काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ ।
भेटवार्तामा क्रममा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
असार १४, २०८१, ११:४९ मा प्रकाशितअसार १४, २०८१, ११:४९ मा प्रकाशितअसार १४, २०८१, ११:४९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो।
अब घरजग्गा किनबेच गर्दा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ। घरजग्गा किनबेचसँगै सरकारले बैकिङ कारोबार, टेलिफोन, सिमकार्ड लगायतका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएको छ।
सरकारले आँउदो माघ महिनादेखि घर जग्गा किनबेच, सामाजिक सुरक्षा कोष, बैकिङ तथा वित्तीय र टेलिफोन तथा सिमकार्ड लिँदा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
...
असार १४, २०८१, ११:४० मा प्रकाशितअसार १४, २०८१, ११:४० मा प्रकाशितअसार १४, २०८१, ११:४० मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको हो ।
शुक्रबार तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार सय एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।...
असार १४, २०८१, ११:२७ मा प्रकाशितअसार १४, २०८१, ११:२७ मा प्रकाशितअसार १४, २०८१, ११:२७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालनमा आएको छ ।
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको हो ।
धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको हो ।...
असार १४, २०८१, ११:१५ मा प्रकाशितअसार १४, २०८१, ११:१५ मा प्रकाशितअसार १४, २०८१, ११:१५ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
सीता पौडेल(अर्चना)
काठमाडौं ।“घुमौ नागार्जुन चिनौ नागार्जुन” भन्ने नाराका साथ नागार्जुन नगरपालिका वडा नं ७ मा भोलि असार १५ गते शनिबार विभिन्न सांस्कृतिक कार्यक्रम सहित पदयात्रा हुने भएको छ ।
नागार्जुन नगरभित्रका पर्यटकीय स्थलहरुलाई विश्वभर चिनाउने र पर्यापर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले सो पदयात्रा आयोजना गरिएको वडा नं ७ का वडा अध्यक्ष शैलेन्द्र लामाले बताए ।अध्यक्ष लामाका अनुसार नगरपालिकाले तय गरेको ‘समृद्ध नागार्जुनको आधार,पर्यटन सहितको पूर्वाधार र आवसीय नगर’ भन्ने नारालाई सार्थक तुल्याउन पनि सो पदयात्रा गर्न लागिएको हो।
यस पदयात्राले नागार्जुन नगरभित्रका पर्यटकीय गन्तव्य तथा संभावनाहरुको थप खोजि गरि प्रचार प्रसारमा टेवा प¥याउने आशा लिइएको उनको भनाई छ ।
पुरातात्विक सम्पदा,बस्ती,धार्मिक,ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरुको पहिचान गरि संरक्षण तथा सम्बद्र्धन गर्ने नगरपालिकाक...
असार १४, २०८१, १०:३४ मा प्रकाशितअसार १४, २०८१, १०:३४ मा प्रकाशितअसार १४, २०८१, १०:३४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । काठमाडौंको सीतापाइला स्थित सिभिल होम नजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा कार चालक नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ।
दर्नाल आफैँले चलाएको बा प्र ०२७ च ०४९१ नम्बरको कार गए राति कल्भर्टबाट खसेर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दर्नाललाई उपचारका लागि प्रहरीले मनमोहन मेमोरियल अस्पताल पुर्याएको थियो।
उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ...
असार १४, २०८१, १०:२८ मा प्रकाशितअसार १४, २०८१, १०:२८ मा प्रकाशितअसार १४, २०८१, १०:२८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
सीता पौडेल(अर्चना)
काठमाडौं।काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ ले करिब ३२ सय राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।
वडाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँगको समन्वय र सहकार्यमा केहि समय अघि वडाका विभन्न ठाउँबाट संकलन गरिएका आवेदन रुजु फारम÷भरपाईका आधारमा गत जेठ २३ गतेदेखि सो परिचय पत्र वितरण कार्य शुरु गरेको वडा नम्बर १६ का कार्यवाहक वडा अध्यक्ष पुष्प महर्जनले जानकारी दिएका छन्।
कार्यबाहक अध्यक्ष महर्जनका अनुसार वितण कार्य व्यवस्थित बनाउँन र सबै वडावासीको सहजताको लागि वडाको मध्यभागमा रहेको नयाँबजार खुशीबु टाउन प्लानिङ स्थित ‘जुडो÷मार्सल आर्ट हल’ बाट सो वितरण कार्य गरिएको छ।वितरणका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका प्रतिनिधि र वडाले समेत केही सहयोगी खटाएको छ ।
वितरक तथा कार्यालय सहयोगी कल्पना श्रेष्ठका अनुसार ६ हजार ५ सय जनाको परिचयपत्र संकलन गरिएकोमा असार १३ ...
असार १४, २०८१, ०९:२३ मा प्रकाशितअसार १४, २०८१, ०९:२३ मा प्रकाशितअसार १४, २०८१, ०९:२३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
मनिषा गुरुङ
काठमाडौं ।विगतमा जे–जे दुख ,कष्ट,नोक्सान आदि बेहोरिए पनि त्यस विषयलाई लिएर अहिले व्यर्थमा तड्पिनु,कल्पिनु र दुःख मनाउ गर्नु बेकार छ।किनभने त्यसबाट कुनै फाइदा छैन। हानी हुँदा दुःख र निराशा त हरेक व्यक्तिले प्रकट गर्न सक्छन्।
रुन,कराउन र कायरता देखाउन त सबैलाई आउँछ।पौरख देखाउने हो भने, हानिबाट पनि लाभ उठाउन सक्नुपर्छ।दिक्दार मनलाई प्रफुल्लित तुल्याउन सक्नुपर्छ। त्यस्तै बिग्रेको कुरालाई मिलाउन सक्नुपर्छ अनि फाटेको मनलाई सिलाउन सक्नुपर्छ।भने,दिक्दार मललाई प्रफुल्लित तुल्याउन सक्नुपर्छ ।कुनै पनि बिग्रेको कुरा बनाउन र सपार्न बुद्धिमताको आवश्यकता पर्दछ।हानीमा रुनेहरु,आलस्य ,कायरता,मूर्खताको कारण हो।त्यसो भए किन मूर्ख बन्ने ? किन आफ्नो मनमा उब्जने चिन्ताका कारणहरुलाई हटाएर त्यसलाई आशा र उत्साहसँगै प्रेरणामा परिणत नगर्ने त?
सुन्दास र मिल्टन अन्धा थिए तर उनिहरुले आफ्नो अन्धोपनक...
असार १४, २०८१, ०७:१२ मा प्रकाशितअसार १४, २०८१, ०७:१२ मा प्रकाशितअसार १४, २०८१, ०७:१२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफलका लागि पेस गर्नेछन् ।...
असार १४, २०८१, ०७:०७ मा प्रकाशितअसार १४, २०८१, ०७:०७ मा प्रकाशितअसार १४, २०८१, ०७:०७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२२ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.२९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६७ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०७ रुपैयाँ रहेको छ ।...