समाचार

‘श्रमाधान रोजगार मेला’ आजदेखि

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । ‘श्रमाधान रोजगार मेला’ आजदेखि सुरु हुँदैछ । कोशी प्रदेशको विराटनगर स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आज र भोलि हुने मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, विराटनगर महानगरपालि प्रमुखलगायतका व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ । आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को आयोजकका रुपमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि रहेको छ । श्रममन्त्री अर्यालका अनुसार नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामि...

गण्डकीका अस्पतालमा गर्भवती र सुत्केरी आवास स्थापना गरिने

समाचार, स्वास्थ्य
काठमाडौं । गण्डकी प्रदेशका अस्पतालमा गर्भवती र सुत्केरीका लागि आवास निर्माण गरिने भएको छ । नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रराज पाण्डेले बुधबार पदभार ग्रहण गरेसँगै प्रदेशका १२ वटा अस्पतालमा आवास निर्माण गर्ने घोषणा गरेका हुन् । निर्णयमा भनिएको छ, ‘प्रदेश सरकार मातहतका १२ वटा अस्पतालहरूमा गर्भवती तथा सुत्केरी महिलाका लागि आवास स्थापना तथा सञ्चालन गरिने छ,’ यस्तै उनले स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि २०८१ तर्जुमा गर्ने निर्णय पनि गरेका छन् ।...
धरौटीमा छुटे सिरोहिया

धरौटीमा छुटे सिरोहिया

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । अवैध नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुुपका अध्यक्ष धरौटीमा रिहा भएका छन् । जेठ ९ गते पक्राउ परेका उनी बुधबार हाजिरी जमानतमा रिहा भएका हुन् । प्रहरीले बोलाएको समयमा सरकारी वकिल कार्यालयको सिफारिसमा उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । एयर लिफ्टमार्फत काठमाडौं ल्याइएका उनको जमानत छोरा सम्भव सिरोहियाले बुझेका थिए । फौजदारी कार्यविधि संहिताको दफा १५ उपदफा (१) अनुसार परिवारको सदस्यको जमानतमा आरोपीलाई हिरासतमुक्त गर्न मिल्ने व्यवस्था अनुरुप उनलाई रिहा गरिएको बुझिएको छ । सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । स्वास्थ्य समस्याको कारण सिरोहिया ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।...

महिलाहरु सुखी भए मात्रै देश समृद्ध बन्छ : पूर्वप्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिलाहरु सामाजिक,आर्थिक,राजनीतिक रुपमा सबल बन्न सकेमात्रै देशले लिएको ‘सुखी नेपाली,समृद्ध नेपालको राष्ट्रिय आकाँक्षा पुरा हुने बताएका छन्। नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको दुई दिने राष्ट्रिय महिला भेलाको बुधवारको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  हरेक दृष्टिकोणबाट महिला सशक्त बन्न सके मात्रै देश सशक्त र समृद्ध बन्ने भन्दै महिलाहरु क्षणिक खुशीको लागि नभएर दीर्घकालिन खुशीको लागि छुद्र विषयमा नअल्झिएर आत्मनिर्भर बन्नु पर्ने आवश्यक्ता औंल्याएका हुन् । छैंटौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित सो भेलामा अध्यक्ष ओलीले महिला अधिकारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि अझै पनि सन्तुष्ट हुने अवस्था नरहेको भन्दै सबै नेपालीको हक,अधिकार सुरक्षित भएम...

देउवाले बोलाए मधेशवादी दलको बैठक

राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशवादी दलको छलफलका लागि बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा मधेस प्रदेश सरकार लगायतका विषयमा छलफल गर्न देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्था ठाकुरलाई बोलाएका हुन् । देउवाको सचिवालयका अनुसार उनले साँझ ५ बजे उनीहरुलाई छलफलका लागि बोलाएका हुन् । मधेस प्रदेशमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धन बाहेकको सरकार बन्ने देखिन्छ । मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डे पुनः नियुक्त

ब्यानर-२, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको तर्फबाट सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए। ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसको तर्फबाट २७ जना सदस्य छन्।...

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । पर्यटकको संख्या बढ्दै गएपछि अब पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पहिले शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्दै आइएको उनले बताए । उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्‍दै गएको छ। पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरेको छ।’...

नक्कली नोटसहित चार जना पक्राउ

ताजा अपडेट, समाचार
बारा । बारामा नक्कली नोटसहित चार जना पक्राउ परेका छन्। १३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेमा तीन जना नेपाली र एक जना भारतीय नागरिक छन् । नक्कली नोटको कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। सिम्रौनगढ नगरपालिका वडा नं.९ कचोर्वा, सानो बसवरीया र ठूलो बसवरीयाबाट चार जनालाई पक्राउ गरेको हो। कोल्हवी नगरका २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी र रौतहटका १९ वर्षीय मोहनकुमार साहलाई सोमबार पक्राउ गरेको थियो। उनीहरूबाट भारतीय नम्बर प्लेट बिआर ०६ए डब्लयु २७५८ नम्बरको मोटरसाइकलसहित ७ लाख ७ हजार बराबरको नक्कली नोट फेला परेको थियो। पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान गरी प्रहरीले भारतको विहार मोतिहारीका ४० वर्षीय...

पाकिस्तानमा बस दुर्घटना : २८ जनाको मृत्युु

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । पाकिस्तानमा भएको बस दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तान क्वेटातर्फ तीब्र गतिमा गुडिरहेको बसमा बुधवार दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा महिला र बालबालिकासहित कम्तीमा २८ जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएका छन् । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ । बस बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट करिब ७०० किलोमिटर टाढा रहेको वासुक सहर नजिकै भिरमा खसेको हो ।...

नेप्सेमा २३.८१ अंकको गिरावट

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषणपछिको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा रोकिएको हो । बुधबार चार अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ । आज युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अपर लाहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । युनिलिभरको सेयर मूल्य एकै दिन तीन हजार ९३५ रुपैयाँ बढेको छ भने कालिन्चोक दर्शनको सेयर मूल्य प्रतिकित्ता ११२ रुपैयाँले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स, होटेल तथा पर...