समाचार

आजको मन्त्रिपरिषद्ले गरेको यस्तो छ २३ निर्णय (सूची सहित)

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले २३ वटा निर्णहरु गरेको छ । बैठकले त्रिभुवन विश्वविद्यालयको काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन अनुसन्धान गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा, जानकीबल्लभ अधिकारी, विज्ञ सदस्य प्रा।डा प्रेमसागर चापागाईं र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहेका छन्। यस्तै, हतियार सम्बन्धमा इजाजतपत्र प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियाहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने निर्णय पनि गरेको छ। यात्रा इजाजत प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गरेको छ। यस बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रि...

काठमाडौँ महानगरको १५ औं नगरसभा जेठ ३२ गते

राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही जेठ ३२ गतेका लागि १५ औं नगरसभा तोकेको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले नगर सभाको मिति तोकेको हो । नगरसभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को कार्ययोजना प्रस्तुत गरिने कार्यतालिका छ । 

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

अर्थतन्त्र, समाचार
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–०८२ मा सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । नेपाललाई आकर्षक भ्रमण गन्तव्यको रुपमा विकास गर्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने सरकारले योजना बनाएको छ । नयाँ आर्थिक वर्षको बजेटको बुँदा नम्बर ६५ देखि ७६ सम्म पर्यटनसँग सम्बन्धित कार्यक्रम तथा परियोजना समेटिएको छ । जसमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । पर्यटन पूर्वाधारको विकास एवं नयाँ गन्तव्यको खोजी, सीमा क्षेत्रमा होटल तथा क्यासिनो सञ्चालन गर्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना अर्थमन्त्री पुनले अघि सारेका छन् । नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने, पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने अर्थमन्त्री पुनले बजेट व...

इरानका पूर्वसभामुखद्वारा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता

अन्तर्राष्ट्रिय, राजनीति, समाचार
एजेन्सी । राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा भएको निधनपछि इरानमा पुनः सोही पदका लागि आगामी महिना निर्वाचन हुँदैछ । निर्वाचनका लागि इरानी संसद्का पूर्वसभामुख अली लारिजानीले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि, सन् २०२५ मा चुनाव हुनेगरी तय भएको निर्वाचन मे १९ मा रइसीको निधन भएपछि सरेको थियो । गृह मन्त्रालयले बिहीबारदेखि जुन २८ मा हुने प्रारम्भिक मतदानका लागि उमेदवारहरूको दर्ता सुरु गरेको छ र राष्ट्रपतिपदका आकांक्षीहरूले सोमबारसम्म आवेदन दिन सक्नेछन् ।...

इजाजतपत्र हतियार घरबाहिर लैजान सरकारले लगायो प्रतिबन्ध

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । सरकारले कानुनबमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बाहिर लैजान निषेध गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजतबाहकले घर बाहिर लैजान नपाउने गरि निषेध गरिएको जानकारी दिइन् । यात्रा अनुमति प्राप्त गरेका हातहतियारसमेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् ।...
गृहमन्त्री लामिछानेविरुद्ध सर्वाेच्चमा फेरि अर्काे रिट

गृहमन्त्री लामिछानेविरुद्ध सर्वाेच्चमा फेरि अर्काे रिट

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । उप–प्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वाेच्च अदालतमा फेरि अर्काे रिट दायर भएको छ । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ट्राफिक प्रहरीले थालेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । मापसेसहित ट्राफिक नियम उल्लंघन गरेकालाई स्वयंसेवकका रूपमा सडकमा उतार्ने कार्यले सम्मानपूर्वक बाँच्न पाउने हकमा गम्भीर हनन् भएको भन्दै कारबाहीमा परेकाहरूले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिट दायर गर्नेमा बझाङका कृष्ण विक, स्याङ्जाका आकाशकुमार भट्ट, रसुवाका रवीन्द्र पौडेल, भक्तपुरका प्रमेश पौडेल, ललितपुरका उज्वल माली, पर्साका इमामुल हक र चितवन घर भइ हाल तारकेश्वर बस्ने राजु परियार छन् । रिटमा गृहमन्त्री रवि लामिछाने, ट्राफिक प्रहरी, महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ ।...

