समाचार

सुनको मूल्य अहिलेसम्मकै उच्च, नयाँ कीर्तिमान कायम

सुनको मूल्य अहिलेसम्मकै उच्च, नयाँ कीर्तिमान कायम

अर्थतन्त्र, समाचार
काठमाडौं । नेपाली स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ कायम हुँदै नयाँ कीर्तिमान कायम गरेको हो । अघिल्लो दिन प्रतितोला एक लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज एक हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।...
४४ डिग्री नाघ्यो नेपालगञ्ज र धनगढीको तापक्रम

४४ डिग्री नाघ्यो नेपालगञ्ज र धनगढीको तापक्रम

ताजा अपडेट, समाचार
काठमाडौं । नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन गरेको थियो । मौसमविद पुडासैनीले यो नै यसपालिको सबैभन्दा बढी तापक्रम भएको बताए । नेपालको पश्चिम तराईका आकाशमा बादल नदेखिँदा र पानी नपर्दा तापक्रम लगातार बढीरहेको उनले बताए । बिहीबारकै हाराहारीमा शुक्रबार पनि तापक्रम पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ। एक सातादेखि धनगढी र नेपालगन्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। मौसमविद् पुडासैनीका अनुसार नेपालगन्जमा जेठ १२ गतेदेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ।...

ट्रम्पमाथि ३४ वटा फौजदारी मुद्दा

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि जघन्य अपराधका ३४ वटा फौजदारी मुद्दा पुष्टि भएको छ । न्ययोर्कको अदालतले बिहीबार ट्रमाथि ती अपराधहरुको पुष्टि गरेको हो । ट्रम्पले पूर्वपोर्नस्टार सँगको सम्बन्ध लुकाउन उनलाई पैसा दिएको, राष्ट्रपति निर्वाचनको परिणाम प्रभावित पार्न खोजेको, संसद भवनमा आक्रमण गरेको लगायत विभिन्न ३४ जघन्य अपराधका मुद्दाहरूमा दोषी ठहर गरेको समाचार संस्था एशोसियटेड प्रेस (एपी) ले उल्लेख गरेको छ। उनी अमेरिकाको इतिहासमै यति धेरै अपराध पुष्टि भएका पहिलो राष्ट्रपति हुन् । म्यानहटन ज्यूरीले दुई दिन गरी ९ घन्टाको बहस सुनेपछि ट्रम्पलाई दोषी ठहर गरिएको फैसला सुनाएको समाचारमा उल्लेख छ । अदालतले उनलाई दोषी ठहर गरिएपनि सजाय भने तोकिसकेको छैन । न्यायाधीश जुआन एम. मर्चनले ट्रम्पविरुद्ध जुलाई ११ अर्थात राष्ट्रपति चुनावको मनोनयन दर्ता गर्ने ठीक पहिलो दिन सजाय तोकिने ...

आज चार संसदीय समितिको बैठक, यस्तो छ कार्यसूचि

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । आज संघीय संसद अन्तर्गका चार संसदीय समितिको बैठक बस्ने भएको छ । बैठकको कार्यसूचि अनुसार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । यसैगरी, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १ बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरूक...

महिलाहरुको पहिले जस्तो पिछडिएको अवस्था छैन : महासचिव पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
 मिना घोरासाइने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले साँस्कृतिक रुपमा समाजको सुधार नभई महिलाको विकास नहुने बताएका छन् । बिहीबार सम्पन्न एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पितृसत्तात्मक नेपाली समाज यथावत रहेकाले महिलाहरु अझै पछाडि परेको बताए । उनी भन्छन्, ‘जुन संस्कृतिले महिलाको भूमिकालाई कमजोर पार्यो, त्यही संस्कृतिको उपासना गर्ने परम्परा विशाल भइरहेको छ ।’ जसका कारण महिलाहरु अझै खुम्चिएर बस्नुपरेको उनको धारणा छ । उनका अनुसार नेपालको राजनीतिक इतिहासमा महिलाले विशेष भूमिका निर्वाह गरेपनि अझै पिछडिएको अवस्थामा छन् । विकसित देशमा महिलाले अझै मतदान गर्न नपाएको अवस्थामा नेपाली महिलाले त्यो अधिकार पाउनु निकै ठूलो गर्वका कुरा भएकोमा उनले खुसी व्यक्त गरे । उनी थप्छन्, ‘नेपालको राजनीतिक पहुँचको हिसाबमा महिलाहरु निकै माथि पुगिसके...

