समाचार

दोस्रो पटक विश्व विजेता बन्यो भारत

खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
ब्रिजटाउन । रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो ।भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो ।

आजदेखि एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ । असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए। ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।...

आजको विदेशी मुद्राको विनिमयदर

अर्थतन्त्र, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।१२ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.१० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६० रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०० रुपैयाँ रहेको छ ।...

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर साधारणतया देखि पूर्णतया बदली रही केही प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राति देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र देशका बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशक...
मदन भण्डारी जयन्तीमा ‘म्हेपीमा’ वृक्षारोपण,यसरी सम्झिए मदन भण्डारीलाई

मदन भण्डारी जयन्तीमा ‘म्हेपीमा’ वृक्षारोपण,यसरी सम्झिए मदन भण्डारीलाई

ताजा अपडेट, राजनीति, वातावरण, समाचार
काठमाडौं ।नेकपा एमाले काठमाडौं महानगर कमिटीले तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७३ औँ जन्मजयन्ती वृक्षारोपण गरी मनाएको छ। मदन जयन्तीका अवसरमा महानगर कमिटीले ‘म्हेपी आजिमा मन्दिर’परिसरमा शुक्रबार विभिन्न नेताहरूको सहभागितामा कार्यक्रम गरेको हो ।काठमाडौं महानगरपालिका वडा १६ नम्बर वडाले व्यवस्थापन गरेको कार्यक्रममा एमालेका नेताहरूले विरुवा रोपे ।साथै नेताहरूले मदन भण्डारीको योगदानलाई स्मरण गरे । कार्यक्रममा नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सांसद रघुजी पन्तले विश्वभरि कम्युनिस्ट आन्दोलन कस्तो हुने भन्ने चर्चा भइरहेको बेला भण्डारीले सिर्जनात्मक ढङ्गले नेपालको कम्युनिस्ट आन्दोलन उचाइमा पुर्‍याएको स्मरण गरे ।‘‘मदन भण्डारीले समकालीन राजनीतिमा मार्क्सवाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढङ्गबाट बुझेर त्यस अनुरूप लागू गर्नुभएको थियो । जनताको बहुदलीय जनबाद ९...

एमाले नागार्जुन नगर कमिटिका नवनिर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुले लिए शपथ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) नागार्जुन नगर कमिटीका नवनिर्वाचित अध्यक्ष बाहेकका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।सँगसँगै लेखा समितिका नवनिर्वाचित अन्य पदाधिकारीले पनि आजै शपथ ग्रहण गरेका छन्।    शनिबार नागार्जुन नगरपालिकाको वडा नम्बर–३ स्थित इचंगुनारायण मन्दिरको सभाहलमा एक समारोहकाबीच नवनिर्वाचित अध्यक्ष नन्दनहरि गौतमले नगर कमिटिका अन्य पदाधिकारी तथा सदस्य गरि ७४ पदका लागि गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।सो समारोहमा लेखा समितिमा निर्वाचित अन्य थप ४ जना सदस्यहरुलाई पनि  नवनिर्वाचित अध्यक्ष श्रीकृष्ण खनालले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।एमाले नागार्जुनले ७५ सदस्यीय नगर कमिटि र ५ सदस्यीय लेखा कमिटि बनाएको हो ।  यहि असार ८ र ९ गते सम्पन्न एमाले नागार्जुन नगर कमिटिको दोस्रो ...

‘राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्छ’ : उपाध्यक्ष पोखरेले

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन् । बालचन्द्र स्मृतिसभा परिवार जनविचार पब्लिकेसनद्वारा शुक्रबार आयोजित प्रा घटराज भट्टराईद्वारा लिखित पुस्तक ‘बालचन्द्र शर्मा व्यक्तित्व र सम्भावना’ परिमार्जित संस्करण लोकार्पण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले देश निर्माण, अखण्डता र राष्ट्रिय स्वाभिमानका लागि निर्णायक शक्ति बन्नुपर्ने बताए ।...

पहिरोले घर पुरिंदा श्रीमान्(श्रीमती बेपत्ता

ताजा अपडेट, बिशेष, समाचार
बागलुङ । बागलुङमा पहिरोले घर पुरिंदा श्रीमान् श्रीमती बेपत्ता भएको छ । बागलुङको गलकोट नगरपालिका(८ काँडेबासको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।...

पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

ताजा अपडेट, बिशेष, समाचार
गलकोट । पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको गए राति आएको अविरल वर्षासँगै खसेको पहिरोले दुई वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् । कालीगण्डकी करिडोरअन्तर्गतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठे खोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडी खोलामा पहिरोले सडक पूर्ण रूपले अवरुद्ध भएको छ ।...
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ताजा अपडेट, बिशेष, समाचार
डोटी । डोटीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्‍याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । सायल (४ डौडमा आज भएको सो दुर्घटनामा कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...