समाचार

देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र नभई खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताएका छन् । भरतपुर महानगरले आज चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पारे । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिँचाइ, बीउ एवं मल सहज रूपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए ।...

आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । आज राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही(चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीचिउरा खान्छन् । यसबेला दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । विक्रम सम्वत् २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।...
आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा बाँकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र कर्णाली प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै द...

स्वास्थ्य मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप यादवले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा। विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए । औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि स्थलगत अध्ययन गरिने उनको भनाइ छ ।...
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ ।बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो । समितिले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको मिति २०८१र०३र१४ को निर्णय अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षको निमित्त नाम सिफारिस गर्नको लागि मिति २०८०र११र१६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको व्यहोरा सम्वद्ध सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।...

रोटरी क्लब अफ कुपण्डोलको २४ औँ स्थापना दिवस : बोर्ड सदस्यहरुलाई सम्मान,शिर मेमोरियल अस्पताललाई ‘सिटी स्क्यान मेशिन उपलब्ध गराउने

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल (अर्चना) ललितपुर ।रोटरी क्लब अफ कुपण्डोलले २४ औँ स्थापना दिवस मनाएको छ । बिहिबार क्लबले रोटी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा ललितपुर स्थित सांग्रिला ब्लु होटलको  सभाहलमा एक समारोहको आयोजना गरि आफ्नो २४ औँ स्थापना दिवस मनाएको हो । क्लबक अध्यक्ष नबराज बरालले स्थापना दिवसका दिन क्लबका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको जानकारी दिए ।सो स्थापना दिवसको अवसरम अध्यक्ष बरालले रोटा वर्ष २०२३ ÷२४ मा क्लबलाई गतिशिल बनाउनका लागि प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै बोर्ड सदस्यहरुलाई प्रशंसापत्रले सम्मान गरेका थिए।   साथै कार्यक्रममा रोटा वर्ष २०२४ ÷२५ को नयाँ कार्यसमितिमा अध्यक्ष लोचन जोशी सहितको नयाँसमितिले पदस्थापन समेत गरिएको थियो । औपचारिक रुपमा पदस्थापन गर्दै नवनिर्वाचित अध्यक्ष जोशीले निजी स्वा...

जलस्रोत विधेयक प्रतिनिधि सभामा प्रस्तुत

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । जलस्रोत सम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । शुक्रबार बसेको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी हुन् ।
पहिरोले कर्णाली करिडोर अवरुद्ध

पहिरोले कर्णाली करिडोर अवरुद्ध

ताजा अपडेट, बिशेष, समाचार
सुर्खेत । विभिन्न ठाउँमा पहिरो खस्दा कर्णाली करिडोरका सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्ड अन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो । पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले जानकारी दिए । उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिए ।...

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए । “हजारौँ सहिद, बेपत्ता योद्धा र लाखौँ क्रान्तिकारी योद्धाको त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ, यी उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ”, प्रधानमन्त्री दाहालले भने । जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै उनले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको जनयुद्धको दौरानमा समेत उनको ...

रामेछापमा भएको बस दुर्घटनामा आठ जना घाइते, तीनको अवस्था गम्भीर

ताजा अपडेट, बिशेष, समाचार
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् । सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना भएको र घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए । दुर्घटनामा घाइते भएकालाई खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली अस्पतालमा उपचार भइरहेको र गम्भीर भएकालाई काठमाडौँ पठाइएको छ । बसमा २५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।...