काठमाडौंको तापक्रम ३३ डिग्री पुग्यो, नेपालमा एक हप्तापछि मनसुन सुरु हुने

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । काठमाडौं उपत्यकामा तापक्रम बढेर ३३ डिग्री सेल्सियस पुगेको छ । केही दिनदेखि यहाँको तापक्रम बढ्दै गएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने छ । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहारआसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको उनले बताइन् । हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा छ। मौसमविद् मानन्धरले उनले भनिन्, ‘नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ। मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्न सक्छ।’ आज काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागले पूर्वानुमान गरेको थियो।...
सर्वाेच्चले भन्यो, ‘वक्यौता भएको राजस्व तिर्ने जिम्मा व्यवसायीकै’

सर्वाेच्चले भन्यो, ‘वक्यौता भएको राजस्व तिर्ने जिम्मा व्यवसायीकै’

कानुन, समाचार
काठमाडौं । भन्सार कार्यालयबाट त्रुटिपूर्ण रूपमा कम राजस्व तिरेर सामान आयात भएको भए बाँकी रहेको कर तिर्नुपर्ने दायित्व सम्बन्धित व्यवसायीकै हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ । लेखापरीक्षणबाट बेरुजु देखिएको भन्सार राजस्व तिर्नुपर्ने दायित्व कसको हुने भनी सुरु भएको विवादको निरूपण गर्दै सर्वोच्च अदालतले सम्बन्धित कर अधिकृतले उद्योगी–व्यवसायीबाट कर असुल्नुपर्ने भनी व्याख्या गरेको हो । तीन सदस्यीय पूर्ण इजलासले त्यसरी कर असुल्दा सम्बन्धित व्यवसायीरउद्योगीलाई आफ्नो भनाइ राख्ने मौका दिनुपर्ने औंल्याएको हो । सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘कुनै मालवस्तुको पैठारी गर्दा कर तिर्ने दायित्व पैठारीकर्तामा नै रहने भएकाले लेखापरीक्षणमा बेरुजु जनिएपश्चात उक्त बेरुजु तिर्ने बुझाउने दायित्व पैठारीकर्तामा नै रहने देखिन्छ ।’...

त्रिवि क्रिकेट मैदानका लागि ६० करोड विनियोजन

खेलकुद, ब्यानर-१, समाचार
काठमाडौं । सरकारले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि ६० करोड विनियोजन गरेको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज क्रिकेट मैदानको अवलोकन गर्दै स्तरोन्नतिका लागि मन्त्रालयले बजेट विनियोजन गरेको बताए । मन्त्रालयले कीर्तिपुर, मूलपानी र दशरथ रंगशालाको कुरा गरेपछि बजेट निकासा गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । त्यही अनुरुप आज फिल्डमा गएर अवलोकन गरिएको उनले बताए । आफूहरुको मुख्य ध्यान नै दर्शकलाई खानेपानी र शौचालयको सुविधा उपलब्ध गराउनु रहेको उनको जिकिर छ । मन्त्री श्रेष्ठले क्यानलाई भारतले २० करोड सहयोग दिने उल्लेख गर्दै त्यो रकमलाई कसरी खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । मन्त्री श्रेष्ठसँगै मन्त्रालयको टोली र राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य–सचिव टंकलाल घिसिङले त्रिवि क्रिकेट मैदानको अवलोकन गरेका थिए । विदेशमा खेलाडीहरूको एकेडेमीका लागि त्यहाँक...

फेरि ओरालो लाग्यो शेयर बजार, १९.८९ अंकको गिरावट

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । लगातार ओरालो लागेको शेयर बजार आज पनि घटेको छ । नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा रोकिएको हो । साताको अन्तिम कारोबार दिन आज चार अर्ब २१ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ७० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७३ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ । आज नेपाल फाइनान्स लिमिटेड, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स, हाइड्रोपावर र म्यानुफ्याक्चरिङ समूहको परिसूचक बढेको छ ।...
कोरोना विरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

कोरोना विरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

समाचार, स्वास्थ्य
काठमाडौं । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा देखिएको कोरोना भाइरस विरुद्धको १६ लाख मात्रा खोप ल्याउने भएको छ । नेपालमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप खोप ल्याउन लागिएको हो । ‘कोरोनाविरुद्ध खोप नियमित दिइरहेका छौँ । अहिले रहेको खोपको मौज्दात पनि सकिन थालेको छ’, स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले भने, ‘महामारी भइसकेपछि पनि सधैँ तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । अहिले नयाँ भेरियन्ट पनि देखिएको छ । त्यसैले खोप ल्याउन थालेका हौँ ।’ अहिले स्वास्थ्य विभागसँगै एक लाख मात्रा मात्र खोप मौज्दात रहेको छ । उनले छ–छ महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पनि देखिएको र खोप ल्याउने पहिलेको तयारी रहेको बताए । उनका अनुसार ग्लोबल एलाएन्स फर व्याक्सिन एण्ड इमुनाइजेसन ९गाभी०ले फाइजरको ‘मनोभ्यालेन्ट’ खोप अनुदानमा उपलब्ध गर...