नेपालगञ्जका विद्यालयमा २० दिन सार्वजनिक बिदा

ताजा अपडेट, समाचार, स्थानीय
बाँके । अत्यधिक गर्मी बढेर पठनपाठनमा समस्या हुन थालेपछि नेपालगञ्ज उप–महानगरपालिकाले २० दिन सार्वजनिक बिदा दिने भएको छ । उप–महानगरपालिकाले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिन लागेको हो । शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि गर्मी अत्यधिक बढेपछि हप्ता दिन अगाडि नै गर्मी बिदा दिन लागिएको उप–महानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका गोर्खबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै असार ९ गतेदेखि विद्यालय नियमित रुपमा संचालन हुने जानकारी दिएका छन्। नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेलसियस भन्दा माथि पुगेको छ।...

कर्णाली प्रदेशको कुल बेरुजु २२ अर्बभन्दा माथि

अर्थतन्त्र, बिशेष, समाचार
सुर्खेत । कर्णालीमा प्रदेश र स्थानीय तहको गरी कुल बेरुजु २२ अर्ब ७५ करोड ७३ लाख ६४ हजार बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ । महालेखा परीक्षक प्रमुख तिलक परियारलाई बुझाएको आर्थिक वर्ष आव २०७९–८० को प्रतिवेदन अनुसार गत वर्ष प्रदेश सरकारको ९६ करोड ७७ लाख ५२ हजार बेरुजु देखिएको हो । सो बेरुजु लेखा परीक्षण गरिएको कुल बजेटको २।५९ प्रतिशत हो । महालेखा परीक्षकको कार्यालयले गत वर्ष प्रदेशका मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयदेखि समितिहरूको गरी १५५ वटा निकायको ३७ अर्ब ३३ करोड ६८ लाख ०७ हजारको लेखा परीक्षण गरेको थियो । महालेखाका अनुसार गत वर्षसम्म कर्णाली प्रदेशको ४ अर्ब ३४ करोड १५ लाख ८५ हजार बेरुजु थियो । अहिले एक अर्ब ३७ करोड ९० लाख ४९ हजार बेरुजु फर्स्यौट गरिएको छ । गत आवको ९६ करोड ७७ लाख ५२ हजार समेत अद्यावधिक भई अब कर्णालीको कुल बेरुजु ३ अर्ब ९४ करोड ...

अब काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क नलाग्ने

अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । अब काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । महानगरले एक सुचना जारी गर्दै महानगर क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था मिलाएको बताएको हो । पहिले महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका थिए । निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएसँगै शुल्क हटाउन लागिएको बताइएको छ । सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । सूचना विपरीत सा...

एमालेको राष्ट्रिय महिला भेला सम्पन्न,विधागत सामुहिक छलफलको निष्कर्ष प्रस्ताव सर्वसम्मतिले स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।नेकपा(एमाले)को जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको राष्ट्रिय महिला भेला सम्पन्न भएको छ। एमालेले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागिता,महिला आन्दोलनको इतिहास,नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन यहि जेठ १६ र १७ गते २३ वटै जनसंगठनहरू सम्मिलित राष्ट्रिय महिला भेला आयोजना गरेर बिहिवार सम्पन्न गरेको हो।  अनेमासंघकी अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको सो भेलामा जनसंगठनका प्रतिनिधिहरुसहित जिल्ला,प्रदेश र केन्द्रका प्रतिनिधिहरु तथा जनप्रतिनिधि र पार्टी सम्पर्क समन्वयका प्रतिनिधिहरु गरि देशभरबाट गरि करिब ५ हजार महिला नेतृत्वहरुको सहभागिता रहेको थियो ।   एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार,दोस्रो दिन समापन सत्रमा २३ वटै जनसंगठनबाट छनौट भएका प्रतिनिधहरुकाबीचमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर विभिन...