समाचार

भारतबाट बिजुलीको आयातमा वृद्धि

अर्थतन्त्र, समाचार
काठमाडौं । हिउँद लागेसँगै नेपालमा भारतबाट बिजुली आयात बढेको देखिएको छ । जलविद्युत उत्पादनका लागि पानीको मात्रा घटेसँगै नेपालमा बिजुलीको आयात बढेको हो । नेपालको आन्तरिक माग धान्नुपर्ने बाध्यतासँगै भारतसँग निर्यात मूल्यभन्दा बढी मूल्यमा बिजुली आयात गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको बिजुली भारतबाट आयात गर्नुपरेको छ । सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाब घट्दा नेपालभित्रको आन्तरिक उत्पादन घट्छ । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ । चालु आर्थिक वर्ष २०८०–८१ साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । प्राधिकरणले चालु आव निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरिएको जनाएको छ ।...

चालु आर्थिक वर्षमा पर्साबाट सबैभन्दा बढी बालबालिका बेपत्ता

बिशेष, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०७९–०८० मा पर्साबाट सबैभन्दा बढी बालबालिका हराएको पाइएको छ । सो अवधिमा जम्मा १६३ जना बालबालिकाहरु हराएको पाइएको प्रहरीको तथ्यांकमा उल्लेख छ । बालबालिकाहरु हराएको उजुरी परेपनि प्रायः बालबालिकाहरु फेला नपर्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । चालु वर्षको तथ्यांक अनुसार सबैभन्दा बढी बालबालिकाहरु तराईका जिल्लाबाट हराउने गरेको पाइएको छ । बाराबाट १४०, रौतहटबाट ९९, सर्लाहीबाट १६३ जना बालबालिका बेपत्ता भएको प्रहरी तथ्याङ्क छ । यसै गरी महोत्तरीबाट ९२, धनुषाबाट १७०, सिराहाबाट १६८ र सप्तरीबाट ८९ जना बालबालिकाहरू हराएको मधेस प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले जानकारी दिए । उनका अनुसार हराउनेहरूमा बालिकाको सङ्ख्या धेरै देखिएको छ, जुन गम्भीर चिन्ताको विषय हो । बालिकाहरू बढी हराउनु राम्रो सङ्केत नभएको उनी बताउँछन् । प्रदेशभरिबाट हराउने कूल बालबालिकाहरूमध्ये...

महानगरद्वारा टिचिङभित्र सञ्चालित मापदण्ड विपरीतका औषधि पसल बन्द

अर्थतन्त्र, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले टिचिङ अस्पतालभित्र सञ्चालित मापदण्ड विपरीतका औषधि पसल बन्द गरेको छ । टिचिङ अस्पतालभित्रको औषधि पसलमा म्याद नाघेको औषधि पसल सञ्चालन गरेको भन्ने गुनासो परेपछि महानगरले बुधबार त्यसको अनुगमन गरेको थियो । एक बिरामी बच्चालाई म्याद नाघेको औषधि बेचेको, फार्मेसी सञ्चालन गर्नुपर्ने न्यूनतम मापदण्ड पालना पनि नगरेको पाइएपछि टिचिङको कम्पाउन्डमा रहेको पानोर्मा र पञ्जजन्य गरी २ वटा फार्मेसीमा ताला लगाइएको महानगरकी निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले बताइन् । महर्जनका अनुसार फार्मेसीमा रहेको भ्याक्सिनलाई राख्नुपर्ने तापक्रमको मापदण्डमा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधी बेचिएको समेत पाइएको छ । महर्जनका अनुसार ताला लगाएका फार्मेसीहरुलाई महानगरले कानुन बमोजिम कारबाही र जरिवाना गरेर मात्रै टिचिङको कम्पाउन्ड बाहिर चलाउन दिनेछ ।...

सरकारले रोजगार बैंकको अवधारणालाई कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री प्रचण्ड

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सरकारले रोजगार बैंकको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज विराटनगरमा जारी श्रमाधान रोजगार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका हुन् । उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गरिने बताए। ‘वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदैछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा ...

मलेसियामा नयाँ डाटा सेन्टर बनाउँदै गुगल

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगलले मलेसियामा नयाँ डाटा सेन्टर बनाउने भएको छ । गुगलले २ अर्ब डलर लगानीमा आफ्नो पहिलो डेटा सेन्टर र क्लाउड रिजन बनाउन लागेको हो । एआई र क्लाउड सेवाको माग बढिरहँदा कम्पनीले बिहीबार सो लगानीको घोषणा गरेको छ । सो लगानी मलेसिया सरकारसँगको सहकार्यमा गर्न लागिएको बताइएको छ । यो मलेसियामा कम्पनीले गर्न लागेको सबैभन्दा ठूलो लगानी हुनेछ । सो डेटा सेन्टरले गुगलको सर्च, म्याप्स र वर्कस्पेस जस्ता डिजिटल सेवालाई चलाउने बताइएको छ । कम्पनीले त्यहाँ विद्यार्थी र शिक्षकका लागि दुई वटा एआई साक्षर कार्यक्रम पनि सुरु गरेको छ । गुगलको सो लगानीले मलेसियामा साढे २६ हजार रोजगारी सृजना गर्ने र त्यहाँको जीडीपीमा सन् २०३० देखि ३ अर्ब २० करोड डलरको योगदान दिने आशा गरिएको छ । मलेसियामा गुगल १३ वर्ष अघि छिरेको थियो । यही महिनाको सुरुमा अमेरिकी बहुराष्ट्रिय सफ...
राष्ट्र बैंकले ५० अर्ब तरलता तान्ने

