समाचार

प्राधिकरणले भारतमा विद्युत निर्यात थालेको भन्दै परिसंघको आपत्ति

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत रहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात थालेको भन्दै आपत्ति जनाएको छ । परिसंघले एक विज्ञप्ति जारी गर्दै विद्युतको अभावमा विगत तीन महिनादेखि उद्योगहरु मारमा परेको भन्दै उद्योगहरुमा विद्युतको अभाव भइरहँदा भारतलाई बिक्री गर्नु उपयुक्त नभएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघ जोडदार माग गर्दछ ।’ स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउने काम भएको परिसंघको आरोप छ । विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आएपनि प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत् आयात नगरेको परिसंघ भनाइ छ । विद्युत् प्राधिकरणले सोमबार...
प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्थतन्त्र, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरूले आर्थिक वर्ष २०७७७८ मा मुगुको सोरु गाउँपालिका वडा नं। ७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र...

वाइडेनद्वारा अमेरिकी हातहतियार प्रयोग गरेर रुसभित्र हमला गर्न अनुमति

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेनले लामो समयको नीति परिवर्तन गर्दै हतियार प्रयोग गरेर रुसी भू–भागलक्षित आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका छन् । अमेरिकी अधिकारीका अनुसार रूसी सेनाले सीमानजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहरमा आक्रमण बढाएपछि बढ्दो तनावबीच अमेरिकाले यो निर्णय लिएको हो । युक्रेनलाई रूसी सेना वा खार्किभ नजिकैको हमलाविरुद्ध संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेको हतियार प्रयोग गर्न अनुमति दिइएको उनले बताए । ‘राष्ट्रपतिले भर्खरै आफ्नो टोलीलाई युक्रेनले खार्किभमा रूसी सेनाहरूमाथि प्रतिआक्रमणका लागि अमेरिकाले आपूर्ति गरेको हतियारहरू प्रयोग गर्न सक्षम छ भनेर सुनिश्चित गर्न निर्देशन दिनुभएको छ,’ एक अमेरिकी अधिकारीले बताए । नीतिअनुरुप अनुमति दिइएको क्षेत्र खार्किभमा कडाइका साथ सीमित गरिएको छ । युक्रेनी अधिकारीहरूले यस क्षेत्रभन्दा बाहिर आक्रमणका लागि अमेरिकी हतियार प्रय...

एकढिक्का भएर बजेटको डिफेन्स गर्न प्रचण्डको निर्देशन

राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकढिक्का भएर बजेटको डिफेन्स गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित रहेको बजेटको प्रतिरक्षा गर्न सांसदहरूलाई निर्देशन दिएका हुन् । ‘यसपालि बजेटलाई समाजवादतिर उन्मुख गराइयो । अर्थतन्त्र राजनीतिक स्थितिअनुसार बजेट सन्तुलित नै छ । धेरै मेहनत गरेर संसद्को अवरोधको व्यवस्थापन गर्‍यौँ । एकढिक्का भएर बजेटको डिफेन्स गरौँ’, प्रचण्डले साँसदहरुलाई भनेका छन् । बैठकमा अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र वस्तुगत भएको टिप्पणी गरेका थिए ।...

अन्तर्राष्ट्रिय सम्बन्ध समितिः अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको छ । समितिको आज बसेको बैठकले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सकेर सर्वसम्मत पारित गरेको हो । सभापति राजकिशोर यादवले राष्ट्रियसभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुने बताए । सो विधेयक स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने छ । त्यसलाई प्रतिनिधिसभाले संशोधन गरेपछि राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भई राष्ट्रपतिकहाँ पठाइनेछ । विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर कार्यान्वयनमा आउने प्रावधान छ ।...

सहकारी हिनामिना प्रकरणः एक जना सांसदसहित ३५ जना विरुद्ध मुद्दा दर्ता गरिँदै

अर्थतन्त्र, समाचार
नवलपरासी । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिने भएको छ । सो सहकारीको रकम हिनामिना गरेको आरोपमा सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गर्न लागेको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही आधारमा सरकारी वकिलको कार्यालयले शुक्रबार मुद्दा दर्ता गर्न लागेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए । “प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमासहकारीको रकम हिनामिना गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेत, उहाँका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थाप...

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु

अर्थतन्त्र, समाचार
दैलेख । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु भएको छ । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका हुन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भइसकेको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए । कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको छ । चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।...

तनहुँमा हावाहुरी : तीन सयभन्दा बढी घर–गोठमा क्षति

ताजा अपडेट, समाचार, स्थानीय
तनहुँ । तनहुँमा हावाहुरी र असिना पानीका कारण तीन सयभन्दा बढी घर गोठमा क्षति पुगेको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार हावाहुरीले करिब तीन सय ३३ घर–गोठमा क्षति पुगेको छ भने विद्यालय लगायतका संरचनामा क्षति पुगेको छ । आफूहरुसँग क्षतिको यकिन तथ्यांक भने नभएको उनले बताए । क्षति पुगेको केही स्थानमा प्रहरीले तथ्यांक संकलन गरिरहेको उनले जानकारी दिए । प्रजिअका अनुसार हावाहुरीका कारण जिल्लाको व्यास नगरपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । उनी थप्छन्, ‘हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्याएको छ ।’ हावाहुरीले मानवीय क्षति भने नभएको उनले बताए । चट्याङ पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाललगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिए । हावाहुरीसँगै आएको असिनापा...

न्युरोडमा पार्किङ गर्नेहरु नै फुटपाथ बनाउँदा विरोध गरिरहेका छन् : मेयर बालेन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले न्युरोडमा पार्किङ गर्नहरुले नै तीन फुटको फुटपाथ बढाउन खोज्दा विरोध गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्ना भनाइहरु राख्दै उनले सडकमा सवारीसाधन राख्दा सडक साँघुरो नहुने तर फुटपाथ बनाउँदा कसरी साँघुरो हुने भन्ने प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘सोच्नु त, सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’ सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्न उनले सबैलाई अनुरोध समेत गरेका छन् । ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिऊँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेह...

प्रचण्डद्वारा संसदीय दलको बैठक आह्वान

राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठक आह्वान गरेका छन् । प्रमुख सचेतक हितराज पाण्डेका अनुसार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा बैठक बस्नेछ । जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको पाण्डेले बताए । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१८२ को बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि छलफल हुँदैछ ।...