समाचार

पूर्वाधार बजेटको आकार बढे पनि खर्च गर्ने आधार कमजोर  : विज्ञ

पूर्वाधार बजेटको आकार बढे पनि खर्च गर्ने आधार कमजोर : विज्ञ

ताजा अपडेट, समाचार
काठमाडौं । सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च गर्न सक्ने गरी नआएको बताएका छन् । ‘बजेट पूर्वाधार क्षेत्र र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्तक्रियामा पूर्वाधार क्षेत्रका विज्ञहरुले अनुशासनमा नबसी बजेट विनियोजन गरेको बताएका हुन् । छलफलमा, नेपाल सरकार पूर्वसचिव किशोर थापाले गत वर्षको तुलनामा बजेटको आकार बढाए पनि निर्माण व्यवसायीले काम गरेको खर्च पाउँछन् की पाउँदैनन् भन्ने मुख्य विषय रहेको बताए । ‘बजेटको अंकभन्दा आयोजनाको संख्या बढाइएको छ । मन्त्रालयको खर्च गर्ने क्षमता नै कमजोर रहेकाले अहिले अवस्था दोहोरिने देखिन्छ,’ ‘बजेटको अंकभन्दा आयोजनाको संख्या बढाइएको छ,’ उनले भने्, ‘मन्त्रालयको खर्च गर्ने क्षमता नै कमजोर रहेकाले अहिलेकै अवस्था दोहोरिने देखिन्छ ।’ नेपाल सरकारका पूर्वसचिव अर्जुनजंग थापाले आयोजना घोषणादेखी बजेट छुट्टाउने होस् वा कार्यन्वयन गर्ने बेलासम्मै राजनीतिक ...
लुम्बिनी प्रदेशको १२ औं मन्त्रीमा कृष्णा

लुम्बिनी प्रदेशको १२ औं मन्त्रीमा कृष्णा

राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशको मन्त्रीका रुपमा कृष्णा केशीले शपथ लिएकी छन् । १२ औं मन्त्रीका रुपमा उनले शपथ लिएसँगै लुम्बिनी सरकारले पूर्णता पाएको छ । यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्‍याएको थियो । मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । महराले सोमबार नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं १ को १ बाट निर्वाचित कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा नियुक्त गरेका हुन् । उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गरे पनि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय आफैंसँग राखेका थिए ।...
गोदावरीका मेयर महर्जनसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

गोदावरीका मेयर महर्जनसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

कानुन, ताजा अपडेट, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए। उनीहरूविरूद्ध भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका हुन्। गोदावरीको ढुं‌गा–गिट्टी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको उनीहरूमाथि आरोप छ।  ...
एमाले मकवानपुरको अध्यक्षमा पोखरेल विजयी

एमाले मकवानपुरको अध्यक्षमा पोखरेल विजयी

राजनीति, समाचार
हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन् । पोखरेल ३१३ मतसहित अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवारहरु इन्द्रमान स्याङ्तानले २६२ मत र लाल बहादुर थापाले १६६ मत प्राप्त गरे । एमाले छाडेर समाजवादी जिल्ला अध्यक्ष भएका पोखरेल गत स्थानीय तहको निर्वाचनमा एमाले फर्किएका हुन् । उपाध्यक्षमा हिदम लामा विजयी भए । लामाले ४७६ मत प्राप्त गर्दा प्रत्यासी सुनिल मोक्तानले १९७ मत प्राप्त गरे । लामा भिमफेदी गाउँपालिकाका अध्यक्ष समेत हुन् । जिल्ला सचिवमा सीता विष्ट विजयी भइन् । विष्टले २९७ मत प्राप्त गर्दा मदन दाहालले २५५ मत प्राप्त गरे । उपसचिव खुल्लामा फुर्वादोर्जे लामा विजयी भए । लामाले २४१ मत प्राप्त गर्दा दिपक खड्काले १६७ मत प्राप्त गरे । यस्तै, उपसचिव महिलामा आरती पाठक विजयी भइन् । पाठकले २४१मत प्राप्त गरिन् । पार्वती रानाले १७२ मत ल्याइन् । अब आज...