राष्ट्र बैंकले ५० अर्ब तरलता तान्ने

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएर रहेको तरलता तान्ने भएको छ । केन्द्रिय बैंकले आज बैंकिङ प्रणालीमा थुप्रिएर रहेको ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको हो । बैंकले १४ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल मार्फत प्रशोचन गर्नेछ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । गत हप्ता मात्र केन्द्रीय बैंकले ७ दिनका लागि ३५ अर्ब तरलता प्रशोचन गरेको थियो । जेठ १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ७अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब १७ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा ८०।२२ प्रतिशत कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० कायम गरेका बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैंकहरुसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २।९९प्रतिशतमा झरेको छ भने ट्र...

अध्यक्ष ओलीको ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक

ताजा अपडेट, मनोरन्जन, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको ‘चान्स पायो कि नेपालीले गर्छ’ खेलकुद गीत सार्वजनिक भएको छ । दशकपछि नेपालले टी–२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले संगीत र स्वर भरेका छन् भने उनको स्वरमा आरसी रिमालले पनि साथ दिएका छन् । उक्त गीतमा साहस शाक्यको संगीत संयोजन छ । गायक खनालले आफ्नो युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।...

विश्वभर बढ्दै छन् मृत्युदण्डको घटना, चीनमा सबैभन्दा बढी

अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
काठमाडौं । विश्वमा मृत्युदण्डको घटना बढ्न थालेका छन् । एम्नेस्टी इन्टरनेशनलको तथ्याङ्कअनुसार सन् २०२३ मा २०२२ को तुलनामा ३२ प्रतिशतले मृत्युदण्ड बढेको पाइएको हो। चीनमा सबैभन्दा बढी मृत्युदण्ड दिइने एम्नेस्टीको भनाइ छ। तर चीनमा मृत्युदण्डको सजायको आधिकारिक तथ्यांक छैन। एम्नेस्टीले गत वर्ष चीनमा हजारौं मानिसहरूलाई मृत्युदण्ड दिइएको अनुमान गरेको छ । सन् २०२३ मा ११५३ मृत्युदण्डका घटना भएकामा २०२२ मा ८८३ थिए । एम्नेस्टी इन्टरनेशनलले सन् २०१५ यता रेकर्ड गरेको यो सबैभन्दा ठूलो संख्या हो। सन् २०१५ मा १६३४ वटा मृत्युदण्ड दिइएका थिए । एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस कालामार्डका अनुसार सबैभन्दा धेरै मृत्युदण्डको सजाय इरानमा दिइएका छन् । इरानमा लागुऔषधको मुद्दाका दोषीलाई मृत्युदण्ड दिने गरिएको छ । त्यहाँ ८५३ जनालाई मृत्युदण्ड दिइएको छ । एम्नेस्टीका अनुसार सन् २०२३ मा चीन, इरान, साउदी...
ह्वात्तै बढ्यो सुनको मूल्य

ह्वात्तै बढ्यो सुनको मूल्य

अर्थतन्त्र, समाचार
काठमाडौं । अघिल्लो दिन सामान्य वृद्धि भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य दुई हजार तीन सयले बढेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार पाँच सय पुगेको महासंघले बताएको छ । यस्तै, १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो ।  बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा एक हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर एक हजार नौ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।...

दोस्रो दिनको राष्ट्रिय महिला भेला सुरु, १२ समूहको छलफल जारी

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । एमालेको छैटौं राष्ट्रिय महिला भेलाको दोस्रो दिनको कार्यक्रम सञ्चालन भइरहेको छ । राज्यका हरेक तह र तप्कामा महिलाको अर्थपूर्ण सहभागिताका लागि सामूहिक प्रयास हुनु जरूरी भएकाले महिलाको हक अधिकार सुनिश्चित गरी लैंगिक समानतामुलक सभ्य समाज निर्माण गर्न एमालेले पहल गर्दै आएको र यो पनि एक अर्का पहल रहेको संयन्त्रका संयोजक भानुभक्त ढकालले बताए । उनले संविधानप्रद्धत महिलाको ३३ प्रतिशत अधिकारलाई सुनिश्चित गर्न पहल गर्ने सन्दर्भमा एमाले अन्य पार्टीको तुलनमा अब्बल पार्टी रहेको जिकिर गरे । भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरुको लेखाजोखा र महिलाका चुनौतिहरुको विषयमा छलफल गरेर महिला आन्दोलनका अबका छलफलका विषयलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालले बताइन् । भेलाको व्यवस्थापनको लागि १५० जनाको महिला स्वयंसेवक...