक आयोगको प्रतिवेदन सङ्घीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार सो वार्षिक प्रतिवेदन पनि पेश गरिएको हो ।...
घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता

घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
कञ्चनपुर । कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ ।...
हालसम्म बाढीपहिरोले ७० को मृत्यु, पाँच बेपत्ता

हालसम्म बाढीपहिरोले ७० को मृत्यु, पाँच बेपत्ता

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । भारी वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ । उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...
पहिरोले कान्ति लोकपथ अवरुद्ध

पहिरोले कान्ति लोकपथ अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्ति लोकपथको कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सोमबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।पहिरो खस्दा मानवीय क्षति भने भएको छैन । बाटो खुलाउन डोजर पठाइएको छ ।...
बाढीका कारण कञ्चनपुरमा एक हजार ६२२ जना प्रभावित

बाढीका कारण कञ्चनपुरमा एक हजार ६२२ जना प्रभावित

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
कञ्चनपुर । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् । त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । ...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ४ सयले घटेर तोलाको १ लाख ४५ हजारमा कारोबार भएको छ ।यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
बागमती सरकारबाट बाहिरियो एमाले

बागमती सरकारबाट बाहिरियो एमाले

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
हेटौँडा । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा(२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालका अनुसार आइतबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको छ ।...
किसानलाई हल गोरु वितरण

किसानलाई हल गोरु वितरण

कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए। किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए। किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उनको भनाइ छ । “हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरू समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरूलाई केही राहत पुग्नेछ ।”...
बाघको आक्रमणबाट तीन महिला घाइते

बाघको आक्रमणबाट तीन महिला घाइते

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए । सोमबार विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो । केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।...
अर्जुन सापकोटा र लक्ष्मी शर्माको ‘बाँसको चोयाले’ गीत सार्वजनिक

अर्जुन सापकोटा र लक्ष्मी शर्माको ‘बाँसको चोयाले’ गीत सार्वजनिक

कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
मनिषा गुरुङ काठमाडौं।कलाकार अर्जुन सापकोटा र लक्ष्मी शर्माको स्वरमा ‘बासको चोयाले’ बोलको गीत बजारमा आएको छ। मन्जित पहाडीको युटुब च्यानलबाट बजारमा ल्याइएको यस गीतमा मायाप्रेमले मान्छेलाई छिनमै हास्ने र छिनमै रुनेसम्म बनाउँछ भन्ने भावलाई दर्साउन खोजिएको छ।‘बाँसको चोयाले,छिन मै हाँस्नी,छिन मै रुनी बनायो तिम्रो मायाले’जस्ता प्रेमी प्रेमीकाका वीचको सम्वाद वा मनोभावलाई उजागर गरिएको सो गितमा वासुदेव पोखरेल र रोहित सुनारको शब्द तथा मन्जित पहाडीको संगीत रहेको छ । मायाप्रेमको भाव उजागर गरिएको यस गीतलाई मालश्री स्टुडियोमा रेकर्ड गरिएको छ। गीतमा गोबिन्द पराजुली र सागर बाजुरालीको रेकर्ड र खडक बाजुरालीको मिक्सिङ रहेको जनाइएको छ। तिलक शाहीको निर्देशन रहेको उक्त गीतको भिडियोलाई रोसन भट्टको टिमले छयाँकन गरेका छन् ।भने,सुजन कोइरालाले भिडियोको कलर सम्पादन गरेको सोम्युजिक भिडियोमा कलाकार जुना का...