नेप्सेमा ३.९७ अंकको गिरावट, लघुवित्त समूहमा उच्च वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.९७ अंकको गिरावट आएको छ । आज नेप्से ०.१९ प्रतिशतले घटेर २०७९.०७ विन्दुमा आएर रोकिएको छ । आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार चार अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रूपैयाँको कारोबार भएकोमा सोमबार चार अर्ब ४० लाख ७० हजार २४३ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ कमी आएको हो। यस दिन ३१६ वटा धितोपत्रको ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच भएको हो। सोमबार ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६७० रूपैयाँ कायम भएको छ।...
साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने

साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने

खेलकुद, समाचार
काठमाडौं ।साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) प्रतियोगिता समितिको सोमबार बसेको बैठकले प्रतियोगिता आयोजनाका लागि नेपाललाई स्वीकृत दिएको हो। प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफले जनाएको छ।प्रतियोगितामा साफका सात वटै सदस्य संघको सहभागिता रहनेछ।...
पासपोर्टको आयातमा गिरावट

पासपोर्टको आयातमा गिरावट

समाचार
काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० को तुलनामा चालु आर्थिक वर्षको १० महिनामा पासपोटको आयातमा गिरावट आएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष १० महिनाको तुलनामा यस वर्षको १० महिनाको तुलनामा पासपोर्ट आयातमा झण्डै पाँच करोड रुपैंयाँ बराबरको गिरावट आएको हो । गत आर्थिक वर्षको १० महिनाको अवधिमा एक अर्ब ७९ करोड ८८ लाख रुपैयाँको पासपोर्ट भित्रिएको थियो । जुन चालू वर्षको १० महिनाको अवधिमा १एक अर्ब ७४ करोड रुपैयाँमा सीमित बनेको हो । विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा डेढ अर्ब रुपैयाँभन्दा बढीको पासपोर्ट आयात भएको थियो । यस अवधिमा विदेशबाट ५६ हजार वटा पासपोर्ट आयात भएको छ । गत वर्षको सोही अवधिमा ६२ हजार ८४५ वटा पासपोर्ट आयात भएको तथ्याङ्कमा छ । नेपालमा आउने सबै पासपोर्ट फ्रान्सबाट आयात भएको छ ।...

एमाले पोखराको अध्यक्षमा जीवन आचार्य

ताजा अपडेट, राजनीति, समाचार
पोखरा । नेकपा एमाले पोखरा महानगरपालिकाको अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी दीपक पौडेललाई ६७ मतान्तरले पराजित गर्दै आचार्य विजयी भएका हुन् । आचार्यले २ सय ७७ मत पाउँदा पौडेलले २ सय १० मत पाए । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको थियो । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।...

आपराधिक विश्वासघातको कसुरमा निर्देशक थापा पक्राउ

कानुन, मनोरन्जन, समाचार
काठमाडौं । आपराधिक विश्वासघातको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । एक प्रहरी उच्च अधिकारीका अनुसार उनलाई काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको हो । उनीविरुद्ध निर्माता सुदर्शन बस्नेतले उजुरी दिएका थिए । आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।...

ओडिसामा गर्मीः ७२ घण्टामा ९९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । भारतको ओडिशा राज्यमा अत्यधिक गर्मीका कारण ७२ घन्टामा ९९ जनाले ज्यान गुमाएका छन् । ओडिशाको विशेष राहत आयोगका अनुसार ओडिशामा अधिकांश मानिसको मृत्यु ‘लु’का कारण भएको छ । पछिल्लो केही दिनदेखि ओडिसाको तापक्रा ४२ डिग्रीभन्दा माथि तापक्रम मापन गरिएको छ। भारतको बिहारमा पनि लुका कारण गत साता मात्रै २० जनाको भएको थियो। ओडिशामा हालसम्म गर्मीका कारण १४१ जनाको मृत्यु भइसकेको पनि आयोगले जनाएको छ। यसवर्ष भारतमा अत्यधिक तापक्रम मापन गरिएको छ। भारतको बिहार, झारखण्ड, दिल्ली, ओडिशा, उत्तर प्रदेश र राजस्थान लगायतका स्थानमा ४० देखि ४८ डिग्री तापक्रम मापन गरिएको हो। मौसम विभागले भने आगामी केही दिनपछि वर्षाको सम्भावना रहेकाले गर्मीबाट राहत हुने बताएको छ। तर, गर्मीको चपेटाबाट जोगिन भने विभागले आग्रह गरेको छ।...